पर्वत समाज स्पेनको सुझाव : दुख परे स्पेनिश सरकारको घण्टी बजाउनु !

बिदेशमा जति नेपाली संघ संस्था खुलेका छन् ति मध्ये एउटा कुरा भने सबैमा साझा छ । त्यो हो, जहाँ जुन अवसरमा जसरि भएपनि आफ्नो संस्थाको नाम चाहिँ आउनै पर्‍यो । संघसंस्था र नेत्रित्वकर्ताको अस्तित्वकालागिपनि कुनै घटना वा परिस्थितिसित आफ्नो संस्थाको नाम जोडिनै पर्छ । त्यसैले काम परेपनि नपरेपनि, आवस्यक हुँदा वा नहुँदा बिदेशका नेपाली संस्थाले केहि न केहि बोल्ने, केहि सुझाव दिएझैं गरिरहन्छन् । यहाँ हेर्नुस् त ! स्पेनमा खोलिएको पर्वत समाजले अरु केहि नपाएर कुनै दुख परे स्पेनिश सरकारको यि यि आपतकालिन नंबरमा फोन गर्नुस् भन्दै बिज्ञप्ती निकालेको छ ।

अचम्मको कुरो के छ भने बिदेशमा कुनै थर, जातजाति, जिल्ला वा राजनितिक दलको भात्रि संगठनका रुपमा खोलेपनि तिनले आफ्नो समूदायको  हकहितको रक्षा, भाषा र संस्क्रितिको रक्षा, सामाजिक सहयोग गर्ने नाममै खोलेका हुन्छन् । स्पेनमा अहिले कोरोना भाईरसको यति ठूलो समस्या छ कि अरु नागरिकझैं नेपालीपनि निकै चिन्तामा छन् । यो बेला सके सहयोगका हात फैलाउनु । नसके चुपचाप बस्नु ।

तर किन होला पर्वत समाजले आपत परेमा हामी नेपालीले सहयोग गर्छौं भन्न नसकेको ? उसको बिज्ञप्तीमा बरु ‘कसैलाई आपत परेमा ०६१ र ११२ मा सम्पर्क गर्नुहोला’ भनिएको छ । आपत पर्दा स्पेनिश सरकारको आपतकालिन नंबर दिएर पाठ सिकाउन पर्वत समाजले बिज्ञप्तीनै जारि गर्नुपर्छ र ?

तपाइँको प्रतिक्रिया