लण्डनमा कोरोना भाईरसबाट एक नेपालीको म्रित्यु

बेलायतको लण्डन बस्दै आएका नेपालीलाई कोरोना भाईरस लागेर म्रित्यु भएको छ । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका १० स्थायी घर भई हाल लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मंगलवारनै म्रित्यु भएको वि नेपालीले जनाएको छ । लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा उनको निधन भएको हो ।

म्रितक राईलाइ केही दिनअघि अस्पत्तालले घर फर्काएको थियो । मंगलबार अपरान्ह ४ बजेतिर उनको स्वास्थ्यमा फेरि समस्या देखापर्‍यो । त्यसपछि उनलाई फेरि अस्पत्ताल पुर्‍याइयो । त्यहि साँझ ८ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरे । त्यसपछि उनको लास तिन दिन सम्म अस्पत्तालमै राखियो । तिनदिनपछि बल्ल अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको विनेपालीमा उल्लेख छ ।

उनले १७ वर्ष सेकेण्ड गोरखा राइफल्समा काम गरेका थिए । सुनसरीको इटहरी उपमहानगरपालिकाका बासिन्दा राई सन् २००८ मा रिटायर्ड भैसकेपछि फेरि बेलायत आएका थिए ।  उनको करिब दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरेको बताइएको छ । राईको म्रित्युपछि उनको परिवारलाईपनि अनुसन्धानकालागि अस्पत्तालमा राखेको समाचारमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया