कोरोना भाईरसको अमेरीकी पटकथा

भरत दहाल

यो ‘सभ्यताको द्वन्द’को अर्को संस्करण हो । कोरोना अमेरीकी उत्पत्ति हो भन्ने चनियिाँ दाबी सतप्रतिसत सही छ । अमेरीकालाई स्वर्ग ठान्ने मानिसहरु धेरै छन् । तर अमेरीका मानव जातीका लागि नर्क हो भन्ने तथ्यलाई बुझ्न अशान्त पृथ्वीलाई हेरे मात्र पुग्छ । Corona Virus का बारेमा ४० बर्ष अघि लेखाईएको यौटा उपन्यास र याैटा अर्काे राजनीतिक विष्लेषणलाई हेर्ने हो भने अमेरीकीहरुको पैशाचिक वृत्तिलाई बुझ्न अरु केही कुरा खोज्नु पर्दैन । अमेरीकाले कसैमाथि आक्रमण गर्ने लामो डिजाईन बनायो भने त्यसमा आधारित पटकथा लेखाउँछ र दुनियाँका आँखा तिनै भविष्यवेत्ताहरुतिर कुदाउँछ । त्यसको दशकौंपछि त्यही पटकथामा आधारित योजना अनुसार अरुमाथि आक्रमण गर्ने गर्दछ ।

अहिले चीनमा देखिएको कोरोना भाईरसको पटकथा एक जना उपन्यासकार मार्फत् ३९ बर्ष अघि लेखाईएको थियो । Dean Koontz नाम गरेका अमेरीकी उपन्यासकारले लेखेकाे Eyes of Darkness नामक 1981 मा प्रकाशित उपन्यासमा मानव निर्मित एउटा जैवीक हतियारलाई Gorki 400 नाम दिईएको थियो । त्यसबेला सोवियत संघ अमेरीकाको मूख्य शत्रुका रुपमा रहेको हुँदा त्यसलाई निशाना बनाउने योजनानुसार उपन्यासमा Gorki 400 भनेर लेखियो । तर गोर्वाचेभले सोवियत संघको विघटन गरेपछि सितयुद्धको अन्त्यसंगै सोवियत साम्यवादको खतरा टर्यो र अमेरीकाले सोही उपन्यासको त्यसपछि प्रकाशित हार्ड कभर मुद्रणमा त्यसको नाम Wuhan 400 राख्न लगाएर चीनमाथि आक्रमण गर्ने योजना बनायो । यसलाई चिनियाँ सेनाले ल्यावमा निर्माण गर्नेछ भनेर लेख्न लगायो ।

ठिक यस्तै षडयन्त्र खाडी युद्धमा देख्न सकिन्छ। १९८० को दशकको अन्त्यतिर अमेरीकी मिडीयाहरुले ईरान र ईराकको सिमानासंग जोडिएको पर्सियन खाडीमा तेलको विशाल भण्डार रहेको झुठ्ठा समाचार प्रकाशित गरे । त्यसको स्वामित्वलाई लिएर ईरान र ईराकका बिचमा विवाद सुरु भयो । अमेरीकाले ईराकलाई उक्साएर १९८० देखि १९८८ सम्म ईरानसंग लडायो  । तर जब त्यहाँ तेल नभएको र अमेरीकी मिडीयाले झुठ्ठा प्रचार गरेको यथार्थता सद्दाम हुसेनलाई थाहा भयो, त्यसपछि उनले ईरानसंगको युद्ध बन्द गरे । यही कारणले सद्दाम हुसेनको अमेरीकासंग दुश्मनी सुरु भयो ।

ईराकलाई ईरानसंग अन्त्यहिन युद्धमा फसाएर खाडि नियन्त्रण गर्ने योजना असफल भएर ईराकसंगै शत्रुता भएपछि अमेरीकाले १९९१ मा ईराकमाथि आक्रमण गर्यो । र खाडीको तेल लुट्ने योजनामाथि पर्दा हाल्न आफ्नो देशका एकजना राजनीतिशास्त्री Samuel P. Huntington लाई १९९२ मा एउटा प्रवचन दिन लगायो । १९९३ मा त्यही प्रवचनमा आधारित Clash of Civilization (सभ्यताकाे द्वन्द) पुस्तक प्रकाशित गर्न लगाएर सितयुद्धपछि विभिन्न देशहरुका बिचको द्वन्द संस्कृति र धर्ममा आधारित सभ्यताको द्वन्द हुनेछ भन्ने कथित विष्लेषण गर्न लगायो । उक्त पुस्तकको कथित भविष्यवाणीलाई ढाल बनाएर अमेरीकाले मुस्लीम आतंकवादको खोल देखाएर आजसम्म खाडीका देशहरुमा मानव हत्याको धन्धा चलाएर तेल लुटिरहेको छ ।

दुनियाँलाई Samuel P. Huntington को Clash of Civilization को आवरणमा भुलाएर पश्चिम एशियाको तेलमा लुट मचाए झैं Dean Koontz काे Eyes of Darkness मा वर्णित Wuhan 400 को कथा पनि चीनमाथि आक्रमण गर्ने रणनीति अन्तर्गत् नै लेखाईएको थियो भन्ने यथार्थतामा कुनै संका नगरे हुन्छ । नत्र उपन्यासकार Dean Koontz को उपन्यासमा पहिले Gorki 400 नाम दिएर साेवियत संघलाइ निशाना बनाइएकाे उक्त योजना सितयुद्धको अन्त्यसंगै रुसको खतरा टरेपछि वुहान तिर सोझिनुको अर्को कुनै कारण छैन । कोरोना अमेरीकी उत्पत्ति हो भन्ने चनियाँ विदेश मन्त्रालयका प्रवक्ताकाे दाबी सतप्रतिसत सही छ ।

(स्रोत – दहालको फेसबूक)

तपाइँको प्रतिक्रिया