स्पेनमा कोरोनाको संक्रमण यतिबिघ्न भयावह हुनुका यि हुन् मुख्य कारण

-भोला लामिछाने / स्पेन

उत्तरी ईटालीको बेर्गामा रहेको एटलान्टा फुटबल टिमसँग च्यापियन्स लिग फुटबल  खेल्न स्पेनको भ्यालेन्सिया शहरमा रहेको भ्यालेन्सिया फुटबल टिम उत्ररी ईटालीको बेर्गा शहरमा गएको थियो । चिन, ईरान, ईटालीलाई कोरोना भाईरसले गाँजीसकेको र दुनीयाँ संक्रमणलाई रोक्न विभिन्न उपाय अपनाउँदा पनि स्पेनमा रहेको उक्त भ्यालेन्सिया फुटबल टिम बिना दर्शक खेल खेल्ने निर्णय सहीत च्याम्पियन्स लिग खेल्न ईटाली हानियो । त्यहाँ पुगेपछी खेल त भयो तर स्टेडियम बाहीर हजारौ दर्शकहरू टिमको समर्थनमा उपस्थित भए जो कोरोना बाट संक्रमित थिए । खेल सकियो । सबै बाहिर रहेको दर्शकको भीड छल्दै आआफ्नो घर तिर लागे । त्यो समयमा त्यहाँबाट बाहिरिने कसैलाई पनि परिक्षण गरिएन । पुरै यूरोप भरी यिनीहरू जहाँ जहाँ गए सँगै कोरोना भाईरस पनि लगे । स्पेन सरकारले यो सहभागी टिमलाई उच्च सर्तकतासाथ परिक्षण गर्नुपर्ने र क्वारेन्टाईनमा राख्नुपर्ने थियो तर । तर त्यसमा चुक्यो ।

त्यसपछि गएको मार्च ८ मा हजारौं सहभागी भव्य जुलुस निकालिएको थियो । जुलुसमा पार्टीको तर्फबाट सम्मेलनमा सहभागी भएका नेताहरु लगायत स्पेनमा रहेका उच्च सरकारी अधिकारीहरु समेत संक्रमित हुन पुगे । यसरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नी बेगोना गोमेज, मन्त्री इरिने मेन्तेरो, पूर्वसभामुख अना पास्तोर कोरोना भाइरसबाट संक्रमित भएको समाचारहरू आए । उनीहरु सबै आठ मार्चको दिन आयोजना गरेको जुलुसमा सहभागी भएका थिए । त्यसैगरी स्पेनमा दक्षिणपन्थी दल बोक्सका प्रमुख सान्टियागो आवास्कल विभिन्न राज्यका मुख्यमन्त्री र उप मुख्यमन्त्रीहरु कातालोनियाका मुख्यमन्त्री र उपमुख्यमन्त्री मड्रिडका मुख्यमन्त्री समेत संक्रमित हुन पुगे ।

मार्च १ बाट १० सम्म भ्यालेन्सीया शहरमा ठूलो पर्व हुन्छ । फाइसाय भनिने यो पर्वलाई युनेस्कोले पनि सूचीकृत गरेको छ । यो पर्वमा बाटोमा सेल रोटी जस्तो खानेकुरा बनाएर बेचिन्छ । प्रत्येक चोकमा मूर्ति बनाईन्छ । दिउँसो २ बजे पटका पड्काइन्छ । हाम्रो काठमाडौंमा घोडेजात्रा जस्तै मान्छेमाथि मान्छे भएर हेर्छन् । यो मेलामा ७५ प्रतिशत पर्यटक इटलीबाट आउँछन् । मार्च १० आएर मात्रै यो पर्व रोकियो । त्यसबाट पक्कै पनि धेरै मानिसमा संक्रमण फैलिएको छ । इटलीबाट जति पनि पर्यटक आए तिनको कुनै जाँच भएको थिएन ।

फेब्बुअरी १२ तिर भ्यालेन्सिया शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पहिलो व्यक्ति नेपाल घुमेर आएको भनिएको थियो । तर उनको मृत्युको बारेमा लामो समयसम्म सूचना समेत लुकाइयो । त्यतीबेलासम्म पनि रमिता हेरेर बसेको स्पेन सरकार त्यसको परिणाम अहिले भोग्दै छ ।

पछी गएको शनीबार एक्कासी स्पेन सरकारले उर्दी जारी गर्दै १५ दिनका लागि सबै घरबाट ननिस्कन भन्यो । पुरै स्पेन लक डाउन भयो । जतीबेला जनताहरू माक्स किन्न समेत भ्याएका थिएनन् । खानेकुरा, औषधि लिन वा बैंक जानु पर्‍यो भने मात्रै बाहिर निस्कन पाइन्छ । आदेश कार्यान्वयन भएको छ कि छैन भनेर हेर्न सरकारले सेना परिचालन गरेको छ । आदेश उल्लंघन गरे अवस्था हेरेर ६ हजारदेखि ३ लाख युरोसम्म दण्ड हुनेछ । रेस्टुरेन्ट, डिस्को, स्कुल, कलेज, सिनेमा, खेल, जिम सबै बन्द गरिएको छ । खानेकुराको पसल, चुरोट बेच्ने पसल खुला छ । चिठ्ठा बेच्ने पसल पनि धेरै भीड हुने ठाउँ भएकाले बन्द गरिएको छ । नेपाली पाकिस्तानी ईन्डियन बंगालीका केही सुपर मार्केटहरू अटेरी गरेर खोलेका छन् यसको परिणाम भयावह हुनेछ ।

स्पेनमा नेपाली समुदायको बाक्लो बस्ती रहेको बार्सिलोना,  म्याड्डीड, पाईस भास्को, बेनीड्रम, कानेरीया, पाल्मा, मालागा, भ्यालेन्सीया, गिरोनामा रहेका नेपालीहरूमा अहिलेसम्म कोरोना संक्रमण भेटीएको छैन । स्पेनको नेपाली दूतावासले सूचना निकालेको छ । दूतावासले गर्नुपर्ने आवश्यक काम भए काजगातहरु हुलाकबाट पठाउन भनेको छ । त्यस बाहेक अन्य कुनै प्रकारका काम गरेको छैन । नेपाली समुदाय पनि डर त्रासमै छन् ।

आजका मितीसम्म स्पेनमा १४,७६९ मा संक्रमण भएकोमा ६३८ जनाको मृत्यू भैसकेको छ । संक्रमीतको संख्या र मृत्यू हुनेको संख्या दिनानुदिन तिब्र गतिले बढ्दै गएको छ । कोरोनाबाट बच्न सबैजना यो समयमा स्पेन सरकारको हुकुम अनुसार अर्को सुचना नआएसम्म आफ्नो सरसफाईका साथ घरमा नै बस्नु उत्तम हुनेछ ।

तपाइँको प्रतिक्रिया