स्पेन र फ्रान्समा थाल ठटाउँदै ताली बजाएर स्वास्थ्यकर्मीलाई हौशला

कोरोना भाईरसको संक्रमण तिब्ररुपमा बढ्दै गएपछि अहिले सबैभन्दा मारमा स्वास्थ्यकर्मीहरु परेका छन् । तिनलाई आफ्नो त के आफ्ना लालावाला र परिवारको ख्याल गर्ने समयपनि छैन । मुखमा पानीसम्म नहाली चौबिसै घण्टा ति अरुको उपचारमा जुटेका छन् । यस्ता स्वास्थ्यकर्मीहरु देख्दा भित्रैबाट सम्मान जाग्छ । सलाम गर्न मन लाग्छ । तिनलाई स्याबासी दिने मन छ । तर घर बाहिर निस्किन पाइन्न । तिनको साहस, कर्म र सेवाको कसरि प्रशंसा गर्ने ? तिनको मनोबल कसरि बढाउने ? स्पेनका नागरिकहरुले हरेक दिन थाल ठटाउने र थपडी बजाएर तिनको हौसला बढाउने गरेका छन् ।

यता फ्रान्समा हरेक साँझ आठ बजे झ्याल खोलेर ति स्वास्थ्यकर्मीको सम्मान र हौशला दिन ताली बजाउने गरिएको छ ।

स्पेनको बार्सिलोना निवासी गोपाल रेग्मीका छोरा सार्थक रेग्मी हरेक बेलुकी आठ बजे झ्यालमा बसेर चरेसको थाल बजाउँछन् । उनलाई उनका मातापिता, परिवारले ताली बजाएर साथ दिन्छन् । तिनले थाल र ताली बजाउन थालेपछि तिनका छरछिमेकीलेपनि यसको सिको गर्न थालेका छन् ।

तपाइँको प्रतिक्रिया