नगद पैसाबाट झन छिटो सर्छ कोरोना भाईरस

कोरोनाको उपचार गर्न पैसा नभैहुन्न । अर्थात् त्यसबाट बच्न, अस्पत्ताल जान र लागेको खर्च सबै पैसाकै काम हुन्छ । तर त्यहि पैसा बोक्दा कोरोना भाईरस सर्छ भन्ने धेरैलाई थाह नहुन सक्छ । विश्व स्वास्थ्य संगठनलेनै यसको पुष्टि गर्दै पैसा चलाउँदा सावधानी अपनाउन अनुरोध गरेको छ ।

विश्वभरि हजारौं लाखौं मानिसमा कोरोना भाईरस सरेपछि विश्व स्वास्थ संगठनले यस्तो सुझाव दिएको हो । पैसा झिक्न, राख्न जाँदा, गन्दा र गोजीमा बोकेर हिँड्दापनि कोरोना भाईरस सर्न सक्छ । ‘मान्छेका धेरै हातमा सबैभन्दा धेरै चलखेल गर्ने वा धेरै मान्छेका हात हात चहार्ने वस्तुनै नगद पैसा हो’ विश्व स्वास्थ्य संगठनका अधिकारीले भने “हामी के सुझाव दिन्छौं भने नगद समाउनुअघि मानिसले हात साबुन पानीले धोउन् र नोट भए साबुनपानीले पुछुन् ।”

नगदबाट कोरोना सर्न सक्ने संभावना नेपालीहरुमा त झनै बढि छ । किनभने औंलो ल्याप्प ल्याप्प जिब्रोमा लगाउँदै पैसो गन्दै गर्ने बानी नेपालीमा उच्च छ । पटक पटक औंलो, नोट र जिब्रोमा सपर्क हुँदा कोरोना भएको ब्यक्तिले समातेको नगद रहेछ भने झनै छिटो सर्छ ।

तपाइँको प्रतिक्रिया