कोरोनाबिरुद्द स्विजरल्याण्डमा सेना परिचालन

कोरोना भाईरसबिरुद्द लड्न स्विजरल्याण्डले त्यहाँको सेना परिचालन गर्ने भएको छ । देशभरि एक हजार पाँच सय भन्दा बढि कोरोना भाईरसबाट संक्रमित भेर झन झन बढ्दै गएपछि त्यहाँ सेना परिचान गर्न थालिएको हो । आज सोमबारदेखिनै त्यहाँ सेना परिचालन गरिएको छ ।

आजबाट स्विजरल्याण्ड छ सय सैनिक बटालियन परिचालन गरेको छ । अस्पत्तालका चिकित्शक, प्रविधी, सेवा र अन्य सरकारि अस्पत्तालको क्षमताले मात्रै कोरोना बिरुद्द संक्राणबिरुद्द लड्न पर्याप्त नदेखिएपछि सेना परिचालन गर्न थालिएको हो ।

अब त्यहाँको सेनाले बिरामीहरु ओसारपसार गर्ने, शान्तिसुब्यवस्थामा सहयोग पुर्‍याउने र सैनिक अस्पत्तालहरुमासमेत लगेर उपचार थाल्ने छ । साथै राज्यलाई शान्तिसुरक्षा कायम गर्न थप सहयोग गर्ने छ । स्विस सेनाले आफ्नो अस्पतालमा थप दुई सय बिरामीको उपचार गर्न सक्ने क्षमता राख्छ ।

मार्च ९ देखिनै स्विस सेनाहरु तिसिनो प्रान्तको लुगानो र बेलिन्जोना क्षेत्रमा खटिएका थिए । तर त्यहाँ तिनको संख्या का थियो । तर अब भने केन्द्रिय निर्णय अनुसारनै देशैभरि परिचालित हुने छन् ।

हिजोसम्मा स्विजरल्याण्डमा एक हजार पाँच सयमा कोरोन भाईरस देखिएको थियो । एक दर्जनभन्दा बढिको म्रित्यु भैसकेको छ । स्विजरल्याण्डमापनि कोरोनाको संक्राण तिब्ररुपमा फैलि इरहेको छ । त्यसैले भोलीदेखि त्यहाँ सक्कोल र कलेजहरु बन्द गर्ने निर्णय गरिएको छ ।

तपाइँको प्रतिक्रिया