असी वर्ष पुगेका विरामीलाई मर्न दिने ईटालीका प्रधानमन्त्रीको भनाई

कोरोना भाईरसको प्रभाव अत्यन्त्र द्रुत गतिमा बढ्दै गएपछि ईटालियन सरकारले अब ८० वर्ष नाघेकाहरुको सघन उपचार नगर्ने भएको छ । त्यस्तो उमेरका ब्रिद्दलाई कोरोना भाईरस लागेको पाइएमा मर्न दिने निर्णय गरेको त्यहाँका प्रधानमन्त्री गिसेप कन्तले सार्वजनिक गरेको भन्दै बेलायती अखबार डेली मेलले उल्लेख गरेको छ ।

कोरोभा भाईरसको संकट तिब्र बन्दै जाँदा विरामीहरुको चापले अस्पत्तालमा विशेष र सघन उपचारकालागि पर्याप्त बिधि, चिकित्शक र बिस्तारा नभएको भन्दै त्यहाँको संकट ब्यवस्थापन ईकाईले सरकारलाई यस्तो सुझाव दिएपछि ईटालियन प्रधनमन्त्रीले यस्तो निर्णय गरेको बताइएको छ ।

इकाईले युद्द र संकटका बेला कस्ता कस्ता अवस्था, उमेर र स्वास्थ्यको अवस्थाका आधारमा उपचार गर्ने वा मर्न दिने निर्णय अपनाईने हुँदा ईटालीलेपनि अब त्यहि निति अपनाउनुपर्ने सुझाव दिएको हो ।

समाचारका अनुसार चिकित्शकहरुए कुन अवस्थाका विरामीको उपचार गर्ने र कुन अवस्थाका विरामीलाई मर्न दिने भन्ने निर्ण्य गर्नुपर्ने सुझाव दिएका छन्।

ईटालियन प्रधानमन्त्री गिसेपले आफ्नो देश ज्यादै जोखिमपूर्ण अवस्थामा पुगेको तर जोखिमको टुप्पोमा अझै पुग्न बाँकि रहेको बताएका छन् ।

ईटालियन जोखिम ब्यवस्थापन ईकाईले तयार पारेको रिपोर्टका अनुसार आकस्मिक कक्षमा ल्याइएका विरामीको उपचार गर्दा उसको अन्य स्वास्थ्य स्थिति, रोगका बारेमापनि नियालीने छ । अस्पत्तालमा प्राप्त बेड र उपलब्ध साधन स्रोत हेरेरमात्रै तिनलाई कस्तो स्वास्थ्य सुविधा दिने निर्णय गरिने छ ।

तपाइँको प्रतिक्रिया