स्पेनिस प्रधानमन्त्रीपत्‍नीमा पनि कोरोना भाइरस

काठमाडौँ — स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । 

सरकारले सार्वजनिक गरेको रिपोर्टका अनुसार स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरस फेला परेको हो। कोरोना भाइरस देखिए पनि उनी खतरामुक्त रहेका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

स्पेनिस सराकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। त्यसक्रममा दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको थियो ।

युरोपमा इटालीपछि स्पेन कोरोना भाइरसले संक्रमित दोस्रो ठूलो देश हो। यहाँ शनिबार साँझसम्म कोरोना भाइरस संक्रमणबाट सय जनाको मृत्यु हुनुका साथै ५ हजार ७ सय व्यक्ति संक्रमित भएको स्पेनिस सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।
(साभार- कान्तिपुर)

तपाइँको प्रतिक्रिया