कोरोना भाईरस अमेरिकाले फैलाएको चिनियाँ बिदेश मन्त्रीका प्रवक्ताको दाबी

चिनियाँ बिदेश मन्त्रीका प्रवक्ता झाओ लिजिआनले चिनमा कोरोना भाईरस अमेरिकाले फैलाएको आरोप लगाएका छन् । अमेरिकी सेनाले चिनको मध्य भागमा रहेको युहान शहरमा गत अक्टोबरमा कोरोना भाईरस छोडेको आरोप लगाएका हुन् ।

युहानको सामुद्रिक खाध्य पदार्थ बेच्ने सुपरमार्केटबाट कोरोना भाईरस फैलिएको प्रचार क्यानडाको शंकास्पद एक वेभ साईटले गरेपनि त्यसो नभएको उनले सार्वजनिक गरेका छन् । उनले यो कुरा ट्विटरमार्फत् सार्वजनिक गरेका हुन् । उनको ट्विटरमा दुई लाख ८७ हजार फलोवर छन् ।

उनको यो आरोपलाई चिनको राजधानी बेइजिङस्थित अमेरिकी दूतावासका प्रबक्ताले कुनै प्रतिक्रिया नदिएको एस सि एमपी डट कम न्युजले जनाएको छ ।

गत अक्टोबर महिनामा युहानमा विश्वका करिब सय देशका सैनिकहरुको मिलिटरी वर्ल्ड गेम नामको खेल र प्रतिस्पर्धा भएको थियो । यहि बेला अमेरिकी सैनिकहरुले कोरोना भाईरस छोडेको आरोप चिनिया बिदेश मन्त्रालयका प्रबक्ताले लगाएका हुन् ।

उनको आरोपबारेको खबर अंग्रेजीमा पढ्न तलको लिंकमा जानुहोस

https://www.scmp.com/news/china/society/article/3075051/chinese-foreign-ministry-spokesman-tweets-claim-us-military?utm_content=article&utm_medium=Social&utm_source=Twitter&fbclid=IwAR0bAtDJxIChoOLEEnZAWI-WO9n37-xy9BFV_batpeOUGAiGNfM27psY6Lg#Echobox=1584076117

तपाइँको प्रतिक्रिया