पन्ध्र दिन घरबाट ननिस्कन स्पेनिस प्रधानमन्त्रीको आग्रह

-भोला लामिछाने, स्पेन

स्पेनका  प्रधानमन्त्री पेद्रो सान्चेसले आफ्ना नागरिकहरुलाई १५ दिन घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् । उनले कोरोना भाईरसबिरुद्द लड्न सबैलाई आआफ्नो घर भित्र बसिदिन आग्रह गरेका हुन् । देशबासीका नाममा संवोधन गर्दै उनले सरकारले जनतालाई अत्यावश्यक कुराहरू पुरा गर्ने हुँदा नआत्तीन र धैर्य गरिदिनपनि आग्रह गरे । भाईरस नियन्त्रण गरेरै छाड्ने आश्वाशनपनि उनले आफ्ना नागरिकलाई दिएका छन् ।

छोटो समयमै स्पेनमा कोरोना भाईरसबाट संक्रमण हुनेको संख्या बृद्दी भएपछी आज  शनिबार साँझदेखि कम्तिमा १५ दिनसम्म कोहीपनि बाहिर ननिस्कन आग्रह गरिएको हो ।

‘खाने कुरा किन्न, औषधी किन्न, बैंकमा पैसा निकाल्न, हस्पिटल, पेट्रोल पम्पसम्म जानुस । त्यो पनि अती ज़रूरी भएको खन्डमा मात्र’ पेद्रोले भने । स्पेनले शुक्रवारदेखि शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार पाँच सय भन्दा बढि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ५३ पुगेको छ । यूरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढि प्रभावित मुलुक स्पेन बनेको छ । स्पेनमा हालसम्म एक सय ३६ व्यक्तिको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

स्पेनको सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ठूलो सङ्ख्यामा नागरिक विरामी परेपछि भाइरससँग लड्न स्रोतहरू जुटाउने समाचार आईरहेका छन् । स्पेनको म्याड्डीड, पाईस भास्को, भ्यालेन्सियामा संक्रमण संख्या अत्यधिक बढिरहेको र मृत्यूको संख्यापनि बढिरहेको छ । बार्सिलोना राजधानी रहेको कातालुनियामा केही व्यक्तीहरूको परिक्षण गर्दै गरिएको समाचार आईरहेका छन् ।

तपाइँको प्रतिक्रिया