वालावालिका र बुढाबुढीलाई रक्सी पिलाएर बेलायतमा कालो झण्डाको प्रपञ्च

गैह्रआवासीय नेपाली संघ युकेको १५ औं स्थापना दिवस मनाउन वेलायत पुगेका संघका अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाएको चर्चा छ । तर विहीवार साँझ अल्डरशटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा पन्तलाई रेड कार्पेट, पाइपरले भव्य स्वागत गरिएको छ ।

यथार्थता के हो भने वेलायतस्थित नेपाली समुदायको बाक्लो उपस्थिती रहेको कार्यक्रममा केही बालबालिकालाई ढालको रुपमा प्रयोग गरिएको थियो । एनआरएनए युके अध्यक्ष पुनम गुरुङसँग पराजित शेर सुनारको भेटघाट रेष्टुरेन्टमा गरिएको प्रपन्च अनुसार सुनारकी छोरी, बुहारी, काम गर्ने वेटर, भूपुगोर्खाका बुढी आमाहरुलाई ढालको रुपमा प्रयोग गरिएको थियो । उनीहरु मादक पदार्थ सेवन गराएर हलमा पठाएको थियो । उनलाई एनआरएन युकेको महिला संयोजकमा पराजित क्षमता ढकालले साथ दिएकी थिइन् ।

पन्तको वेलायतमा भव्य स्वागत भएको देखेपछि उनलाई बदनाम गर्ने उद्देश्यले आइफोनमा भिडियो रेकडिङ गर्ने उद्देश्यले कार्यक्रम हलको पछिल्लो तहमा बसेर होहल्ला गरेका थिए । पन्तले भने कालो झण्डा देख्न पाएनन् । भिडियोमा समेत पन्त कहिँकतै देखिँदैनन् ।

संघको अक्टोवरमा सम्पन्न निर्वाचन पराजित कुल आचार्य समूहले पन्तलाई बेलायतमा बद्धनामको प्रयास गरेका थिए । यो केबाटपनि पुष्टि हुन्छ भने पन्तलाई कालो झण्डा देखाएको समाचार आचार्यले आफ्नी पत्नीको फेसबुक मार्फत पहिलो पटक सार्वजनिक गरेका थिए ।

गैरआवासीय नेपाली संघ युकेको असन्तुष्ट समूह भने कार्यक्रम स्थलमा कतै देखा परेन । उनीहरुले बालबालिकालाई मादक पदार्थ र पैसाको प्रयोग गरेर कालो झण्डा प्रकरणमा मुछे पछि वेलायतस्थित नेपाली समुदायत लज्जजित भएको छ ।

तपाइँको प्रतिक्रिया