एन आर एनलाई दलाल र भूमाफीयाले फसाए : अध्यक्ष पन्त

भोला लामिछाने, स्पेन

ग़ैह्र आवासीय नेपाली संघ एन आर एन का आई सी सी अध्यक्ष कुमार पन्तले एन आर एन लाई दलाल र भूमाफीयाले फसाएको बताएका छन् । ग़ैह्र आवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा आयोजित एक अन्तरक्रीया कार्यक्रममा ‘एन आर एन को भवन निर्माण गरिएको बालुवाटारको जग्गा प्रकरणको वास्तविकता के हो ?’ भनी सहभागीहरूको प्रश्नमा पन्तले  भूमाफीयाहरूले षड्यन्त्रपूर्वक फसाएको बताएका हुन् ।

चुनावताका जस्तो जोश जाँगर हराएको हो की जस्तो देखिने अध्यक्ष पन्तले दुखेसो पोखे ‘उक्त जग्गा खरीद गर्नुपूर्व हामीले विश्वासको भरमा काम गर्यौं । यो नै हाम्रो गल्ती भयो ।’

‘संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष शेष घले, जिवा लामीछाने सबैसँग मैले सम्पर्क गरेको छु । निवर्तमान अध्यक्ष भवन भट्ट सँग कुराकानी हुन पाएको छैन । छिटै कुराकानी गर्ने छु । मार्चको अन्तीम हप्ता यसै विषयमा छलफल गर्न काठमाडौंमा भेटघाट तय भएको छ’ पन्तले भने ।

आफूले कसैलाई पनि नचिनेको तर भित्र भित्र बुझ्दै जाँदा जग्गा कसको हो अझै पत्ता लागिनसकेको पनि पन्तले बताए । ‘एकले अर्कालाई, अर्काले फेरी अर्कोलाई देखाईरहनु भएको छ । मैले कसैलाईपनि चिन्दिन । आई सी सी लगायत एन सी सी हरूमापनि यो धेरै छलफलको बिषय बनेको छ । धेरै एन आर एन ए साथीहरुले सोधिरहनु भएको छ । हामीले यसको वास्तविकता छिट्टै बताउने छौं’ पन्तले भने ।

अध्यक्षमा निर्वाचित भएसगै कतारपछि बार्सिलोनामा पहिलो औपचारिक कार्यक्रममा भाग लिएको बताउँदै संस्थाको आर्थिक विषयमा धेरै कुराहरू आईरहेको र सदस्यहरुबाट उठेको ५,५ डलरको सहयोग जम्मा भएर नै संस्था चल्ने गरेको सुनाए ।

‘हामीले थुप्रै आयोजनाहरू बनाईरहेका छौं । कतिपय शुरूवातको क्रममा छन् । एन आर एनले गरेका सबैजसो आयोजनाहरूको पहिला बजेट अनुमान एउटा हुने र सम्पन्न हुँदै गर्दा लागतमा बृद्दी हुने देखिएको छ । यसलाई पुरा गर्न फेरी चन्दा संकलन गरेर पुरा गर्नु पर्ने बाध्यत्माक स्थीतीले आर्थिक कारोबारहरूमा प्रश्न चिन्ह आउने गरेका हुन् जस्तो मलाई लाग्छ’ पन्तले आर्थिक प्रश्नमा उठ्ने गरेका विषयलाई स्पष्ठ पार्न खोजे ।

एन आर एनद्वारा काठमाडौमा सुविधासहितको नमुना शौचालयहरू बनाउन लागेको र करिब पाँच वर्ष एन आर एनकै स्वामित्वमा रेखदेख र संरक्षण गरिने गरी महानगरपालीकासँग सम्झौता भएको जानकारिपनि उनले दिए । यी सबै एन आर एनका सदस्यहरुको सहयोगबाटनै पुरा हुनाले त्यसकोलागि सबैसँग सहयोगको अपेक्षा गरे । अरबौंको लगानी नेपाल लग्दै गरेकोपनि उनले सुनाए ।

एन आर एन चुनावमा धेरै पैसाको चलखेल हुने गरेको विषय सत्य रहेको र एन आर एन को मतदानको विषयमा पन्तले अबका चुनाव बिना पैसा सदस्य बन्न पाउने र चुनावमा भोट दिन काठमाडौ नगई जहाँ बसेको छ त्यही देशबाट अनलाईन सिस्टम मार्फत मतदान गर्न पाउने बताए ।

धेरै पैसा हुने ब्यक्ति अध्यक्ष, अली कम हुने ब्यक्ति उपाध्यक्ष गर्दै सांगठनिक संरचना गर्दा समाजमा बिकृर्ती ल्याउने र संस्थाको भबिष्यमामा समेत प्रश्न चिन्ह खडा हुन कत्तीपनि बेर नलाग्ने भन्दै संस्था दिगो रूपमा जोगाउन यसतर्फ ध्यान दिनु जरूरी भएकोमा पन्तले जोड दिए ।

नेपालका परराष्ट मन्त्री माननीय प्रदीप कुमार ज्ञवालीको प्रमुख आथित्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा ग़ैह्र आवासीय नेपालीहरू जहाँ जसरी रहेपनि त्यहीँबाट आफ्नो काममा दक्षता हासील गर्दै बढाएर लैजानुपर्नेपनि ज्ञवालीले बताए । प्रवासी नेपालीहरुले केही समय तथा लगानी नेपालमापनि गर्नसकेको खन्डमा त्यसबाट नेपालमापनि रोजगारी सृजना हुने र दोहोरो फाईदा हुनेमा ज्ञवालीले जोड दिए । नेपाल सरकारले प्रवास डायस्फोरामा रहेका नेपालीहरूको सुख दुख हरेक समस्यामा साथ दिने प्रतिबद्धता उनले जनाए ।

स्पेनले नेपाली दुताबास पाएको बताउँदै काठमाडौमा स्पेनीस दुताबास निर्माण गर्न पहल गर्ने उनको भनाई थियो । ‘निकट भविस्यमै समय मिलाएर स्पेनको कुटनितीक स्तरमा भ्रमण तय गर्ने छु । दुई देश बिचको कुटनितीक सम्बन्धलाईपनि अझ बिस्तार गर्ने छु ।’

ग़ैह्र आवासीय नेपाली संघ स्पेनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्पेन लगायत पोर्चुगल बेल्जियम, जर्मनी, नेदल्यान्ड लगायतका बिभीन्न संघ संस्थाका प्रतिनीधीहरूको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया