पोखराबाट एकै दिनमा पुगिने पूनहिलबाट सूर्यास्तका मनमोहक तस्विर

फोटोहरु- डा. बशिस्ठ रिजाल

धौलागिरि हिमाली क्षेत्रमा पर्छ पूनहिल । पोखराबाट एकैदिन पुग्न सकिन्छ । म्याग्दी र कास्की जिल्लाको सिमामा पर्छ । पूनहिल नामैले चिनिन्छ, यो एउटा डाँडो हो । बिहान लगभग चार पाँच बजे टर्च बालेर करिब ४५ मिनेट पैदल हिँडेपछि यो डाँडोमा पुगिन्छ ।  यो डाँडोमा पुगेपछि धौलागिरी हिमाली क्षेत्रका हिमालहरु अलि पर तर आफू उभिएको पूनहिल भन्दा तल गहिराईमा देखिन्छन् । आफूलाई भान पर्छ, त्यति अग्ला, सात आठ हजार मिटर भन्दा अग्ला हिमाल कसरि आफूभन्दा तल वा होचा देखिए ?
यहाँबाट अन्नपूर्ण चौथो र माछापुच्छ्रे मात्रै होइन अन्य धेरै हिमाल मुस्कुराएको हेर्न सकिन्छ । सूर्योदय र सूर्यास्तले शिर ठड्याएको, चम्किएको रसस्वादन गर्न पाइन्छ । यस्तै रसस्वादन गर्न पुगेका नेपाली चिकित्शक डाक्टर वशिस्ट रिजालले खिचेका केहि तस्विर हुन् यी ।

तपाइँको प्रतिक्रिया