‘चार करोड घोटालाको हिसाव खोज्नु बाहुनबाद पत्रकारिता’ : एनआरएन आइसिसी सदस्य फगामी

एनआरएन यूकेका निवर्तमान अध्यक्ष एवम् वर्तमान आइसिसी सदस्य योगकुमार फगामी हालै सार्वजनिक भएको एनआरएनए यूकेको आर्थिक प्रतिवेदनबारे समाचार लेख्ने पत्रकारहरुविरुद्ध खनिएका छन् । एनआरएनए यूकेको आर्थिक प्रतिवेदनबारे समाचार लेख्नुका पछि बाहुनवादु कारण रहेको भन्दै फगामीले सामाजिक सञ्जालमा तल्लो स्तरको आरोप लगाएका हुन् ।

फेसबुक पेजमा शेयर भएको समाचारमा प्रतिक्रिया जनाउँदै उनले लेखेका छन् , यो भ्रम समाचार बाहुनवादले गरेछन् र अहिलेसम्म यी अबुझ जनजातीले मात्र कमेन्ट गरेका छन् । यी पत्रुकार कुन समुदायका हुन् र यी ब्रमानवादको पछि लागेर नै हामी कहाँ छौं ? उनका अविश्वासको समाचारमा कमेन्ट तपाईं जनजाति सोंच ।’

निकै अशुद्ध भाषामा लेखिएको आफ्नो कमेन्टमा फगामीले बाहुन पत्रकारुहरुले आफुविरुद्ध भ्रम छरेको घिनलाग्दो आरोप लगाएका छन् । साथै, बाहुनवादुका पछि नलाग्न भन्दै उनले जनजाति समुदायको सहानुभुति बटुल्ने प्रयास गरेका छन् ।

प्रधानमन्त्री ओलीको बेलायत भ्रमणमा सुनको उपहारको लागि तिन सय ५० पाउण्ड तथा  अर्थमन्त्री युवराज खतिवडाको कार्यक्रमको लागि दुई हजार खर्च भएको भनी एक फेसबुक प्रयोकर्ताले कमेन्ट गरेको ठीक तल फगामीको कमेन्ट छ । समाचारलाई भ्रम छर्ने प्रयास भनेका उनले समाचारको कुन विवरण झुट्टो हो भनेर सोअष्ठ पार्न चाहिँ सकेका छैनन् । उनले आफ्नो कमेन्ट भने अहिले डिलिट गरेका छन् ।

यसअघि फगामी नेतृत्वको कार्यकालमा संस्थाको कोष पूरै सकिएको विवरणसहितको आर्थिक प्रतिवेदन गत आइतबार बसेको एनआरएनए यूके बैठकमा पेश भएको थियो ।
फगामी कार्यसमितिले अघिल्लो कार्यसमितिबाट बुझेको ३७ हजार पाँच सय २२ पाउण्ड ७१ पेन्स, सदस्यता शुल्कबाट उठाएको एक लाख ३८ हजार ९०० पाउण्ड र उम्मेदवारी शुल्कबापत उठाएको ६८ हजार सात सय गरी जम्मा भएको कुल दुई लाख ४५ हजार एक सय २२ पाउण्ड ७१ पेन्स भन्दा पनि थप १० हजार पाउण्ड खर्च भएको देखाइएको छ ।

त्यसमध्ये निर्वाचन खर्च एक लाख ११ हजार पाउण्ड बढि रकम, डेटा इन्ट्रीका लागि ३० हजार पाउण्ड बढि रकम, एम्पायर हलको भाडा ३३ हजार बढि रकम, सेक्युरिटीमा १२ हजार पाउण्ड बढि रकम र रेष्टुरेन्टमा खाएको नौ हजार पाउण्ड भन्दा बढि रकम खर्च भएको देखिन्छ ।

तपाइँको प्रतिक्रिया