एन आर एन युकेद्वारा प्रधानमन्त्री ओलीलाई सुनको उपहार, दुइ वर्ष नपुग्दै चार करोड झ्वाम

नेपाल र नेपालीका लागि भन्दै आम सदस्य र दाताहरुबाट उठाएको रकमले एन आर एन ए युकेले प्रधानमन्त्री ओलीलाई सुनको उपहार, हलमा सुरक्षा, अर्थमन्त्री युवराज खतिवडाको भ्रमणमा खर्च, बिभिन्न रेस्टुरेन्टमा खानपिन र जाँडपान लगायतका बिभिन्न खर्च देखाउँदै रकम हिनामिना गरेको छ । रेस्टुरेन्टको खाना, हल बुकिङ र अनेक नाममा दुई वर्षपनि नपुग्दै चार करोड झ्वाम पारेको प्रतिबेदन एन आर एन ए युकेलेनै सार्वजनिक गरेको छ ।

लामो समयसम्म माग गर्दापनि निवर्तमान अध्यक्ष योग कुमार फगामीको कार्य समितिले आर्थिक प्रतिबेदन सार्वजनिक गर्न अनकनाई रहेको थियो । निवर्तमान कार्य समितिले आर्थिक खर्चको हिसाब कितब बेलैमा नदिँदा वर्तमान अध्यक्ष पुनम गुरुङको कार्य समितिलाई अप्ठेरो भएको थियो ।

आर्थिक प्रतिबेदन बुझाउन पटक पटक आग्रह गरिएपछि हिजो आइतवार बल्ल बल्ल आर्थिक प्रतिबेदन अहिलेको कार्य समितिलाई बुझाए । निवर्तमान कोषाध्यक्ष सचिन श्रेष्ठले बुझाएको आर्थिक प्रतिबेदन हेर्दा स्पष्ठ भयो, निवर्तमान कार्य समितिले प्रधानान्त्री केपी शर्मा ओली बेलायत भ्रमणमा आउँदा सुन र चाँदीको उपहर दिएका रहेछन् । त्यसमा तिन सय ५० पाउण्ड खर्चेका रहेछन् । त्यति मात्रै होइन अर्थमन्त्री युवराज खतिवडा आउँदा दुई हजार पाउण्ड खर्च भएको उल्लेख छ । तर त्यो रकम केमा खर्च भएको हो स्पष्ठ छैन ।

निवर्तमान कार्य समितिले सार्वजनिक गरेको आर्थिक प्रतिबेदन हेर्दा विश्वास लाग्दैन । बरु कसरि मनपरि खर्च गरिएछ भन्ने सहजै बुझिन्छ । किनभने एन आर एन ए युकेको गत सेप्टेम्बरमा सम्पन्न निर्वाचन गर्न एक लाख १८ हजार पाँच सय ९३ पाउण्ड लागेको उल्लेख छ । निर्वाचन गर्न लिएको हलको भाडा ३३ हजार छ सय २४ पाउण्ड छ । युकेका नेपालीहरु धेरै डाङडुङ र हानाहानमा निस्कने रहेछन् कि किन हो सुरक्षा खर्च मात्रै १२ हजार छ सय ९२ पाउण्ड खर्च देखाइएको छ ।

खानपिन र पिउन त झन नेपालीहरु अग्रणीनै भैहाले । निर्वाचनमा संस्थाको रकम पाएपछि झन किन छोड्ने ? किन आफ्नो खाएर संस्थाको काम गर्ने ? त्यसैले बिभिन्न रेष्टुरेन्टमा खाएको खानपान र पेयको बिल नौ हजार एक सय पाउण्ड छ । डिजिटल खर्च भन्दै त्यसैगरि बिल देखाइएको छ ।

हिजो आइतवार एन आर एन ए युकेकि अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा प्लमस्टेडमा बैठक बसेको थियो । त्यसमा सहभागीहरुले निवर्तमान कोषाध्यक्ष सचिन श्रेष्ठको प्रतिवेदन चित्तबुझ्दो नभएको भन्दै विस्तृत लेखा परिक्षण हुनुपर्ने माग गरेका छन् ।

                                       निवर्तमान कार्यसमितिको आर्थिक प्रतिवेदनको मुख्य अंश

१८ सेप्टेम्वर २०१७ पुरानो कार्यसमिति सहितको खर्च

                                                  निर्वाचन र सदस्यता दर्तामा भएको खर्च

   कुन मतदान अधिकृतले बुझेको रकम कति ?

                                                             मतदान केन्द्रमा कति भयो खर्च ?

तपाइँको प्रतिक्रिया