एनआरएनको विशेष साधारणसभा बोलाउन माग

  • हाम्रा सम्वाददाताबाट

गैह्र आवासीय नेपाली संघकी निवर्तमान सचिव जानकी गुरुङले गत अक्टोबर महिनामा काठमाडौँमा सम्पन्न संघ को नवौं विश्व महाधिवेशनमा  साधारणसभाबाट अनुमोदित नभएको  महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई विशेष साधारणसभा बोलाइ छलफल चलाउन माग गरेकी छन् । उनले संस्थालाई विधानसम्मत संस्थागत नगरी वैधानिक नहुने हो भने कुनै पनि निर्णयहरु मान्य नहुने चेतावनी पनि दिएकी छिन् ।

एक विज्ञप्ति प्रकाशित गर्दै श्रीमती गुरुङले काठमाडौँमा सम्पन्न चुनावमा गरिएका अनियमितताहरुको तत्काल छानबिन गर्न माग गरेकी छिन् ।

गत साता गैह्र आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष कुल आचार्यले पनि लन्डनमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दे तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका थिए । उनले  नवौं विश्व सम्मेलनमा आर्थिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण भन्दै यसले संस्थाको गरिमामाथि नकारात्मक असर परेको जनाएका थिए।

 श्रीमती जानकी गुरुङद्वारा प्रकाशित वक्तव्य जस्ताको तस्तै:

गैरआवासीय  नेपाली संघको नवौं विश्व महाधिवेशन आँशिक रूपमा सम्पन्न भएको तीन महिना पुग्न लागेको छ । संस्थाको गरिमा र साखमाथि थप आँच आउन नदिन संयम अपनाइ निर्बाचनको मत परिणाम एकतर्फी रुपमा घोषणा गरिएकोमा पनि तटस्थ रहंदै विधान विपरित गरिएका गम्भीर त्रुटिहरुलाई सच्याउंदै लैजानेमा आशावादी थियौं । तर यतिका समय बितिसके पछि पनि नेत्रित्वमा रहनेहरुबाट संस्थाको वैधानिक पाटाहरु, महाधिवेशनका मुलभूत थाति राखिएका पक्षहरुको सम्बोधन र परिपूर्तितर्फ गैर जिम्मेवार रहेको पाइएकोले देहायका बिषयहरु उपर अविलम्व निर्णयमा पुग्न यो बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराउन चाहन्छु  ।

१, निर्वाचन समिति उपर गरिएका सबै उजुरीहरुको छानबिन र निर्णय सार्वजनिक  गरियोस ।

२, महासचिव  र कोषाध्यक्षको साधारणसभाबाट अनुमोदित नभएको प्रतिवेदनलाई त्यसबेला पछि विशेष समिति बनाई पारित गर्ने भनिएकोमा विशेष समिति हैन – विशेष साधारणसभा बोलाई छलफल चलाईयोस ।

३, संस्थाले सँरचनागतरूपमा गर्दै आएका काम र प्रगतिको निरन्तरता दिन र अनावश्यक रूपमा हरेक क्षेत्रमा फेरबदल तुरून्त रोकियोस ।

उपरोक्त विषयहरु माथि सम्बन्धित पक्षले अविलम्व सम्बोधन गरी आगामी कार्यक्रम सार्वजनिक गरियोस र सबैको साझा संघ महशुस गर्ने गराउने वातावरण तयार गरियोस । संस्थालाई यदि विधानसम्मत संस्थागत नगरी वैधानिक नहुने हो भने कुनै पनि निर्णयहरु मान्य नहुने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छु ।  धन्यवाद

जानकी गुरुङ

निवर्तमान सचिव

गैरआवासीय नेपाली संघ

मिति: १२  जनवरी २०२०, बेल्जियम ।

नोट:

निर्वाचन  सम्बन्धमा  भएका अनमियत् ताका सम्बन्ध मा परेका ऊजुरीहरू र हामीले पाएका केही प्रमाणहरू  यसै विज्ञप्तीसंगै संलग्न गरिएको छ।

1- डेलीगेट दर्ता सम्बन्धमा निर्वाचन आयुक्त मार्फत गरीएका पक्षपाती व्यवहार विरूद्ध निर्वाचनमा भाग लिन आएका डेलीगेटहरूको सामूहिक दावी विरोधको दर्ता नम्बर

2- निर्वाचन  आयुक्तलाई मत गणनाको परिचय पत्र रिभ्यालिडेट गरी पुन: मत गणना गरी पाऊ भनि घोषणा अगावै  अध्यक्षका प्रत्यासी, महासचिवका प्रत्यासी र उपाध्यक्षका प्रत्यासीले सामूहिक रुपमा पठाएको निवेदनको प्रति

3 – संघको विश्व संमेलन तथा कार्यसमितीको निर्वाचन सम्बन्धि अनयमितताको  कारण सम्पूर्ण प्रकृया स्थगन गरी पाऊं भनि हालेको निवेदन

4 – पहिलो पटक निर्वाचनको लागी निकालिएको मतदाता सूची र पछी फेरी  आयुक्तबाट आएको मतदाता सूची ।

(मतदताहरुको सम्पूर्ण सूची सूची नेपालप्लससित सुरक्षित छ । स्थान अभावले सबै राख्न सकिएन ।)

तपाइँको प्रतिक्रिया