लाप्राक लगेका बाँस हेटौंडा पुग्ने, छानोको जस्तापाता फाल्ने गर्दा एन आर एनलाई करोडौं घाटा
एन आए एन एमा धेरैले नसुनेको अर्को काण्डपनि छ । बाँस र जस्ता काण्ड । गोरखाको लाप्राक बस्ति निर्माणमा किनिएको डेढ करोड बराबरको बाँसले अहिले एन आर एनए केन्द्रलाई टाउको दुखाएको छ । गलत निति, बिना ग्रिहकार्य र गतिलो योजनाबिना बाँस र जस्ता पाता हचुवाका भरमा किन्दा एन आर एनएलाई करोडौंको घाटा भएको छ । लाप्राक बस्तिका घरहरुमा भित्ता बनाउन भनेर किनिएका बाँस अहिले पूर्व अध्यक्ष भवन भट्टको हेटौंडास्थित कारखानामा मिल्किएका छन् । यसमा कसको कमजोरि छ त ? कसको कारणले एन आर एनएलाई करोडौं घाटा हुन गयो ?
लाप्राक बस्ति बनाउने भन्ने निर्णयनै कुनै गतिलो योजनाकार र ईन्जिनियरले गरेको थिएन । यसरि यसरि बनाउने भनेर डाले हिसाब गरियो । र निर्णय भयो, लाप्राक बस्तिको छानो जस्ताले बनाउने । भुइदेखि अलि माथिसम्म ईट्टाको गारो लगाउने र त्यसमाथि बाँसको भित्ता हाल्ने ।
त्यति बेला शेष घले अध्यक्ष थिए । उनको पालामा छानामा जस्ता लगाउने भन्ने निर्णय गरियो । उक्त निर्णय भएपछि एक करोड ५० लख तिर्ने निर्णय गरियो । तर तोकिएका जस्ता मध्ये आधा जस्ता पाता लाप्राक पुगेपछि ‘जस्ता चाहिन्न’ भन्दै उक्त निर्णय उल्ट्याइयो । यति बेला आधाकोपनि आधा जस्ता पाता मात्रै लाप्राक पुगेका थिए । अर्थात् जम्मा ४६ वटा घरका छानामा पुग्ने जस्ता पाता मात्रै पुगेको थियो ।
यो बस्तिको डिजाईन शेष घलेका निकट श्याम तामाङले गरे । तामाङ तिनै ब्यक्ति हुन् जसले हाल काठमाडौंमा बन्दै गरेको शेष घलेको होटेल निर्माणको सम्पूर्ण जिम्मेवारी लिएका छन् ।
जस्ताले चिसो बनाउँछ भन्ने निहुँमा छाना हालिएका जस्ता पातापनि पछि एकाएक झिकियो । त्यसमध्ये चर्पी बनाउँदा पाँच सय ५३ वटा जस्ता पाता प्रयोग भए । यो जस्तामा मात्रै एन आर एन एको तिन करोड ४० लाख खर्च भएको छ । यो जस्तापाताको हचुवा निर्णय भवन भट्टको पालामा भएको थियो ।
भित्तामा बाँस लगाउने भन्ने निर्णय भएपछि बाँस किन्नकालागि तत्कालै ५० लाख अग्रिम भुक्तानी गरियो । तर ति बाँस ट्रिटमेन्ट गरिएको नभएर सामान्य खालका पुर्याइयो । बाँसको मूल्य एक करोड ३५ लाख थियो । यो निर्णयपनि शेष घलेकै पालामा भएको थियो । पछि यि बाँस नचाहिने भन्ने भएपछि पुन बिक्रि गर्ने सल्लाह भयो । ग्राहक खोजियो । तर एक करोड ३५ लाख मूल्य परेका बाँसलाई पछि बिक्रि गर्न खोज्दा १४ लाख मात्रै दिन सक्ने खरिदकर्ताले प्रस्ताव गर्यो । यो डिजान बदल्ने काम शेष घलेकै पालामा भएको थियो । पछि एन आर एन एलाई बाँस बिक्रिकर्ताले धम्क्यान थाल्यो ‘तपाईहरुले सहमति गरेर मगाएका बाँस लैजानुस् । नत्र म फ्याँकिदिन्छु’ भन्दै । घलेले डिजाइन बदलेर बाँस नचाहिने निर्णय गरेपछि बिक्रेताले ति बाँस लगेर भवन भट्टको हेटौंडास्थित उध्योगमा मिल्काइदिएको छ ।
यति ठूलो बस्ति निर्माण हुँदा कुनैपनि निर्माण कम्पनीनै छैन । यति वटा डोजर, यति कामदार, यति वालुवा, यति वटा जस्तापाता भन्ने हिसावले काम हुन्छ । जस्ता पाता, वालुवा, गिट्टी र अन्य निर्माणका सामाग्रिहरु मगाउँदा पदाधिकारीका निकटहरु पुग्छन् । जसरि शेष घलेका निकट तामाङले काम गरे ।
त्यहाँ कामदार कसरि पुगेका छन् भन्नेनै अचम्म छ । किनकि हिमाली क्षेत्रको यो वस्तिमा ठण्डीले गर्दा वर्षमा जम्मा चार महिना काम गर्न सकिन्छ । तैपनि कामदार मागेपछि पुगेकै हुन्छन् ।
के हो बाँसको ट्रिटमेन्ट ?
ट्रिटमेन्ट नगरिएको बाँस
ट्रिटमेन्ट गरिएको बाँस
बाँस नमक्कियोस र अझ खासगरि किराले नखाओस् भनेर ट्रिटमेन्ट गरिन्छ । बोराक्स र बोरिक एसिड भन्ने अम्ल पदार्थले भरिएको धुलो सजिलै पानीमा घुलिन्छ । पानीमा घुल्ने त्यो अम्ल पदार्थलाई बोराक्स वा सोडियम बोराटपनि भन्छन् । जुन बाँस यो पदार्थले पोतिन्छ त्यसमा किरा लाग्दैन । बलियो हुन्छ । हेर्दापनि चिल्लो राम्रो देखिन्छ र लामो समयसम्म टिक्छ । ट्रिटमेन्ट नगरिएको बाँस छिटो किराले खान्छ । र ट्रिटमेन्ट गरिएको बाँस नगरिएको भन्दा महँगो पर्छ किनकि यो स्तरिय मानिन्छ ।
हचुवाका भरमा कामदारलाई ज्याला
लाप्राक बस्ति बनाउँदा जम्मा कति जना श्रमिक, ज्यामी, मजदूरले काम गरे ? यसको यकिन हिसाब कसैसित छैन । कामदारहरुले यति जनाले काम गरे भनेर लेख्ने र त्यसैका आधारमा ज्यादा दिने गरियो । यसो गर्दा कति ज्यामीले प्रत्येक दिन कति घण्टा काम गरे र गर्नुपर्ने हो भन्ने वास्तापनि कसैले गरेन । काम गरेको भनेर उल्लेख गरिएका ज्यामीले त्यतिनै संख्यामा काम गरेकि गरेनन्, लेखे अनुसार काममा उपस्थित भए कि भएनन् भन्ने पनि हेरिएन । यसरि जसले जति संख्या लेख्यो त्यसैका आधारमा रकम भुक्तानी गरियो । यस्तो लापर्वाहीले गर्दा लाप्राक वस्ति निर्माणमा अनावश्यक खर्च भयो ।
स्रोतका अनुसार यो तथ्य जानेपछि समितिका अन्य पदाधिकारीले पटक पटक सामूहिक छलफल र सल्लाह गर्न खोजे। तर यसमा पूर्व अध्यक्ष शेष घले र भवन भट्ट दुबैले गम्भिरता देखाएनन् भन्ने आरोप केहि केन्द्रिय पदाधिकारिहरुको छ । छलफल भन्दा एकल निर्णयमा अगाडि बढ्न खोज्ने स्वभावलेपनि लाप्राक बस्ति निर्माणमा थप भार पुग्न गएको तिनको भनाई छ ।
सचिवालय स्रोतका अनुसार हालको नयाँ समिति बनेपछि बाँकि निर्माणको काम ठेक्कामा दिन खोजिएको थियो । अध्यक्ष कुमार पन्तले भित्ता बनाएको, छानो र गारो लगाएको सबै काम ठेक्कामा दिन खोजेका थिए । कामदारको संख्या बढाएर बढि रकम लिन पल्केका ठेकेदारले उनको प्रस्ताव स्विकार गरेनन् ।
यसको सबैभन्दा ठूलो कमजोरि टेन्डर आव्हान नगरिनु थियो । यत्रो वस्ति निर्माण गर्दा सार्वजनिकरुपमा टेण्डर आव्हान नगरि आफ्ना आफ्ना निकटका ब्यक्तिहरुलाई सामान किन्न, मजदूर र श्रमिकको ब्यवस्था गर्न दिने गरियो । आफ्ना मानिसहरुलाई स्थान र खान दिनुपर्छ भन्ने मानसिकताले काम गरियो । जहाँपनि आफ्ना विश्वासिला मान्छेलाई जिम्मा दिँदा आफन्तले भरपुर फाइदा त लिए तर यता एन आर एनएलाई डुबाए ।