बार्सिलोनामा’छ माया छपक्कै’ हेर्नेहरूको भिड

भोला लामिछाने , स्पेन

डायस्फोरामा रहेर पनि नेपाली चलचित्रहरू एकपछी अर्को हेर्न पाईरहेका छन् । नेपाली चलचित्र छ माया छपक्कै बार्सिलोनामा प्रदर्शन सँगै यहाँका नेपाली समूदायले यस्तो अवसर पाएका हुन् । यो फिल्म हेर्नेको भिड लागेको छ ।

बार्सिलोनाको सिनेमा गिरोना हल भरियो । सोचेभन्दा बढी दर्शक ओईरिए ।  आयोजकहरू दंग परे । नेपाली समुदाय चलचित्र हेरेर धेरै खुसी देखिए । चलचित्रको कथा विषय वस्तु शिक्षा, समाजमा राजनैतिक विषय लाई लिएर पर्ने नकारात्मक प्रभाव सँगै कलाकारहरूको बेजोड अभिनयले छ माया छपक्कै मसालेदार फिल्म बन्न सफल भयो । यस्ता खालका चलचित्रहरूको निर्माणले समाजलाई सकारात्मक दिशामा लग्ने बताउँदै शिक्षाप्रत चलचित्र हेर्ने अवसर पाएकोमा सम्पु्र्ण चलचित्र कर्मीहरूलाई बधाई दिदै गान्धी रेष्टुरेन्ट संचालक दिनेश गिरीले उपस्थिति सबैलाई धन्यवाद व्यक्त गरे ।

चलचित्र हेर्न बार्सिलोनामा रहेका एन आर एन ए लगायत सबैजसो संघ संस्था का प्रतिनीधीहरूको उपस्थिती रहेको थियो । ‘नेपाली मौलीकतालाई जोगाउन पनि हामीले नेपाली चलचित्र हरू लाई माया गर्नु पर्दछ ।’ कलाकर्मीहरूको सधै आफु सहयोगी भएको यूरोप उपसंयोजक मुक्त गरूडले बताए ।

चलचित्र हेर्न महिला दिदीबहिनीहरूको पनी निकै ठुलो उत्साहजनक भिडभाड देखिएको थियो । ‘कामको ब्रेक पारेर आएका हौ सर’ एक जना महिलाले बताउदै फिल्मले थकान नै बिर्साईदिएको सुनाईन्  । उनले फेरिपनि यस्तै चलचित्र हेर्ने आशा  गरिन् ।

तपाइँको प्रतिक्रिया