एनआरएनए केन्द्रिय बैठकमै मुख छाडियो, ‘मनोनित मध्ये आधा कांग्रेसलाई दिनुपर्छ’ भन्दै चर्काचर्की

गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय परिषद्को बैठकमा अनौठो र लाजमदो हर्कद देखिएको छ । शनिवार १० घन्टासम्म चलेको बैठकमा क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्य संघको मानमर्दन हुने गरी बैठकमा प्रस्तुत भए । संघका केही केन्द्रीय सदस्य कांग्रेस र कम्युनिष्टको बैठकमा हुने वादविवादको शैलीमा उत्रिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकमा युरोप क्षेत्रबाट प्रतिनिधित्वमा गर्ने केही कथित नेपाली कांग्रेस समर्थकले आफ्नो प्यानलले ५० प्रतिशत केन्द्रीय सदस्य पाउनुपर्ने भन्दै आफ्नो अमर्यादित रुपमा प्रस्तुत भएका थिए । ति मध्येका एक स्वीडेनबाट प्रतिनिधित्व गर्ने अर्जुन श्रेष्ठले हुन् । उनले अक्टोवरमा सम्पन्न महाधिवेशनमा कुल आचार्य समुह कांग्रेसको प्यानल भएकाले सोही अनुसारको भागबन्डा माग गरेका थिए । बैठकमा श्रेष्ठ अमर्यादित रुपमा प्रस्तुत भएपछि अध्यक्ष कुमार पन्तले बैठकबाटै निकाली दिने चेतावानी दिएका थिए ।

यस्तै युरोप संयोजक नारायण आचार्यसमेत राजनीतिक रुपमा प्रस्तुत भएपछि बैठक असहज बनेको थियो । बैठकका एक सहभागिका अनुसार आचार्यले आफ्नो सिफारिस अनुसार केन्द्रीय सदस्य चयन नभएको भन्दै आक्रोस पोखेका थिए । आफू लोकतान्त्रिक समूहबाट युरोप संयोजकमा चुनाव जितेको दाबी गर्ने आचार्यले गैरआवासीय नेपाली संघमा लामो समयदेखि सक्रिय एकराज गिरीको नाम हटाउन चर्को लविङ गरेका थिए ।

अचम्मै देखियो बैठकमा गिरीजस्ता कांग्रेसमा सक्रिय मान्छेलाई हटाएर अर्को व्यक्तिलाई आइसीसी सदस्य सिफारिस गर्नेलाई के को कांग्रेस मान्ने हो ? एक सहभागीले भने ।  युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यको प्रस्तुति लज्जास्पद देखेपछि अन्य क्षेत्रका केन्द्रीय सदस्य मुखदर्शक भएका थिए ।

अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले एनआरएन आईसीसी बैठकमा अपशब्द प्रयोग गरेपछि विवादमा आएका छन् । भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट क्षेत्रीय संयोजक चयन भएका त्रिपाठीले एनआरएन आईसीसीको ७० औं बैठकमा महिलामाथि अपशब्द प्रयोग गरेको एक सदस्यले सहभागीले बताए । बैठक चलिरहेको बेला महिला उपाध्यक्ष रबिना थापा र आईसिसी महिला संयोजक भूमा सुब्बा बोल्दा महिलालाई अपमान गर्ने शब्द (फतौरी आइमाइ) प्रयोग गरेपछि बैठकमा सहभागी अमेरिकाका आईसीसी सदस्य शंकर खडकाले आपत्ती जनाए ।

आईसीसी महासचिव हेमराज शर्माले क्षेत्रीय संयोजक त्रिपाठीलाई माफी माग्न लगाएका थिए । महासचिव हेमराज शर्माको निर्देशनपछि क्षेत्रीय संयोजक त्रिपाठीले गल्ती महसुस गर्दै बैठकमा माफी मागेका थिए । बैठक सञ्चालन गरिरहेका संघका महासचिव डा। शर्माले अन्त्यमा सबैलाई आगामी दिनमा एक भएर प्रस्तुत हुन आग्रह गर्दै बैठक टुंग्याएका थिए ।

(नेपालब्रिटेन डट कमबाट)

तपाइँको प्रतिक्रिया