एन आर एन युकेले अन्नपूर्ण होटेलमा जाँड खाएको, हेलिकोप्टर चढेको, अछामका महिलाका नाममा रकम लिएकोदेखि करोडौं तिर्न को को ले बाँकी ?

एन आर एन एको केन्द्रिय सचिवालयको आर्थिक रिपोर्टले अनियमितता देखाएको भन्दै केन्द्रिय नेताहरुलाई आरोप लगाउने धेरै छन् ।  तर धेरैलाई थाह नभएको तितो सत्य के हो भने एन अर एन युकेको पूर्व कार्य समितिले होटेल अन्नपूर्णमा खाएको जाँड पार्टीको रकम अहिलेसम्म एन आएन ए केन्द्रलाई तिरेको छैन । त्यसैगरि केन्द्रको नाममा पैसो तिरेर हेलिकप्टर चढेको रकमपनि तिरेका छैनन् ।

एन आर एन एको काठमाडौं विश्व भेलामा एन आर एन ए युकेका पदाधिकारीहरुले अन्नपूर्ण होटेलमा जाँड पार्टी गरेका थिए । मिटिङ दोहोरो नागरिकताको लबिङ गर्ने भनेर अध्यक्ष योग कुमार फगामी र महासचिव राज कुमार त्रिपाठीको अगुवाईमा गरिएको थियो । उनीहरुले त्यति बेला दुई लाख ८९ हजार चार सय ६६ रुपियाँको पार्टी गरे । तर जाँडपार्टी सक्किएपछि त्यो बिल नतिरि हिँडे । दुई लाख पाउण्ड युकेबाट उठाएपनि यो रकम तिरेनन् । सचिवालय स्रोतका अनुसार उनीहरुले यो रकम नतिरेपछि होटेलले केन्द्रलाई ताकेता गर्‍यो । सचिवालयलाई होटेलको बिल पठायो । पछि यो रकम केन्द्रिय सचिवालयले तिर्‍यो । एन आर एन युकेले त्यो बेला दुई लाख पाउण्ड उठाएरपनि आफैंले गरेको पार्टीको रका भने हालसम्म तिरेको छैन ।

त्यसैगरि एन आर एनका केहि नेताले हेलिकोप्टरको सयर गरे । निजि कम्पनीको हेलिकोप्टर चढेर डाँडापाखा घुमे । भाषण ठोके गाउँ गाउँ पुगेर । माला, खाता लगाए । अबिर धसे । तर त्यो रकम एन आर एन एको सचिवालयलाई तिर्न लगाए । त्यो बेला हेलिकोप्टर चढेको चार लाख ८० हजार पाँच सय रुपियाँपनि अहिलेसम्म तिरेका छैनन् । हेलिकोप्टर चढेर केन्द्रलाई तिर्नुपर्ने रकम नतिर्ने को हो उसको नामभने रिपोर्टमा उल्लेख छैन । नयाँ समितिले तिनको नाम सार्वजनिक गर्नुपर्छ । यो रका अभिलम्भ तिराउनुपर्छ ।

अछामी महिलाका नाममापनि अनियमितता

अछाम जस्तो बिकट ठाउँमा महिलाहरुको ढाड खस्ने समस्या छ भन्दै कार्यक्रम ल्याइयो । यो कार्यक्रममा बेल्जियम निवासी रजनी प्रधानले नेत्रित्व गरिन् । यो कार्यक्रमको नाम बेचेर खुबै हाईहाई कमाइयो । ठाउँ ठाउँमै चन्दा उठाईयो । त्यो चन्दा कहाँ गयो र कति उठ्यो भन्ने स्पष्ठ छैन । बरु त्यहि कार्यक्रमकालागि भनेर केन्द्रिय सचिवालयबाट आठ लाख नौ हजार तिन सय ९४ रुपियाँ लिईयो । तर उक्त रकम अहिलेसम्म तिरिएको छैन ।

यसरि केन्द्रिय सचिवालयलाई पैसा तिर्न लगाउने, लिएको रकम नदिनेहरुको सूची लामो छ । दिपेश मल्ल, धर्मराज गिरि, एन आर एन ए कोरिया लगायत झण्डै एक दर्जनले सचिवालयलाई तिरेका छैनन् ।

तलब झण्डै मासिक दुई लाख, लेख्ने सिप यस्तो

एन आर एन ए सचिवालयका अफिसर हेमन्त दवाडीको मुख्य काम एन आर एन एका प्रेस रिलिज हेर्ने, लेख्ने, भाषा मिलाउने हो । तर उनले लेखेको भाषा शैली हेर्नुस् । दैनिक पत्रिकामा हरेक दिन रिपोर्टिङ गरेर चौबिसै घण्टा खटिने पत्रकारको तलब बढिमा ६० हजार रुपियाँ छ मासिक । तर दवाडीको तलब मासिक एक लाख ७५ हजार छ । टिएडिए र महँगि भत्ता जोड्दा दुई लाख पुग्छ । यत्रो रकम तिरेर जे काम गर्न जिम्मेवारि दिईएको हो उनले लेख्ने गरेको भाषा भने यो स्तरको छ ।

उनको भाषा शैलीले काम नगरेपछि सचिवालयले कान्तिपुर मिडियामा काम गर्ने एक जना महिला पत्रकारलाई थप रकम दिएर अस्थायिरुपमा भर्ति गरेको थियो । तर अफिसर दवाडीले ‘आफ्नो काम हडपिने, जागिर खोसिन्छ’ भन्ने डरले टिक्न नदिएको गुनासो सचिवालयकै कर्मचारीहरुको छ । यति ठूलो मासिक तलब दिएर कर्मचारी भर्ति गर्दा पत्रिकामा बिज्ञापन दिएर किन राख्न सक्दैन सचिवालयले ? कसको स्वार्थमा यस्ता अयोग्य कर्मचारी भर्ति गरिन्छन् ?

तपाइँको प्रतिक्रिया