एन आर एनको केन्द्रिय बैठक आज बस्दै, बैठकमा चर्काचर्की हुने संकेत

एन आर एन ए सचिवालयले सार्वजनिक गरेको आर्थिक रिपोर्ट नेपालप्लसमा सार्वजनिक भएपछि एन आर एन ए केन्द्रिय सचिवालयको आज विशेष बैठक बस्दै छ । बैठक नेपालको समय अनुसार साँझ आठ बजे बस्ने छ । बैठकमा आर्थिक अनियमितता भएको हो होइन, हो भने केकसबाट कसरि भएको हो भन्ने विषयमापनि छलफल हुने छ । आज बस्ने बैठकमा आर्थिक रिपोर्टका बारेमा चर्काचर्कि हुने देखिएको छ । आजको बैठकले आर्थिक रिपोर्टमा देखिएका अनियमितताका बारेमा स्पष्ठ निर्णय गर्न नसके समग्र समितिकै मिलोमतोमा अनियमितता भएको देखिने छ । 

एन आर एन एको आर्थिक प्रतिबेदनमा देखिएका अनियमितता र कमजोरीका बारेमा नयाँ कार्य समितिले विशेष चासो राखेको स्रोतको भनाई छ । केहि अभियन्ताले आफूहरुको नाम अनावश्यकरुपमा आएको गुनासो गरेका छन् । केहिले अघिल्लो समिति पुरै जिम्मेवार रहनुपर्ने बताएका छन् । नयाँ समितिमा रहेका केहि नयाँ पात्र छन् । तिनले अघिल्लो समितिको आर्थिक रिपोर्टको सत्यतथ्य जानकारि र छानबिन नभए जिम्मेवारी नलिने बताएका छन् ।

आर्थिक रिपोर्टमा उल्लेख रकमको सत्यतथ्य सार्वजनिक नगरे आज बस्ने बैठकको औचित्य हुने छैन । किनभने यति धेरि विषयमा एन आर एन ए सचिवालयले छानबिन गरेर सत्यता बाहिर ल्याउन नसके सम्पूर्ण टिमलेनै मिलेर घोटाला गरेको ठहर हुने छ । आर्थिक रिपोर्टमा देखिएका कमजोरीहरु नेपालप्लसमा एक पछि अर्को सार्वजनिक भएपछि बैठक निकैबेर चल्ने संबहवना रहेको एक सदस्यले बताए ।

नेपालप्लस लगायतका एडियामा आर्थिक रिपोर्टमा घोटाला भएको आशयका विषयहरु सार्वजनिक भएपछि यस बारेमा नेपलप्लस डटकमले एन आर एन ए केन्द्रिय प्रवक्ता डिबी क्षेत्रीसित सम्पर्क गरेको थियो । उनीसित अहिले आएका आर्थिक नियमितताका बारेमा जिज्ञासा राख्द उनले भने ‘हामी संवन्धित समितिका खास खास रिपोर्टहरु आएपछि बल्ल बोल्न सक्ने स्थितिमा हुन्छौं । त्यसपछि यथार्थ जनाकारि गराउने छौं ।’

तपाइँको प्रतिक्रिया