यसरि गरिन्छ एन आर एन एको करोडौं करोड घोटाला

शेष घलेले आफ्नो कार्यभार हस्तान्तरण गर्दा एन आर एन एलाई ८० करोड छोडेर गएका थिए।   अहिले एन आर एन ए सचिवाल १७ करोड घाटामा छ । के यो सामान्य हो ? कसरि कहाँ गयो यो रकम ? कसरि भयो यत्रो रकम हिनामिना ?

गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) ले हरेक सदस्यबाट सदस्यता रकम असुल्छ । यहि सदस्यता शुल्कबाटै वर्षेनी करोडौं उठ्छ । त्यसबाहेक नेपालमा हुने गरेका हरेक बिपत्तीमा छुट्टै रकम र चन्दा उठाउँछ । यसरि रकम उठाउँदा उठेको सबै रकम सिधै खर्च गरिन्न । प्रशासनिक र अन्य लाग्ने खर्च कटाएर दिने वा खर्च गर्ने गरिन्छ । वर्षेनी करोडौं रकम उठ्दापनि किन अहिले एन आर एन ए घाटामा छ ? किन एन आर एन ए केन्द्र ऋणमा छ ? के कारणले संस्थालाई एन आर एन ए का केन्द्रिय अभियन्ताबाट ऋण दिनुपर्ने अवस्था स्रिजना भयो ? यति ठूलो रकम कहाँ कसले कसरि खर्च वा दूरुपयोग गरिरहेको छ ?

हाल १७ जना कर्मचारी छन् केन्द्रिय कार्यालयमा । ति मध्ये तिन जना त पियननै छन् । एन आर एन ए केन्द्रिय कार्यालयका प्रमुख अफिसर हेमन्त दवाडी हुन् । एन आर एन ए केन्द्रिय कार्यालयका प्रमुख दवाडीले आफ्नै साली संगिता अवालेलाई आफ्नो डेपुटी राखेका छन् । एन आर एनएको हरेक ठेक्कापट्टा, बिल भर्पाई बनाउने काम यिनै अवालेले गर्छिन् । भिनाजुले सहि गरिदिने र मिलाउने गर्छन् ।

भ्रस्टाचारको अर्को झन चाखलाग्दो पाटो छ । एन आर एन एको बिल भर्पाई छाप्ने काम ललितपुरपुरको मंगलबजारबाट हुन्छ । जुनसुकै सामानको किनबिच गरेको बिल सधैं मंगलबजारबाट । के एन आर एन एले खरिद गर्ने सधैं र सबै समान मंगलबजारबाट मात्रै हुन्छ त ? त्यसको अर्थ के भने मंगलबजारस्थित कुनै प्रेसबाट नक्कली बिल बनाएर ल्याइन्छ र एन आर एन एमा बुझाएर खर्च देखाइन्छ । बिलामात्रै देखाएर रकम झ्वाम पारिन्छ ।

एन आर एन एको सचिवालयमा २३ वटा बैंक खाता छन् । कुन विषयमा कहाँ खर्च भयो ? बिल अनुसारको सामान आयो कि आएन कसैले जाँच गर्दैन । त्यसैले अधिकांश बिल नक्कली बुझाइन्छ ।

त्यसो त, प्रमुख अफिसर दवाडीलाई पाँच लाख सम्म स्वबिबेकले खर्च गर्ने अधिकार दिईएकोछ । त्यसको अर्थ मनपरि खर्च गर्ने भन्ने हुँदै होइन । त्यसरि पाँच लाख के के मा कसरि खर्च भयो भन्ने कसैले क्रसजाँच गर्दैन ।

एन आर एनले गाडी किन्ने, भवन बनाउने जस्ता विभिन्न काममा खर्च गर्छ । त्यसमा टेण्डर सिस्टम छैन । पहुँचवाला कर्मचारीले मिलाएर आफ्नैलाई महँगोमा दिन्छन् र त्यहाँपनि बाँडिचुँडि खाइन्छ । सार्वजनिक टेण्डर आव्हान गरेमा सस्तो र राम्रो कम्पनीले प्रस्ताव गर्न सक्छ । तर त्यसो गरेमा पहुँचवालाका आफन्ले खान पाउन्नन् । त्यसैले भित्रभित्रै मिलाएर आफ्नैलाई दिईन्छ ।

हेमन्त दवाडीलाई अध्यक्ष भवन भट्टले अफिसरमा नियुक्त गरेका थिए । भवन भट्ट रहुन्जेल उनले कसैलाई टेर्ने कुरै भएन । नियुक्त भट्टले गरेपनि सचिवालको रकम मिलाइ मिलाई खाने प्रचलन भने पहिलेदेखिनै चलेको एक केन्द्रिय सदस्यले बताए ।

हरेक दुई वर्षमा नयाँ अध्यक्ष निर्वाचित हुन्छ । नयाँ अध्यक्ष बन्नासाथ कर्मचरीबाट चाकरी शुरु भैहाल्छ । अध्यक्षपनि बिदेश बस्ने हुन्छन् । नेपाल जाने आक्कल झुक्कल हो । नेपाल जाँदापनि उनीहरु ब्यस्त हुन्छन् र थोरै समय मात्रै सचिवालयमा बिताउँछन् । नयाँ अध्यक्षलाई पट्याएपछि कर्मचारीको उद्देश्य फत्ते भयो ।

एन आर एन ए केन्द्रिय स्रोतका अनुसार गत चौध वर्षदेखि एनआरएनए को काठमाडौंस्थित दर्जनौं कर्मचारीले हरेक अन्तर्राष्ट्रिय अधिबेशनमा भत्ता शिर्षकमा एक एक महिनाको थप रकम बुझ्छन् । अर्थात अन्तर्राष्ट्रिय अधिबेशन भएको महिना सबैले दोब्बर तलब बुझ्छन् । मासिक तबल बराबरको रकम भने उनीहरुले भत्ताका नाममा लिने गरेका छन् । यो रकम उनीहरुले सन् २००६ देखि निरन्तर लिईरहेका छन् । तर यसरि कर्मचारीले दोब्बर रकम लिनेबारे केन्द्रिय तहबाट कहिँ कतै र कहिल्यैपनि कुनै निर्णय भएको छैन । कर्मचारीहरुलेनै आफू खुशि यो निर्णय गरेका हुन् ।

त्यति मात्रै कहाँ हो र ? महाँगि भत्ता छ, कर्मचारीहरुलाई । एन आर एन ए काममा बाहिर जिल्ल्ला जाँदा टिएडिए लिने गर्छन् । देश बिदेश घुम्दापनि टिए डिए लिने गरिन्छ । वर्षमा एक पटक हुने हो अन्तर्राष्ट्रिय सम्मेलन एन आर एनएको । अरु बेला कर्मचारीको खासै काम हुन्न । अलि बढि काम यहि एक महिना हुन्छ । वर्षमा एक पटक एक महिना ब्यस्त हुँदापनि दोब्बार तलब लिन्छन् । एन आर एन सामाजिक संस्था हो । तर यहाँ त एन जि ओमा भन्दा धेरै लूट छ, कर्मचारीको । तर नियन्त्रण गर्ने कसले ?

एन आर एन ए सानो र थोरै देशमा सिमित हुँदा बजेटपनि सानो थियो । पहिले एक डेढ करोडको बजेट हुन्थ्यो । घोटालापनि कम हुनेभयो । सानो रकम भएकाले घोटाला हुँदापनि थाहै हुन्थेन । शेष घलेको कार्यकालसम्म आइपुग्दा एन आर एन ए निकै ब्रिहद बनिसकेको थियो । घले नेत्रित्वमा आएपछि बजेटपनि लगभग अरबको भयो । जति बजेट बढ्यो उतिनै घोटाला हुनथाल्यो ।

मालपोत कार्यालय भन्दा बढि एन आर एन एको केन्द्रिय कार्यालयमा भ्रस्टाचार भएको केन्द्रिय सदस्यहरुनै बताउँछन् । तर कसैले हाकाहाकी मुख खोल्दैन । ‘आ दुई वर्ष त हो, कर्मचारीले असहयोग गरेभने के गर्नु ? म मात्रै के छुच्चो हुनु ?’ भन्ने मानसिकताले अहिलेसम्म काम गरिरहेको छ र कर्मचारी भ्रस्ट बनिरहेका छन् ।

(अहिले नयाँ समितिले के गरिरहेको छ ? गत विश्व सम्मेलनमा बजेट प्रस्तुत कस्तो थियो ? कुन कुन शिर्षकमा कति थियो ? कस्ता छन् सचिवालका मुख्य कर्मचारी ? अर्को लेखमा हेर्नुहोला)

तपाइँको प्रतिक्रिया