एन आर ए निर्वाचनमा यस्तो भएको थियो पद, पैसा र राजनितिक खेल

(एन आर एन एको केन्द्रिय प्रवक्तामा नियुक्त हुन लागेका डिबी क्षेत्री नेकपा अध्यक्ष प्रचण्डसित, एन आर एन ए केन्द्रिय निर्वाचनका क्रममा)

युएई । निकै विवादका बिच सम्पन्न भयो गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन । मतदाता त भएनै, उम्मेदवारहरु समेत किनबेच भएको चर्चा खुबै चल्यो । अहिले बिस्तारै उमेदवार र अझै महत्वपूर्ण पद एन आर एन ए को प्रवक्ता पद किनबेच भएको खुलासा भएको छ । भोलि हुने एन आर एन को केन्द्रिय पदाधिकारी बैठकमा प्रवक्ताको पदबारे एजेण्डानै छैन । तर केन्द्रिय पदाधिकारीहरुले अध्यक्ष कुमार पन्तले मध्येपूर्वका एक मेनपावर संचालन गरेर ठगि गर्दै आएको आरोप लागेका ब्यक्तिलाई प्रवक्त बनाउने प्रस्ताब जबर्जस्ति लैजान लागेको आरोप लगाएका छन् ।

केन्द्रिय पदाधिकारीको बैठकको पूर्व सन्ध्यामा मध्यपूर्वमा बसेर नेपालीहरुलाई असहयोग गर्ने, दुख दिने, श्रम शोषण गरेर बदनाम भएका टिबी क्षेत्रीलाई प्रवक्ता बनाउने निर्णय गरेको भन्दै पदाधिकारी बैठकमै चर्काचर्की हुने अवस्था स्रिजना भएको छ । प्रवक्ता नियुक्त गर्ने निर्णय् आध्यक्षको भएकाले पदाधिकारीले अध्यक्ष कुमार पन्तलाई पेल्न सक्ने अवस्था त छैन । तर मधपूर्वमा बसेर मेन पावर चलाउँदै नेपालीको श्रम शोषण गर्ने, ठग्ने र मेन पावरका नाममा बदनाम भएकालाई एन आर एन एको प्रवक्ता जस्तो पदमा ल्याउन लागेको भन्दै पदाधिकारीहरु भित्र भित्रै कुमार पन्तसित रुष्ट बनेका छन् ।

तर डिबी कार्कीलाई कुनै महत्वपूर्ण पद दिने भन्दै नेकपाको भोट तान्न सहमति गरेकाले उनलाई प्रवक्ता पद दिन कुमार पन्त नैतिक अप्ठेरोमा परेको बताइन्छ । डिबी क्षेत्रीले नेकपाको भोट तान्ने शर्तमा सिधै नेकपा अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) मार्फत् डिल गरेकाले पदाधिकारीहरुले जति बिरोध गरेपनि बिना एजेण्डा कुमार पन्तले भोली हुने एन आर एन एको पदाधिकारी बैठकमा क्षेत्रीलाइ प्रबक्ताको प्रस्ताब गर्न लागेको भन्दै बिरोध् गरेका छन् ।

त्यसो त, गत अक्टोवर १५ देखी १७ सम्म काठमाण्डौंमा भएको विश्व सम्मेलनमा कांग्रेस र कम्युनिष्ट बीच ध्रुवीकरण हुदाँ राजनैतिक दलको महाअधिवेशनको छनक स्पष्ठ देखिएको थियो ।

नेपाली कांग्रेसका उम्मेदवार कुल आचार्य र कुमार पन्त बीच भएको भिडन्तलाई फाइदा लिदैं उम्मेदवारी घोषणा गरेर पदलाई जुवाको खालमा राखिएको भेटिएको छ ।

गैरआवासीय नेपाली संघको निर्वाचन आउनु अघि यो पद र त्यो पदमा उम्मेदवारी दिन्छु भन्दै आर्थिक बार्गेनिङ गर्ने परम्परा पुरानै भएको एक एनआरएन नेताले वताए । तर आफू अल्पमतमा रहेको र बदनाम हुन नचाहेको भन्दै उनले विशेष आग्रहका साथ आफ्नो नाम उल्लेख नगरिदिने शर्त राखे ।

यस्तै नवौ महाधिवेशनमा समेत संघको महत्वपूर्ण पदको लागि उम्मेदवारी घोषणा गरेका केही उम्मेदवारहरुले आफ्नो उम्मेदवारी बिक्री गरेको आरोप लागेको छ । श्रमिकहरुको नेताको रुपमा दावी गर्ने  मध्यपूर्णमा कार्यरत एक नेता डिबी क्षेत्रीले आफ्नो उम्मेदवारी बिक्री गरेको चर्चापनि एन आर एनमा आलो छ । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको निकट मानिने क्षेत्रीले संघका अध्यक्षका प्रत्यासी कुल आचार्य र पन्त समूह दुवै पक्षबाट पैसा लिएर आफ्नो उम्मेदवारी त्याग गरेका थिए । उनी आफ्नो पद सुरक्षित गर्न एमाले नेता र खासगरि नेकपाका अध्यक्ष प्रचण्डकहाँ पटक पटक पुगेका थिए ।

क्षेत्रीले आचार्य समूहलाई मध्यपूर्वका मतदाताको भोटको ठेक्का लिदैं आर्थिक लाभ लिएका थिए भने पन्त समूहलार्ई प्यानल बनाउन सहयोग गर्दै आर्थिक लाभ लिएको आरोप लागेको छ । यसरि आर्थिक लाभ बैंकको चेकबाट हस्तान्तरण गरिएको थियो । ‘हाम्रै अगाडि ३० लाखको चेक काटिएको हो । अप्ठेरो पर्‍यो तपाईलाई भने चेक नम्बरनै उपलब्ध गराउँला’ एन आर एन एको निर्वाचन द्विपक्षिय डिलमा सहभागि एक नेताले नेपालप्लसलाई आस्वस्त पारे ।

स्रोतका अनुसार महासचिवको पदको लागि उम्मेदवारी घोषणा गरेका क्षेत्रीले शुरुमा संघको भावि प्रवक्ता सहित ५० लाख रुपैयाँ माग गरेका थिए ।  तर त्यो पूरा गर्न राजि नभएपछि निर्वतमान सचिव पदमा रहेका क्षेत्री ३० लाख लिएर चित्त बुझाउन राजि भए । त्यति रकम पाएपछि क्षेत्री एक तह तल्लो पद प्रवक्तामा बस्न राजी भएका हुन् । तर एन आर एन एका अध्यक्ष कुमार पन्तले भने यो लेनदेनलाई अस्विकार गरे ।

नेकपासितको समझदारीका कारण अध्यक्ष कुमार पन्तले क्षेत्रीलाई प्रवक्ता बनाउन राजि भएका हुन् । यो प्रस्ताब भोलीको एन आर एन एको केन्द्रिय पदाधिकारी बैठकमा उठ्दै छ । एजेण्डा नभएपनि अध्यक्ष कुमार पन्तले जबर्जस्ति यो एजेण्डा घुसाउन लागेको दुई केन्द्रिय नेताले नेपालप्लसलाई बताए ।

यस्तै गत महिना सम्पन्न संघको निर्वाचनमा कोषाध्यक्षका उम्मेदवार सोम सापकोटाले समेत आर्थिक लाभ लिएर पद बेचेको चर्चा गैरआवासीय नेपाली बृतमा रहेको छ । निर्वतमान अध्यक्ष भवन भट्ट निकट उम्मेदवार सुदन थापालाई जिताउने उद्देश्यले उम्मेदवारी घोषणा गरेका सापकोटाले तीन समूहबाट पैसाँ असुलेको वताइछ ।  तर यसको स्वतन्त्र पुष्टि हुन भने गाह्रो छ ।

कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठसंग निर्वाचनमा लज्जास्पद हार हुने देखेपछि सापकोटालैऐ सल्लाहकार बनाउने प्रस्ताब गरिएको थियो । सल्लाहकार पदमा चित्त बुझाउन राजी भएको चर्चा त्यो बेला चलेको थियो । नभन्दै पछि सापकोटा सल्लाहकारमा नियुक्त भए ।  सापकोटाले निर्वतमान अध्यक्ष भवन भट्टको परामर्श पछि १६ लाख रुपैयाँ हात पारेर आफ्नो उम्मेदवारी फिर्ता लिएको आरोपपनि लागेको छ । सापकोटालाई अहिले गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको सल्लाहकार नियुक्ती गरिएको छ । डेनमार्कबाट बसाई छोडेर बेलायत बसाई सरेका उनले संघको अधिवेशनमा भने माल्टाबाट प्रतिनिधीको रुपमा नाम दर्ता गरेका थिए ।

तपाइँको प्रतिक्रिया