एन आर एन एको आर्थिक पाटो अपारदर्शी

-नब राज रोस्यारा / जर्मनी

आदरणिय गैर आवासीय नेपाली दिदी बहिनी तथा दाजुहरु,

गैर आवासिय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनका गत केही दिनहरु (१५-१७ अक्टोबर) को यो छोटो सम्मेलनको अबधीभर  धेरैनै  उतार चढावहरु देखिए। डेलिगेटस रजिस्त्ट्रेसनको पट्यार लाग्दो झमेला, उमेद्बारहरुको तामझाम र नारा जुलुस सहितको प्रचार शैली, मतदाता किनबेच र पैसाको असीमित चलखेल, सामाजिक संस्थामा भित्रिएको पार्टिगत गुटबन्दी, पुर्व परीक्षण र तयारी बिना भोटिङ मेसिनको प्रोयोग, भोटिङ मेसिनले काम नगरेमा के गर्ने ? भन्ने बैकल्पिक उपाय बिना नै निर्वाचन सम्पन्न गर्न खोज्ने निर्वाचन आयोगको दुस्शाहस र निर्वाचन आयोगले पटक पटक निर्वाचन स्थगित गरेर देखाएको लाचारीपनले हाम्रो संस्थाको मान मर्यादालाई रसातलमै पुर्याएको आभास सबैले गरे।

 

निर्वाचन स्थलमा भित्र सिविल प्रहरी र आबस्यक परेमा ब्याक-अपको रुपमा मात्र दंगा प्रहरी परिचालन गरिनु पर्ने थियो । तर सबै तिर दंगा प्रहरीहरु परिचालन भए । संघका मतदताहरु निर्वाचनको लाईनमा लागीरहेको बेला होस या डेलिगेट्सहरु प्राङणमा बसेर कुरा गरी रहेको बेला होस, दंगा प्रहरीहरुले र सेक्युरिटीले देखाएको व्यबहार कदापी सह्य थिएन । अहिले आएर कुनै अमुक निवर्तमान पदाधिकारीलाई आरोप लाउने भन्दा पनि निवर्तमान अद्यक्ष भावन भट्टज्युको टिमले यस्को नैतीक जिम्मेबारी लिनु पर्दछ । र आगामी दिनमा कुनै पनि हिसाबले यसो हुन नदिने कुराको सुनिस्चित गरिनु पर्दछ ।

त्यस्तै, हामी उमेद्बारहरुले पनि निर्वाचन आयोगको कमजोरी र अपूर्ण तयारीको फाईदा उठाउँदै हो-हल्ला गरेर बातावरणलाई झन उत्तेजित पार्‍यौं । त्यसमा निर्वाचन प्रकृया लाई नै असफल पार्ने प्रयासहरु गरी रह्यौ । “बिदेशमा हामीले राम्रा कुराहरु सिकेका छौं, सभ्यता र संस्कारको पाठ पढेका छौं । त्यसैले हाम्रा कुराहरु नेपालमा पनि सिकाउदै लागु गराउछौं ।” यस्तो मान्यता बोकेका हामी गैर आवासिय नेपालीहरुले क्षणीक आवेगमा आएर “सामाजिक संस्थाको निर्वाचन स्थलमा” हो-हल्ला, नारा जुलुस गर्दा हामी आँफै नाँगीरहेका थियौ भन्ने कुरा तर्फ हाम्रो ध्यान जान सकेन ।

उमेदवारहरुको प्रचार शैली, उग्र नारा जुलुसले पनि हाम्रो अभद्रतालाई पुष्टी गरीरहेको थियो। हामी सबैलाई थाहा छ:  संघको  निर्वाचन कसैले कसै माथी बिजय गर्नलाई गरिएको  होइन ।  यो त केबल “कुन ब्यक्ती लाई यसपाली सामाजिक सेवाको नेत्रित्व गर्ने जिम्मा दिने, कुन ब्यक्ती लाई अर्को पटक?” भन्ने बिषयको टुंङो लागाउने प्रकृया मात्र हो । तर पनि हरेक उमेद्बारले अर्को हरेक उमेद्बार संग “मिलेर भोट साटासाट गरौं” भन्दै  सम्झौता गर्छ । तर व्यबहारमा आफु मात्र कसरी जित्न सकिन्छ ? भनेर सबै किसमका मुल्य मान्यतालाई त्यागेर ट्याक्टिस बनाउँदै जान्छ। निर्वाचनको दौरान एक उमेद्बारले अर्को उमेद्बार सँग गरेको झुटको खेती र सम्झौताको अबलोकन गर्दा प्रस्ट हुन्छकी उस्ले आफ्ना साथी-भाई, सह-यात्राी, आफ्नो समाज, देश, सन्स्क्रिती सबै बिर्सिरहेको थियो ।

यसले अन्तमा राम्रो सक्षम र सबल उमेद्बारले भन्दा पनि सबै भन्दा बढी चतुर्यायी र सबै भन्दा झुटको खेती गर्न जान्ने र सबै भन्दा बढी पैसा खर्च गरेर आम मतदातालाई किन्न सक्ने क्षमताको ब्यक्तीले मात्र संघको निर्वाचन जित्ने अवस्था हामी उमेदबारहरुले आँफै सिर्जना गर्यौं । निर्वाचन सम्पन्न भइसकेपछीको अहिलेको अवस्थामा अहिले उमेदबार बनेकाहरु र निर्वाचनमा उमेद्बार जिताउन लागेकाहरु बीच कसैको कसै प्रती न त विश्वाश छ न त सम्मान र अदारभाव नै । हामी सबै उमेद्बारहरु र निर्वाचन जिताउन लागेका अग्रणी ब्यक्तीहरु अहिले एक अर्काका शत्रु र कपटी बनेका छौं । एउटा उमेद्बारले अर्कोलाई मन देखीनै गाली मात्र गरी रहेको छ र हामी एकअर्कालाई सरापी मात्र रहेका छौं अहिले।

जित्नेले खुलेर मैले साच्चीकै जितेको हो भनेर गर्व गर्न सकेको छैन। हार्ने ले मेरो पक्षको मत साच्चिकै कम भएको हो भनेर हार स्विकार गर्न सकेको छैन। नितान्त मात्रिभुमी प्रतीको भावनाले ओतप्रेत भएका आत्माहरुको डोनेसनले चल्ने संस्था हो,गैर अवासिय नेपालीहरुको अभियान । कसैले आफ्नो खल्तीमा पैसा भए पनि त्यत्तिकै फाल्न लाई झिक्दैन। डोनेसन दिने र उठाउने काम तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक हुन्छौं र  जब हामीलाई डोनेसन लिने संस्थाले केही गर्न खोजेको छ भन्ने अभास हुन्छ ।

तर गैर आवासिय नेपाली संघका पछील्ला कृयाकलापहरु कदापी सिर्जनात्मक छैनन् । हरेक गैर आवासिय नेपालीको कम्तीमा एक डलर भवन निर्माणमा खर्च हुनु पर्छ भन्ने सेन्टिमेन्टल नारा लगाएर उठाएको पैसाबाट निर्माणाधिन एनआरएन भवन जग्गा खरिद बिवादमा पर्नु, निर्वाचनको पुर्व सन्ध्यामा आएर संस्था १६-१७ करोडको रिणमा रहेको कुरा सार्वजनिक हुनुले संस्थाका आर्थिक गतिबिधीहरु पूर्ण पारदर्शी छैनन भन्ने कुराको पुस्टी गरीरहेको छ। यो अवस्थामा आगामी दिन्मा हामी कसरी मिलेर काम गर्न सक्छौ भन्ने ठुलो चुनौती छ । त्यो चुनौती अग्लो पहाड जस्तै हाम्रो सामु ठिंग उभिएको छ।

यि सबै कुराको बावजुद एनआरएनएका पुर्व अध्यक्षहरु रहेको अद्यक्ष मन्डलले निकैनै संयमित भएर काम गरेको देखियो । उहाँहरुले चुनाव सम्पन्न नभए संस्थाको अस्तित्व नै खतरामा पर्ने कुरालाई आत्मसात गर्दै रातारात मतपत्र छापेर अर्को दिन मतदान सम्पन्न गराए । मत गणनामा आउने सम्भाबित बिबादहरुलाई ध्यानमा राखेर आँफै मतगणना अबधीबर आँफै बसेर त्यस्को निरिक्षण गर्ने निर्णय लिए।

प्रक्रितीले आकाशबाट पानी खसालेर निथ्रुक्क भिजाउँदा होस वा निर्वाचन आयोगले पटक पटक निर्वाचनको कार्यतलिका परिवर्तन गरेर जिस्क्याइरहदा होस्,  “म जसरी पनि भोट हालेर मात्र आफ्नो कर्मा भुमी फर्किन्छु” भन्ने संघका आम डेलिगेट्सहरुको भित्रै देखिको प्रतीवद्दता र हो-हल्लाका बाबजुद “भोट हाल्न  लाइन बसेर” टसको मस नहुने आम महिला तथा पुरुष डेलिगेट्सहरुको अदम्य शाहसले पनि निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्यो । र निर्वाचन कमिटी लाई निर्वाचन सम्पन्न गराउन बाध्य तुल्यायो ।

यसरी चुनाव नै नभएर संघ बिगठन तिरपो लम्किने हो कि भन्ने चिन्ताका बीच हस्त लिखित प्रबिधीको मतदानबाट निर्वाचन सम्पन्न भएर नयाँ नेत्रित्व चयन भएको छ। निर्वाचनमा दु:ख कस्ट भोगेर पनि प्रतक्ष वा परोक्ष रुपमा (संघको सदस्यता लिएर डेलिगेट्स छान्नको सहयोग पुर्याउने सदस्यज्युहरु) मतदान गर्नु हुने आम गैर अबासिय नेपालीहरुप्रती म धन्यवाद ब्यक्त गर्न चाहन्छु।

निर्वाचनमा युरोप उप-सन्योजकको जिम्मेवारी पाउनलाई मलाई १४ मत पुगेनब्। निर्वाचनमा मलाई मत खसालेर युरोप सन्योजक जस्तो महत्वपूर्ण जिम्मेवारी  सुम्पिन खोज्नु हुने सबै अत्मिय दिदी बहिनी तथा दाजु भाईहरु र  निर्वाचनको दौरान शुभकामना दिनु हुने प्रतक्ष र परोक्ष रुपमा सहयोग गर्नु हुने सबै प्रियजनहरु प्रती  हार्दिक अभार तथा धन्यबाद ब्यक्त गर्दछु । त्यसबाहेक निर्वाचन सम्पन्न गराउनको लागि महत्वपूर्ण भूमिका खेल्नु हुने प्राबिधीक पक्षका मित्रहरु, अद्यक्ष मन्डल, निर्वाचन आयोग, प्रहरीहरु, कर्मचारीहरु लगायत सबै आयोजक टिमलाई पनि धन्यवाद ब्यक्त गर्न चाहन्छु ।

अन्तमा,
निर्वाचनको मध्यमबाट गैर अबासिय नेपाली संघको जिम्मेवारी पाउनु हुने अद्यक्ष कुमार पन्त लगायतको सम्पूर्ण टिम अर्ध बधाईको पात्र हुनुहुन्छ । संघमा हाल बिद्यमान बिक्रितीहरु हटाउनुको साथै निर्वाचन पुर्व र बिजय पछी एक पक्षले अर्को पक्षमाथी बिजय हासिल गरेको अभास गराउने किसमका ब्यक्ती ब्यक्तीको पक्षमा देखिने नाराजुलुसहरुलाई बन्देज लगाएर हार्ने र जित्ने सबै पक्ष एक भएर जाने बातावरण बनाउनमा निर्णयक भूमिका खेल्नु भएमा मात्र यहाँ पूर्ण बधाईको पात्र हुनु हुनेछ। त्यसैले यहाँहरुका पाइलाहरु पूर्ण बधाईको पात्र बन्ने तर्फ लम्कीरहुन भन्ने शुभकामना दिन चाहन्छु ।
(रोस्यारा एन आर एन ए जर्मनीका पूर्व अध्यक्ष हुन् । उनी गत एन आर एन ए निर्वाचनमा युरोप उपसंयोजक पदका उमेदवार थिए । यो लेख उनको फेसबूकबाट लिएको हो ।

(रोस्यारा एन आर एन ए जर्मनीका पूर्व अध्यक्ष हुन् । उनी गत एन आर एन ए निर्वाचनमा युरोप उपसंयोजक पदका उमेदवार थिए । यो लेख उनको फेसबूकबाट लिएको हो ।

तपाइँको प्रतिक्रिया