दिङबोचे गाउँको परम्परा

-हरि थापा

सगरमाथाको काखमा रहेको सुन्दर गाउँ दिङबोचेले आफ्नो परम्परालाई जीवित राखेको छ । वरिपरि प्रशिद्ध र सुन्दर हिमालहरुले घेरिएको पर्यटकीय गाउँमा अगष्ट–सेप्टेम्बरको लगभग दुई महिना अवधिमा कोही मानिस पनि बस्दैनन् । डुम्जी पर्व मनाइसकेपछि यहाँका वासिन्दा आफूलाई अनुकुल हुने ठाउँमा जान्छन् । गाउँका कुनै पनि घरको धुरीबाट धुवाँ निस्कनु हुँदैन। यहाँका सबै लज र होटलहरु पनि यो अवधिमा बन्द हुन्छन् । पालो अनुसार व्यक्तिहरुले गाउँको रेखदेख गर्छन र आवतजावत गर्ने मानिसहरुलाई आगो सम्बन्धी जानकारी गराउँछन् ।

समृद्धितिर अग्रसर गाउँका वासिन्दाले आफ्नो परम्परा र संस्कृतिलाई अझै मजबुत र व्यवस्थित बनाउँदै लगेको देख्दा मनमा आनन्द आउँछ ।

(स्रोत-थापाको फेसबूक)

तपाइँको प्रतिक्रिया