एन आर एन केन्द्रिय महासचिवमा दिए शर्माले फरक ढंगले उम्मेदवारी

आगामी अक्टोबरमा एन आर एन ए केन्द्रिय समितिकालागि निर्वाचन हुँदै छ । यो निर्वाचनकालागि केहि महिनादेखि दौडधुप चलेको छ । उम्मेदवारहरु केहि मैदानमा उत्रिसकेका छन् । केहि उम्मेदवारी घोषणा गर्नुअघि जोडघटाउमा लागेका छन् । कोहि बहाना खोज्दै छन् उमेदवार बन्न त कोहि छहारीको खोजिमा लागेका छन् । यहि मेसोमा एन आर एन एको केन्द्रिय निर्वाचनमा बेलायत निवासी डा हेम शर्मापनि उत्रिएका हुन् । उनले अरु भन्दा फरक ढंगले उम्मेदवारी दिएका छन् । केहि दिन अघि मात्रै सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरेका उनले आफ्नो सम्पूर्ण बिवरण सार्वजनिक गरिदिएका छन् ।

(१५ फर्वरी २००९ मा पेरिसमा भएको एन आर एन ए फ्रान्सको ब्रिहद भेलामा खिचिएको तस्विर)

(आफू को हुँ मतदाता र सदस्यहरुले चिनुन् भनेर उनले आफ्ना बारेमा सार्वजनिक गरेको बिवरण)

आफूले उमेदवारी घोषणा गर्नुको औचित्यबारे उनले केहि समयको अन्तरालमा खुलाउँदै आएका हुन् । पछिल्लो समयमा आफ्नो ब्यक्तिगत बिवरण खुलाउनुको कारण प्रस्ट पार्दै डा हेम शर्माले उल्लेख गरेका छन् ‘लाखौ गैरआवासीय नेपालीहरुको नेतृत्व गर्न मैदानमा आएका उम्मेदबारका बारे मतदाताहरुले जानकारी पाउन जरुरी छ भन्ने सोचले मेरो ब्यक्तिगत विवरण प्रस्तुत गरेको छु ।’  एन आर एन ए को बिधीबिधान अनुसार उम्मेदवारहरुले आफ्नो ब्यक्तिगत बिवरण खुलाउनै पर्छ भन्ने बाध्यता त छैन । तर मतदाताले आफूले मत दिने उम्मेदवार कस्तो हो, कति क्षमताको हो भन्ने बुझुन् र आफ्नो नेत्रित्वकर्ता सहि छानियोस् भनेर सजिलो बनाइदिएका हुन् ।

डा शर्मालाई गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) को अभियानमा लागेका वा एन आर एन एका विषयमा चासो राख्नेहरुका लागि चिनाईरहनु पर्दैन । एन आर एन को केन्द्रिय तहको अभियान, यसको संरचना, निर्माण र यसलाई स्थापित गराउने केहि खम्बा मध्येका एक हुन् । बेलायतको लिभरपूलस्थित एक विश्व विध्यालयमा भौतिक शास्त्रमा अध्यापन गराउने उनको अनुसन्धान अर्को क्षेत्र हो ।

एन आर एन एको जन्मकालदेखिनै उनी यसलाई स्थापित गराउन लागिरहेका ब्यक्तिमा पर्छन् । एन आर एन ए को बिधान निर्माण, संरचना गठन, सम्मेलनहरुलाई अर्थपूर्णरुपमा उचाईमा लैजान उनले आफ्नो सक्रियता र बौद्दिक ज्ञान दुबै खर्चेका हुन् । एन आर एन एको अभियानलाई पर्दा पछाडी बसेर सफलतामा पुर्‍याउने ब्यक्तिका रुपमापनि चिनिन्छन् उनी ।

मिठो बोल्ने, बिना ज्ञान, तर्क र बहसमा नउत्रिने, बेकारका बिवादबाट बचेर हिँड्ने तर भित्रभित्रै रचनात्मक काम गरिरहने पात्रकारुपमापनि उनको नाम लिने गरिन्छ । एन आर एन ए को केन्द्रिय अध्यक्षमा जिवा लामीछाने हुँदा यिनै हेम शर्मा एन आर एन एको प्रवक्ता थिए । जिवा लामिछानेको कार्यकाललाई सफल बनाउनपनि डा शर्माको भूमिका रहेको चर्चा एन आर एन ए भित्र हुनेगर्छ । गत साल नेपालमा भएको बिज्ञहरुको सम्मेलन गराउने डिजाइनकर्तापनि शर्मा हुन भनेर एन आर एन ए भित्र चर्चा गरिन्छ ।

एन आर एन ए केन्द्र र एनसिसि को पदकालागिपनि विश्वभर मारमुंग्री चलिरहेका बेला डा शर्मा कुनै पदमा नबसि काम गरिरहेका थिए । क्षेत्रिय सम्मेलनहरुमा पुग्थे । ति सम्मेलनहरुमा हुने छलफलका विषय र एन आर एनका भविष्यका कार्यक्रम, नितिनिर्माणमा उनी भित्रि तबरले काम गरिरहन्थे । अघिल्ला वर्षहरुमै उनलाई केन्द्रिय तहका पदमा उम्मेदवारी दिन धेरैले सुझाव र करबल गर्दै आएपनि उनले अस्विकार गर्दै आएका हुन् । एन आर एन ए अभियन्ता र विश्वभरि उनलाई चिनेका एन आर एन सदस्यहरुको आग्रहलाई अनादार गर्न नचाहेर उनी यो पटक महासचिवको पदमा उत्रिएको उनका निकटहरु बताउँछन् ।

एन आर एन एको ईतिहासमा नैतिक जिम्मेवारीमा रहने ब्यक्तिका रुपमापनि उनको चर्चा गरिन्छ । उनी  गैह्र आवासीय नेपाली संघको विधान समितिको सदस्य थिए । महासचिवको पदमा उम्मेदवारी दिने निर्णय गरेपछि उनले त्यस पदबाट राजिनामा दिए । बिधानलाई प्रभावित नपारेपनि त्यसको संभावना र शंका नरहोस् भनेर उनले राजिनामा दिएर स्वतन्त्र रहने देखाए ।

डा उपेन्द्र महतो संस्थापक अध्यक्ष हुँदा देखिनै एन आर एन एमा सक्रिय थिए डा शर्मा । त्यसपछि हरेक केन्द्रिय पदाधिकारीसित उनले निकट रहेर काम गरेका छन् । त्यसैले एन आर एन एका केन्द्रिय तहका पूर्व नेत्रित्वकर्तासितपनि उनले संवन्ध निकट बनाएका छन् । एन आर एन एका धेरै देशका कार्यक्रममा उपस्थिति जनाएकालेपनि उनलाई धेरैले चिन्छन् । ति देशहरुमा उनले धेरै सहयोगी बनाएका छन् । क्षेत्रिय भेला भएका मूलुकमा आयोजकका तर्फबाट गर्नुपर्ने तयारिमासमेत उनले भित्रि रुपमा सहयोग पुर्‍याएकाले उनी महासचिवका बलिया उम्मेदवार हुन् ।

(नेपालप्लस एन आर एन ए को आगामी निर्वाचन र यसका मुद्दामा केन्द्रित रहने छ, हेर्दै गर्नुहोला)

तपाइँको प्रतिक्रिया