फ्रान्सका पूर्वमन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी

फ्रान्सका पूर्वउद्योगमन्त्री पाथ्रिक देभेजँको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ ।

कोरोनाको संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएका उनको आइतबार बिहान पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो । उनी ओत द सेन प्रान्तका क्षेत्रीय विकास सल्लाहकारसमेत थिए ।

निकोलस सार्कोजी र ज्याक सिराक दुवै राष्ट्रपति रहेको बेला उनी मन्त्री थिए ।

देभेजँले शुक्रबार आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको भन्दै चिकित्सकहरूलाई धन्यावाद दिएर सामाजिक सञ्‍जाल ट्विटरमा लेखेका थिए । तर, शनिबार साँझ उनको स्वास्थ्यमा एक्कासि खराबी देखिएको थियो ।

७१ वर्षीय पाथ्रिक देभेजँले सामाजिक सञ्जाल ट्विटरमा आफू छिट्टै निको भई फर्किएर काममा लाग्‍ने उल्लेख गरेका थिए ।

(साभार- कान्तिपुर अनलाईन, प्रकाशित : चैत्र १६, २०७६ १७:४३)

तपाइँको प्रतिक्रिया