अमेरिका निवासी नेपालीले अफ्रिका पुगेर रक्तदान

अनौठो लाग्न सक्छ, अमेरिका बस्ने नेपालीले अफ्रिकी मुलुक पुगेर रक्तदान गरेको सुन्दा । तर यो सहि हो । अमेरिका बस्ने एक नेपाली अफ्रिकी मुलुक युगान्डा पुगेर रक्तदान गरेका छन् । अरुलाईपनि रक्तदानमा सरिक गराएका छन् । उनी हुन्, अर्जुन प्रसाद मैनाली ।

रक्तदान जिवनदान भन्दै रक्तदान गर्न अरुलाई प्रेरित गर्ने, रक्तदान गर्ने अभियाननै चलाएका तिनै नेपाली हुन् गुरुप्रसाद मैनाली जो रक्तदान गर्न युगाण्डा पुगे । एन आर एन युगाण्डाले कम्पालामा आयोजना गरेको रक्तदान कार्यक्रममा आइतवार उनले रक्तदान त गरे नै, विशेष अतिथिसमेत बनेर अरुलाई रक्तदानका बारेमा महत्वपूर्ण कुरा सुनाए  ।

मैनाली रक्तदान अभियानका विशेष पात्र हुन् । उनले विश्वब्यापी रक्तदान कार्यक्रम चलाउँदै आएका छन् । उनले यस कार्यक्रममा एक सय ६१ औं पटक रक्तदान गरे । कार्यक्रममा बोल्दै  मैनालीले नेपालीहरुले अफ्रीकी मुलुकमा आएर आफ्नो पाखुरामा सुइ घुसारी प्लास्टिकको थैला भरी रगत दिनु चानचुने कुरा नभएको बिचार ब्यक्त गरे । जिबनमा कमसेकम एकपटक रक्तदान गर्न सबैलाई आग्रहपनि गरे ।

कार्यक्रमका  प्रमुख अतिथी ब्लड  बैंक युगान्डाका प्रमुख मुगिसा विलियम थिए । उनले युगान्डामा रहेका नेपालीहरुको यस मानबिय कार्यको लागि आभार ब्यक्त गरे ।

कार्यक्रममा एनआरएनए युगान्डाका अध्यक्ष राजमणी भन्डारी, पूर्व अध्यक्ष रमेश कँडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गङालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, प्रबक्ता कमल भट्ट लगायतले मन्तब्य राखेका थिए ।

एक सय एक जनाले रक्तदान गर्नु भएको उक्त कार्यक्रममा नेपाली, भारतिय, पाकिस्तानी, अरबेयिन र स्थानिय युगान्डाका नागरिकहरुलेसमेत गरि एक सय एक जनाले रक्तदान गरेका थिए ।

तपाइँको प्रतिक्रिया