एशियाली लामखुट्टे कसरि आइपुग्यो स्विजरल्याण्ड ?

एशियाबाट युरोपको स्विजरल्याण्ड करिब सात हजार पाँच सय किमी टाढा छ । यो बिचमा लाखौं हेक्टर जमिन, पहाड, पर्वत, समुद्र र बस्तिपनि छ । तर यति ठूलो भूगोल छिचोलेर एशियाको लामखुट्टे कसरि स्विजरल्याण्ड आइपुग्यो ? अचम्म र आश्चर्यजनक छ । हामीलाई अपत्यारिलो लागेपनि स्विस अधिकारीहरुले एशियाको टाईगर मस्किटो भन्ने लामखुट्टे स्विजरल्याण्डको जुरिच शहरमा फेला परेको दाबी गरेका छन् ।

स्विस अधिकारीहरुले यो लामखुट्टेको लार्भा, प्युसा र फुलहरु जुरिचको ओलिसोफेन क्षेत्रमा फेला पारेका हुन् । यो लामखुट्टेले जिका भाईरस फैलाउने उनीहरुको भनाई छ । यो लामखुट्टेका फुलहरु गएको जाडोयाममापनि नारेको दाबी स्विस अधिकारीहरुको छ ।

टाईगर मस्किटो फेला परेपछि यसबाट कसरि बच्ने, यो लामखुट्टेले टोकेको कसरि थाह पाउने भनेर स्विस प्रशासनले चेतनामूलक कार्यक्रममा स्थानियहरुलाई निम्त्याएको थियो । यो लामखुट्टेले डेंगु र चिङुन्या भन्ने रोग फैलाउने बताएका छन् । यो लामखुट्टे फेला पार्नेले कि त समाएर वा फोटो खिचेर भएपनि त्यहाँको स्वास्थ्य सेवा बिभागमा बुझाउन आग्रह गरिएको छ ।

यस अघि यो लामखुट्टे स्विजरल्याण्डको तिचिनो शहरको पूर्वी भागमा पर्ने ग्राउबुन्डेन् र बासेल क्षेत्रमापनि फेला परेको थियो । ईटालीमा भने यो सन् १९९० मै फेला परेको दाबी गरिएको छ । यस अघि फ्रान्स, जरनी, नेदरल्याण्ड्स र बेल्जियममापनि फेला परेको थियो ।

स्विस स्वास्थ्य विशेषज्ञहरुका अनुसार यो लामखुट्टे  दक्षिणपूर्वी एशियाबाट युरोप सरेको हो । त्यसमापनि अझ चिनबाट आएको भनाई उनीहरुको छ । गाडीको टायरमा लुकेर टाईगर मस्किटोका फूल र लार्भाहरु युरोप आएर फैलिएको दाबीपनि उनीहरुले गरेका छन् ।

तपाइँको प्रतिक्रिया