डेनमार्कमा पञ्चेबाजा घन्किएपछि ‘वान्स मोर वान्स मोर’
-प्रभात किरण / डेनमार्क
डेनमार्कको अत्यन्त व्यस्त सडक (वाकिङ स्ट्रिट) मा नेपालीहरुले हरेक वर्ष सगरमाथा दिवश र गणतन्त्र दिवश मनाउँछन् । खासै चर्चामा नरहेका यि पर्व यति धेरै मानिसले अवलोकन गर्छन भनेर सोच्ने कमै थिए । अझ अनौठो त के भयो भने निर्धारित दुई घन्टाको कार्यक्रममा एक चौथाई समय नेपाली बाजा समुहलाई छुट्याउँदा पनि दर्शक दिर्घाको धित मरेन । “वान्स मोर, वान्स मोर ” गुन्जिरह्यो ।
धेरै फोटा, भिडियो खिचियो । धेरै लाइभ भए । कति हो कति फिचर फोटो बने । बाजा टोलीको स्टेजको दृश्यमा भिडले ध्यान एकत्रित गर्यो ।
नेपाली राजदुतावास तथा डेनमार्कवासी सम्पुर्ण संघ संस्थाको आयोजनामा प्रत्येक वर्ष आयोजना हुने ऊक्त कार्यक्रममा गत सालनै नै नेपाली पन्चेवाजा टोलीको प्रस्तुतीले सबैको मन तानिसकेको थियो । ‘डेनमार्कमा हुनै प्राय सबै कार्यक्रममा हामीलाई बाजा बजाऊन अनुरोध आउँछ । ‘आज भोली त स्विडेन, वेल्जियम, फ्रान्सबाट पनि बिभिन्न कार्यक्रमहरु, पारिवारिक ऊत्सवहरु, वर्षगाँठ, जन्मोत्सव, बिहे आदिमा बाजाको लागि अनुरोध आऊन थालेको छ । माग धेरै हुनाले पञ्चेबाजा बजाउनेलाई समय मिलाऊनै गार्हो छ । काम पनि गर्नै पर्यो । मन लाग्दालाग्दै पनि सहभागि हुन नसक्दा मन अमिलो हुन्छ’ सहनाइ बादक शुरेश छन्त्याल भन्छन् ।
बाजा समूह डेनमार्कमा वाग्लुग, पर्वत, काभ्रेपलान्चोक, गोर्खादेखि पुर्व ताप्लेजुङ सम्मका यूवाहरु छन । पन्चेवाजाका लागि आउने वाही वाही र प्रशंसा त छँदै छ, संरचना र व्यवस्थापन तथा वाध्यवादकहरुको कथा ऊतिकै चाखलाग्दो छ । प्रवासको अति व्यस्त जीवन पद्दती । सबैलाई आफ्नै कामको चटारो । बजाउन जान्नेको फुर्सद हुँदैन । फुर्सद हुनेलाई बजाऊन आउँदैन । अझ भन्ने हो भने सहनाई, ट्याम्को, नरसिङ्गा र ढोलक बजाउनेहरु त झनै सिमित छन । सहनाइ त एक जना बाहेक कसैले बजाउनै जान्दैन ।
अझ अनौठो के छ भने पन्चेबाजा समुहमा कोही पनि नेपालमा बजाऊन सिकेर, जानेर आएका छैनन । अझ बढि नेपालमा पन्जेबाजा बजाऊने परम्परा बोकेका समुदायका एक जनापनि टोलीमा छैनन । सबै सदस्यहरुले आफैंले कोसिस गरेर सम्वन्धित बाजाहरु बजाऊन सिकेका हुन । युट्युव नै आफ्नो गुरु मानेका छन । चाँडैनै नेपालवाट सबै बाजाहरु बजाऊन जान्ने मान्छे झिकाएर बाजा सिक्न चाहनेहरुका लागि प्रशिक्षण दिने समुहको लक्ष्य रहेको ढोलकबाज जय न्यौपाने बताउँछन ।
सप्तान्तमा मुख्य बस्तिबाट टाढा उटा पार्कको डाँडामा बाजा समुहले बाजा बजाउने अभ्यास गर्छन । पार्कमा आएका मानिसहरुको अभ्यासस्थलमै भिड जमिहाल्छ । आजभोलि त ऊक्त ठाँऊको नामै “नेपाले डाँडो” बन्न पुगेको छ । पन्चेबाजा सुन्नकै लागि मानिसहरु ऊक्त ठाउँमा आईपुग्छन । संगितको भाषा हुँदैन भनेझैं पन्जेबाजामा ताल मिलाएर बजाएपछि जो कोही पनि नाँच्छन । पन्चेवाजाको विटनै नाचौं नाचौं लाग्ने हुन्छ’ ट्याम्कुलो वादक कृष्ण सुवेदी बताउँछन ।
विदेशीहरुको ध्यान आकषर्ण गर्न तथा नेपाललाई चिनाउन पन्चेबाजा अत्यन्त प्रभावकारि देखिएको अधिकांश नेपालीहरुको अनुभव छ । यसरी पर्यटन प्रवर्धनमा प्रभावकारी भूमिका खेलिरहेका पन्चेबाजाकै प्रवर्धन गर्नेतिर पर्यटन वोर्ड तथा नेपाल सरकारले खासै चासो राखेको पाईएन । सरोकारवालाहरुले यस्ता कुराहरुमा ध्यान दिन सके नेपाली परम्परागत मौलिक बाजाहरुको संरक्षण संवर्धन हुनुको साथसाथै भुल्दै गएको संस्कृतीपनि मौलाउँदै जाने थियो कि ?