एन आर एनलाई दोहोरो नागरिकता पक्का !

‘एक पटकको नेपाली सधैंको नेपाली’ गैह्र आवाशिय नेपालीको नारा हो यो । अर्थात् एक पटक नेपाली बनेको नेपालीले बिदेशमा आएर त्यो देशको नागरिकता लिएपनि नेपालको नागरिकतापनि कायम रहनुपर्छ । अर्थात् बिदेशी नागरिकता लिँदैमा ति नेपालीको नेपाली नागरिकता खोसिनुहुन्न । गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) ले लामो समयदेखि नेपाल सरकारसित राख्दै आएको माग हो यो । लामो सायदेखि शंका उपशंका रहेको थियो, गैह्र आवाशिय नेपालीको यो माग संवोधन हुन्छ कि हुन्न भन्ने । अघिल्ला सरकारका मन्त्री, माथिल्ला तहका अधिकारीहरुले पनि फरक समयमा फरक धारणा राख्दै आएका थिए । त्यसलेपनि प्रवाशी नेपालीहरुलाई झनै शंका र त्रासमा पारेको हो । तर अब भने प्रधानमन्त्री केपी शर्मा ओलीलेनै गैह्र आवाशिय नेपालीहरुलाई आस्वस्थ पारेका छन् – तपाईले राखेको दोहोरो नागरिकताको माग नदिने भन्ने कल्पनापनि गर्न सकिन्न ।

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्याण्डको जेनेभामा गैह्र आवाशिय नेपालीहरुमाझ यस्तो आस्वाशन दिएका हुन् । त्यहाँ नेपाली र नेपाललाई प्रेम गर्ने थुप्रै स्विसहरु थिए । केपी ओलीले भने -हामीले बिदेशी केहि मुलुकका उदाहरण हेरेर अनुभव लिएका छौं । हामी नेपाललाई फिजि, मोरिसस, अफ्गानिस्तान बन्न दिँदैनौं । हामी आफ्नो देशलाई नेपालीकै निर्णय हुनेगरि राख्छौं । हतारमा निर्णय गर्ने होइन कि एजेण्डामा निर्णय गर्छौं ।

प्रधानमन्त्री केपी ओलीले बिदेशीहरुलाई जथाभाबी नागरिकता दिँदा बिदेशीहरुको बहुमत पुगेकाले फिजि र मोरिसस बिदेशीको कब्जामा गएको घटना सुनाउँदै सतर्क गराएका हुन् ।

आफू जेलबाट छुटेपछि भारततिर फाट्ट फुट्ट यात्रा गर्ने बाहेक खासै बिदेशको अनुभव नभएको र सन् १९९२ देखि आफूले भारतबाहिर यात्रा गर्ने गरेको प्रसंग सुनाए । आफ्ना हरेक भ्रमणमा आफू जहाँ पुग्दापनि नेपाली समूदायलाई भेट्ने र तिसित बसेर दुखगुनासा सुन्ने गरेको बताए । केहि भावुक थिए प्रधानमन्त्री गेजेभामा नेपालीहरुलाई संवोधन गर्दा । भाबुक भएरै सुनाए -आफू जहाँ पुग्दापनि त्यहाँका नेपालीले आफ्नो देशलाई माया गरेको पाएँ । नेपालीमा आफ्नो गच्छे र सामर्थ्यले भ्याएसम्म आफ्नो देशलाई छिटो विकास होस्, राम्रो होस्, सुसासन होस्, सभ्य र सम्पन्न होस् भन्ने चाहन्छन् ।

अहिलेको सरकार एजेण्डामा हिँड्ने भएकाले पहिलेझैं फितलो तरिकाले सरकार हतारिएर केहिपनि निर्णय नगर्नेपनि ओलीले उल्लेख गरे । सरकार गैह्र आवाशिय नेपालीका माग नसुन्ने, नदिने भन्ने पक्षमा छ भन्ने हल्लाका पछाडि नलाग्न आग्रह गरे । ‘नेपाल अलिकति हल्लाको देशपनि हो । यस्तो हल्लाको पछि नलाग्नुस्, एक पटकको नेपाली सधैंको नेपाली रहनुहुने छ ।’

बेल्जियम, अमेरिका, बेलायत लगायतका धेरै देशमा नेपालीले चुनाव लडेर राजनितिक अधिकार लिएकाले दुई देशमा यस्तो राजनितिक अधिकार नलिन प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘तपाईहरुले बिदेशमा आफू बसेको मुलुकको राजनितिक अधिकार लिनुभएकै छ । यता लिएकाले नेपालमा राजनितिक अधिकार बाहेक सबै अधिकार लिनुस् ।’

आफ्नो अघिल्लो भ्रमणमापनि आफूले गैह्र आवाशिय नेपालीको मागमा सहाति जनाउँदा उल्टो हल्ला फिँजाएको प्रसंग सुनाए – अघिल्लो पटक मैले बेल्जियममा आएर संवोधन गर्दा बिदेशमा राजनितिक अधिकार लिएकाले त्यो अधिकार तत्काललाई कटौति गर्ने र बाँकी अधिकार लिने, कुनै दिन बिदेश बसाई छोडेर नेपाल आएको दिन त्यो राजनितिक अधिकारलाई खुला गर्ने प्रवधान गरौं भनेको थिएँ । तर प्रधानमन्त्री गैह्र आवाशिय नेपालीका हित बिरुद्द लागे भनेर हल्ला फिजाए ।’

हाम्रो देश प्राक्रितिक रुपले मात्रै सुन्दर नरहेर अनेक खनिजले भरिपूर्ण, अत्यन्त उर्वर छ । भौगोलिक विविधताले आत्रै होइन सामाजिक विविधतालेपनि पूर्ण छ । देश विकास नहुने कारणै छैन । देश विकासकालागि देश भित्र र बाहिर बस्ने नेपालीको साथ, सहयोग र अभिभारा छ । त्यसकालागि उनले सबै नेपालीलाई सहयोग गर्न आव्हान गरे । ‘सके नेपाल फर्किनुस् । तत्काल फर्किन नसके सकेको सहयोग गर्नुस् । त्योपनि नसके जयजयकार गर्नुस् नेपालको ।’

तपाइँको प्रतिक्रिया