एन आर एन ए युके उपमहासचिव अधिकारी एक साता देखी दुवईको जेलमा, समाचार गोप्य राख्ने प्रयास

गैरआवासीय नेपाली संघ युकेका उपहासचिव विनय अधिकारी एक साता देखी दुवईको जेलमा परेका छन् । तर उनी पक्राउ परेको खबर हालसम्म गोप्य राख्न खोजेपनि नेपालप्लसले फेला पारेको हो ।

गैरआवासीय नेपाली संघ कतार स्रोतका अनुसार अधिकारी लण्डन काठमाण्डौं यात्राका क्रममा आवुधावी विमानस्थलमा गत हप्ता पक्राउ परेका हुन् । अधिकारी यसअघि दुवईबाट वेलायत बसाई सरेको बताईएको छ । नेपालप्लस स्रोतका अनुसार अधिकारीले यसअघि दुवई सरकारलाई भुक्तान गर्नु पर्ने करिब ३ हजार डलर भुक्तानी नगरि वेलायत आएको अभियोगमा पक्राउ परेको बुझिएको छ । तर यसको स्पष्ठ किटान भने हुन सकेको छैन । अधिकारीसंग नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट, नेपाल प्रेश युनियनका अध्यक्ष बद्रि सिग्देल, एपी वान  टेलिभिजनका टिकाराम यात्री, मोहराज शर्मा समेतसंगै यात्रामा रहेका थिए ।
तर अन्य यात्रु बाहेक अधिकारीलाई आवुदावी प्रहरीले नियन्त्रणमा लिएको थियो । यात्राका अन्य सदस्यहरु अचममा परेका थिए ।  उनीहरु २९ मे वेलायतस्थित हित्रो बिमानस्थलबाट इतिहाद एरवेजबाट उडेका थिए ।

ति सबै अधिकारीले बेलायतमा आयोजना गरेको एक अवार्ड कार्यक्रममा सहभागी हुन बेलायत आएका थिए । अधिकारी पटक पटक बिवादमा परेका हुन् । उनले करिब तीन दर्जन अवार्ड बिक्री गरे पछि विवादमा परेका थिए । सो कार्यक्रमलाई गैरआवासीय नेपाली संघ वेलायतले औपचारिकरुपमा  आफ्नो संलग्नता नभएको घोषणा गरेको थियो । तर संघमा बेलायतबाट प्रतिनिधीत्व गर्ने एक केन्द्रीय नेताको सकृयतमा सो अवार्ड कार्यक्रम सम्पन्न भएको थियो ।
गैरआवासीय नेपाली नागरिकता, गोर्खा आन्दोलन लगायतका बिषयमा अन्तरक्रिया गर्ने भन्दै उनले समाजबाट पैसा असुलेका थिए ।

यसअघि अधिकारीले बेलायतमा २४ न्युज अनलाईन समाचार प्रोटल संचालन गरेको दावी गर्दै गत महिना वेलायतस्थित विभिन्न समुदायका व्यक्तिहरुलाई अवार्ड वितरण गरेका थिए । अधिकारीबाट अवार्ड प्राप्त गरेका व्यक्तिहरु अहिले गुपचुप बसेका छन् । कतिपयले अधिकारीको लहैलहैमा लागेकोमा पछुतो मान्दै हिडेका छन् । तर उख खोल्न भने हिच्किचाएका छन् ।

अधिकारीले वेलायतमा आफ्नो कन्सल्टेन्सी भएको दावी गर्दै हिड्ने गरेका थिए । उनले विश्वभरका नेपालीहरुसंग अन्तरक्रिया गर्न भन्दै रिपोटर्स कल्व नेपालको वेलायत शाखा अध्यक्ष बन्ने अपेक्षा सहित नेपाल जान लागेको बुझिएको छ ।

अधिकारीले एनआरएन युकेको गत निर्वाचनमा वर्तमान अध्यक्ष योगकुमार फगामीको प्यानलबाट जितेका हुन् । उनी पक्राउ परेपछि फगामीको समूहलेपनि उख खोल्न सकेको छैन । विशेष स्रोतका अनुसार उनलाई छुटाउन एन आर एन मध्यपूर्वले कोसिस गरिरहेको छ । तर आर्थिक अपचलन काण्डमा परेकाले उनलाई छुटाउन सहज नदेखिने एन आर एन एका अधिकारीहरु बताउँछन् । एन आरन एकै छबीमा धक्का लाग्न सक्ने हुनालेपनि उनी जेलमा परेको उद्दा सार्वजनिक नगरिएको भनाई केहि एन आर ए अभियन्ताहरुको छ ।

तपाइँको प्रतिक्रिया