डेनमार्कमा पन्जेबाजाको लोभलाग्दो आकर्षण, बिदेशीलाई नेपाल चिनाउन सर्वाधिक प्रभावकारी

नेपाली राजदुतावास तथा सम्पुर्ण संघ संस्थाको आयोजनामा कोपनहेगनको अत्यन्त व्यस्त सडकमा गणतन्त्र दिवश, भेसाक डे, सगरमाथा दिवश मनाऊने कार्यक्रम थियो । नेपाली पन्चेवाजा टोली सार्वजनिक रुपमा पहिलो पटक स्टेजमा ऊक्लिएको थियो। पन्चेवाजाले दर्शक दृघाको मन त्यती खिच्यो कि वाही वाही र ‘वान्स मोर’को आवजले टोलीलाई दुई पटक स्टेजमा ऊक्लिन बाध्य भयो ।

कोपनहेगनसँगै जोडिएको ग्लालसाक्से कम्युनले प्रत्येक वर्ष आयोजना गर्ने ““Gladsaxe Loves Culture”” मा सहभागी भएका ४० विभिन्न समूहहरु लाई पछि पार्दै नेपाली सांस्कृतिक टोलीले २०१८ को सर्वोत्कृष्ठ बनेर प्रथम भएको थियो । सो टोलीको अघिल्लो चरणमा रहेको पन्चेवाजा सुनेर शहरका दाँयावाँयाका झ्यालहरु खुले । क्यामरा तथा मोवाईका लेन्सहरु खुले । नरसिङ्हा, सहनाई बजाऊँदा फुकेका गालाहरु, दमाहा ट्याम्कुलाका तालहरु, कर्नालका फुँदाहरु, नेपाली दौरा सुरुवाल तथा साडी चोलीहरु क्यामराका जुम ईन भइ रहे । त्यस्तै भयो कोपनहेगनमा रहेको एउटा भाषा स्कुलको साँस्कृतिक कार्यक्रममा ! नेपाली पन्चेवाजाले सवैको मन जित्यो । र जित्यो, केही नगद ऊपहारपनि ।

राजदुतावासको पर्यटन प्रवर्धनको कार्यक्रम होस वा स्थानीय कम्युनहरुको कल्चरल कार्यक्रम । नेपाली पन्चेवाजा अपरिहार्य वन्दै गएको छ आज भोली डेनमार्कका नेपाली कार्यक्रममा । सबैले कार्यक्रममा निम्ता पठाऊँछन् । यो टोलीलाई भ्याईनभ्याई हुन्छ ।

पन्चेवाजाका लागि आऊने वाही वाही र तारिफ एक तिर छन । संरचना र व्यवस्थापन तथा वाध्यवादकहरुको कथा ऊत्तिकै चाख लाग्दो छ । प्रवासको अति व्यस्त जीवन पद्दती । सबैलाई आप्नै कामको चटारो । बजाऊन जान्नेको फुर्सद हुँदैन । फुर्सद हुनेलाई बजाऊन आऊँदैन । अझ भन्ने हो भने सहनाई, ट्याम्को, नरसिङ्गा र ढोलक बजाऊनेहरु त झनै सिमीत छन । सहनाइ त एक जना बाहेक कसैले बजाऊनै जान्दैन ।

अझ अनौठो कुरा के छ भने पन्चेवाजा समुहमा कोही पनि नेपालमा बजाऊन सिकेर आएका छैनन् । अझ बढि नेपालमा पन्जेवाजा बजाऊने परम्परा बोकेका समुदायका एक जना पनि टोलीमा छैनन् ।

वाजाटोलीका सहनाई वाधक शुरेश छन्त्यालको कथा सबैभन्दा चाखलाग्दो छ । रोजगारिको शिलसिलामा डेनमार्कमा विगत १० वर्ष देखि वस्दै आएका बाग्लुग मुर्तिबाङका शुरेसले कतैपनि सहनाई बजाऊन सिकेका छैनन् । युट्युव नै आफ्नो गुरु बताऊने ऊनले आफ्नै खर्चमा तिन वटा सहनाई तथा दर्जनौ पिपिरा जोडिसकेका छन । सप्ताहन्तमा सधै अभ्यास गर्ने ऊनी पन्चेवाजाको प्रवर्धनका लागि जोड तोडले लागेका छन । पन्चेवाजाकै प्रवर्धनका लागि माघे सक्रान्तीको अवसर पारेर एक पन्जेवाजा विशेष सास्कृतिक कार्यक्रमको आयोजना गर्दैछ ।

शुरुवाती चरणमा यामलाल सुवेदी, शैलु अधिकारी, त्रिलोचन सापकोटा, विजय अधिकारी, कृष्ण गिरी, मुक्ती राम चापागाईले व्यक्तिगत पैसा संकलन गरेर वाजाहरु नेपालवाट झिकाऊने काम गरे । यो अभियानमा अरु साथीहरुले पनि होस्टेमा हैसे थप्दै गए । कसैले वाजा नै किनेर त कसैले नगद नै थप्दै गए ।

अहिले वाजा टोलीसँग २ सेट वाजा भईसकेको छ । आफ्नै पोषक छ । सबैमाझ वाही वाही पाएको छ । त्यतिमात्रै होइन, वाजा सिक्न खोज्नेलाई सिकाऊने कामपनि शुरु भइसकेको छ । ‘अब नेपालवाट नै कोही जान्नेलाई बोलाएर सिक्न पाए अझ राम्रो हुने थियो’ वाजा समुहका वाध्यवादन प्रमुख तथा ईनास डेनमार्कका महा सचिव कृष्ण सुवेदी भन्छन् । विदेशीहरुको ध्यान आकषर्ण गर्न तथा नेपाललाई चिनाऊन पन्चेवाजा अत्यन्त प्रभावकारि देखिएको नेपालीहरु बताउँछन् ।

तपाइँको प्रतिक्रिया