वर्षेनी आक्रामक बन्दै चितवनका गैंडा

(गैंडाको आक्रमणबाट घाईते, शिरलाल परियार, भरपुर अस्पत्तालमा । फोटो- प्रकाश भट्टराई, सौराहा)

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका जंगलका गैंडाहरु वर्षैपिच्छे अक्रामक बन्दै गएका छन् । एकलासे, शान्त र मानव दखलबाट टाढै बस्न दिनुपर्ने गैंडाहरुलाई हरेक दिन अनावश्यक तरिकाले दखल पुर्‍याउन थालेपछि गैंडाहरु आक्रामक बनेका हुन् । खासगरि पर्यटकिय क्षेत्र वरिपरिका जंगलमा बस्ने गैंडालाई शान्तसित बस्न नदिएर दखल पुगेपछि गैंडाहरुले मानिसमाथि आक्रमण गर्ने घटना बढ्दो छ ।

यस्तै चितवन सौराहाका शिरलाल परियारलाई गत १८ गते गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट उनी घाईते भए र भरतपुर अस्पत्तालमा उपचाररत छन् । यसरि सौराहाकै केहि गाईडको गैंडाकै आक्रमणबाट म्रित्यु भैसकेको छ । थुप्रै घाईते र अंगभंग बनेका छन् । यस्तो घटना वर्षैपिच्छे भैरहेको छ । पछिल्ला वर्षहरुमा बढ्दो छ ।

          (यति धेरै हात्तीले घेरिन्छ गैंडालाई)

गैडाहरु शान्त स्वभावले बिचरण गर्ने अजंगका प्राणी भएकाले दखल सहँदैनन् । ति ठूला भएकाले टाढैबाट झट्टै देखिन्छन् । पर्यटकहरुको चाहनापनि गैंडा नहेरि नफर्किने खालको हुन्छ । त्यसैले डुंगा जाँदा होस् वा जिप सफारी । हात्ती चढेर जंगल जाँदा होस् कि जंगलको पैदल यात्रा, जतिखेरपनि पर्यटकलाई घुमाउन लैजानेको दाउ गैंडा नदेखाई नफर्काउने भन्ने हुन्छ । त्यसैले ति गैंडा बस्ने एकान्त थलो खोज्दै जान्छन् । अलि पर देखिएको गैंडालाई नजिकै लगेर देखाउने कोसिस गर्छन् । कहिले गाडी, कहिले पैदलमा जाने त कहिले हात्तीमा सवारहरुले पटक पटक दखल दिईरहँदा पर्यटकिय क्षेत्र वरिपरिको जंगलमा बस्ने गैंडाहरु आजित भैसकेका छन् । त्यसैले तिनले मानिसहरुमाथिको आक्रमणलाई बढाएका छन् । केहि गैंडाहरु त यति आक्रामक बनिसके कि तिनले हात्ती र गाडीलाईसमेत आक्रमण गरिसकेका छन् ।

तर गैंडा लगायत अन्य जिवहरुलाई कसरि दखल नपुर्‍याई देखाउने, प्रक्रितिका सुन्दर रचनालाई दखल नदिइकनै कसरि रसस्वादन गर्ने र पर्यटकिय आकर्षणपनि बढाउने भन्ने चासो होटेल ब्यवशायी, सरकार र अन्य सरोकारवालाबाट खासै देखिन्न । ब्यवशायीहरुलाई जसरिपनि पर्यटकलाई गैंडा देखाएर तत्कालै खुशि पार्ने र आर्थिक लाभ लिने भन्ने चासो छ । सरकारलाई तत्कालकालागि आम्दानी भैरहेकाले वास्ता छैन । सामूदायिक वनमा गाडी, हात्ती र पैदल यात्रि प्रवेश गरेबापत रकम आउनाले सामूदायिक वनबाट फाईदा पाएका स्थानियपनि चुपचाप छन् । यसले गर्दा जिवजन्तुको महत्वपूर्ण वासस्थान र बानीमा गम्भिर दखल परिरहेको छ । तर यसमा चासो दिने कसले ?

तपाइँको प्रतिक्रिया