एन आर एन ए बेल्जियमको काममा नेपाली दुतावास असहयोगि

-सन्तोष न्यौपाने / बेल्जियम

गैह्र आवाशिय नेपालीलाई सहयोग गर्ने भनेर नेपाल सरकारले  नेपाली दुतावासहरुमा अलग्गै शाखा खोलेको छ । तर बेल्जियमस्थित नेपाली दुतावासले भने सरकारी निर्णय र नितिकै बिरुद्द गएर एन आर एन ए बेल्जियमलाई सहयोग गरेको छैन । “बेल्जियमको नेपाली समाजमा हुने घटनामा नेपाली दुतावास बेल्जियमले उचित सहयोग गरेको छैन । अझ पीडित महिलाहरुको केसमा दुतावास पन्छिने काम गरेको छ।” एन आर एन बेल्जियमका अध्यक्ष लोक दाहालले आफ्नो दुखेसो पोखे ।

एन आर एन बेल्जियममा लोक दाहालले कार्यकाल सम्हालेको एक वर्ष पूरा भएर अगाडि बढेको छ ।यो समयमा एन आर एन बेल्जियमलाई दुतावासको उचित सहयोग नमिल्दा नेपालीहरुको समस्या समाधानमा ढिलासुस्ती भएको अध्यक्ष दाहालले बताए ।

बेल्जियम स्थित नेपाली दुतावासको अगुवाइमा नेपाल फेस्टिभल, ब्रसेल्स ट्रेड फेयर लगायतका कायक्रम हुने गरेका छन् । यसमा दुवै एकै रथका दुई पाङ्ग्राझैं बनेर काम गर्दछ्न् । तर केही दिन सम्पन्न एन आर एन बेल्जियमको वार्षिक साधारण सभामा राजदूत उपस्थित नहुँदा यी दुईको दूरी बढ्न लागेको देखिन्छ ।’ राजदूत सामान्य कार्यक्रममा उपस्थित हुन्छन् । तर एन आर एन कार्यक्रमलाई उनले महत्त्व दिदैनन ।” अध्यक्ष दाहालले भने “यो कार्यले अबका दिनमा दुतावासले आयोजना गर्ने कार्यक्रम के गर्ने भन्ने प्रश्न तेर्साएको छ ।’

दुतावासको असहयोग त छँदैछ । त्यसमापनि पदाधिकारी आफ्नै काममा व्यस्त हुँदा एन आर एन बेल्जियमको सक्रियतामा अप्ठेरो परेको छ । पदाधिकारीनै अनुपस्थित हुने गरेका छन् । एक वर्षको अन्तरालमा एन आर एन बेल्जियमको नौ ओटा बैठक बसे । त्यसमा सबैभन्दा कम उपस्थित हुनेमा सचिव प्रेम तिमिल्सिना छन् । उनले आफ्नो कार्य व्यस्तता देखाउँदै उपस्थित हुने गरेका छैन । अहिलेसम्म उनी तिन ओटा बैठकमा मात्रै गएका छन् । त्यस्तै, अहिलेसम्म कुनैपनि बैठकमा उपस्थित नहुने र कुनै जानकारी नदिनेमा युवा संयोजक रबिन पण्डित छन् । उनलाई एन आर एन बेल्जियमले स्पष्टीकरण मागेको छ । यसले एन आर एनको काममा पदाधिकारी कत्तिको जिम्मेवार छन् भन्ने पनि प्रस्ट पारेको छ।

निर्वाचन पछि पदाधिकारीको सहयोग नहुँदा हतोत्साहित भएका अध्यक्ष दाहाल अहिले अलि हौसिएका छन् । यो एक बर्षको कार्यकालमा एन आर एन बेल्जियमको आआफ्नै कार्यालय स्थापना भएको छ । त्यसका साथै नेपालमा हुने दैवी प्रकोपको सहयोगार्थ रकम जुटाएर नेपाल पठाउने काम गरेको छ । यो भन्दा पनि ठूलो र सम्झन लायक काममा बेल्जियममा बसोबास गरिरहेका र आफ्नै श्रीमानबाट पीडित महिलाहरुको उद्दारको लागि दाहाल लगायतको समुह लागि परेको छ । जसलेगर्दा एन आर एन बेल्जियमको शाख उँचो बनाउने काम भएको छ ।

रोजगारी र अध्ययनको सिलसिलामा फ्रान्स हुँदा वेल्जीयम आईपुगेका सुजन देवकोटा मानसिक रोगले ग्रस्त थिए । उनको बेल्जियममा उपचार हुन सम्भब थिएन । तर एन आर एनकै पहलमा उनको उपचार गरेर नेपालसम्म पुर्याए । परिवारलाई हस्तान्तरण गर्ने काम गरे । यस्ता परोपकारी काममा एन आर एन बेल्जियम युरोपमा अगाडि देखिन्छ ।

एक वर्षको कार्यकालमा उपलब्धिमुलक कार्य गरेको एन आर एन बेल्जियमले अब लुम्बिनीमा वा अन्य नेपाली र विदेशी पर्यटक जाने स्थानमा सम्झना गर्न लायक भवन वा चाहिने अत्यावश्यक चिजको निर्माण गर्ने योजनामा बनाएको छ ।

“हामीसँग केहि रकम छ । यो रकम अब छिट्टै नेपालमा सदुपयोग गरेर एन आर एन बेल्जियमको चिनारिलाई कालान्तरसम्म रहिरहने कार्य गर्ने योजनामा छौं ।”अध्यक्ष दाहालले बताए ।

दुतावासको असहयोग बिनापनि उपलब्धिमूलक कार्य गरेको एन आर एन बेल्जियमको सक्रियताले एन आर एन को साख केही हदसम्म जोगाउन सफल भएको छ । यसतर्फ अरुले पनि सोच्ने कि ?

तपाइँको प्रतिक्रिया