एन आर एनको केन्द्रिय निर्वाचनमा पैसा लिएर भोट हालेको विज्ञप्तीमार्फत खुलासा

एन आर एन ए को केन्द्रिय निर्वाचन भएको दश महिना भयो । गत अक्टोबर महिनामा काठमाडौंमा भएको गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) को निर्वाचनमा उमेदवारसित रकम लिएर भोट दिएको विषयले अहिले अष्ट्रियाको नेपाली समूदाय तातेको छ । नेपाली समूदायको नेत्रित्व गर्ने, नेपालको सेवा गर्ने भनेर नेत्रित्वमा पुगेकाहरुलेनै उमेदवारहरुलाई आफ्नो भोट बिक्रि गरेपछि के हुन्छ ? एन आर एन ए अष्ट्रिया त बिवादमा मुछिएकै छ । त्यहाँको नेपाली समूदायमै बादबिवाद र आरोप प्रत्यारोप चलेको छ । केहिले यहि विवादका कारण मुख देखाउन सकेका छैनन् । एन आर एन ए अष्ट्रियाकै बिज्ञप्ती अनुसारपनि एन आर एन ए सम्मेलनमा नेपाल पुगेका महासचिवले आफ्नो मतदान पैसामा बिक्रि गरेका थिए ।

एन आर एन ए अष्ट्रियाबाट गत अक्टोबरमा एन आर एन ए केन्द्रिय निर्वाचनमा गएकाहरुले उमेदवारबाट रकम लिएर मत बेचे भन्ने विषयको प्रमाण आफूसँग रहेको भन्दै रवीचन्द्र भट्टराईले उजूरी गरेपछि यो विषय चर्केको हो । भट्टराईले यस्तो आरोप लगाएपछि एन आर ए अष्ट्रियामा हंगामा भएको थियो । यो विषयले एन आर एन ए अष्ट्रियालाई लज्जास्पद बनाएपछि संस्थाको बैठक बस्यो । बैठकले यो विषयको सत्य तथ्य जान्न उजुरीकर्ता रवीचन्द्र भट्टराईसहित बैठक बसि भट्टराईबाट पाएका प्रमाणका आधारमा कारवाही गर्ने वा अगाडि बढ्ने निर्णय गरेको थियो । तर भट्टराईले एन आर एन ए अश्ट्रियाका प्रतिनिधीसित मात्रै नभएर अष्ट्रियाका अन्य नेपाली संघसंस्थाको ब्रिहद उपस्थितिमा बैठक गर्नुपर्ने शर्त राखेपछि गत जुलाई १४ मा त्यहाँका ब्रिहद संस्थाहरुसहित बैठक बस्यो । यो बैठकमा उपस्थित भएर सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह गर्दा भट्टराईले ‘समयको अभाव’ देखाउँदै उपस्थित नभएको आरोप एन आर एन ए अष्ट्रियका प्रवक्त प्रदीप भण्डारीले बिज्ञप्तीमार्फत लगाएका छन् ।

तर उजुरीकर्ताको तर्फबाट रवीचन्द्र भट्टराईले भने एन आर एन ए अष्ट्रियाले आफ्ना आसेपासे र निकटकाहरुलाई मात्रै बैठकमा बोलाएकाले त्यसको बिरोध गर्दै अष्ट्रियाका निस्पक्ष ब्यक्तिहरु संलग्न हुनुपर्ने प्रस्ताव राखेका थिए । त्योपनि नमानेमा कम्तिमा आफ्नो तर्फबाट प्रतिनिधीका रुपमा एन आर एन ए अष्ट्रियाका पूर्व सचिव सागर सुबेदीलाई उपस्थित गराउनुपर्ने अडान राखेका थिए । तर एन आर आर एन ए अष्ट्रियाले त्यसमापनि अस्विकार गरेपछि सहमती हुन सकेन । दुई पक्षबिच सहमती हुन नसकेपछि झन बिवाद छताछुल्ल हुँदै गएको छ ।

एन आर एन ए अष्ट्रियाका प्रवक्ता प्रदीप भण्डारीको बिज्ञप्ती अनुसार अक्टोबरमा नेपालमा भएको एन आर एन ए विश्व सम्मेलनमा शुरुमा २६ प्रतिनिधीको नाम लेखाईएको थियो । त्यसपछि आफूसित रकम नभएको भन्दै ६ बाहेक अरु अनुपस्थित भएका थिए । सम्मेलनमा पुगेपछि प्रवेश शुल्क समेत नभएको भन्दै दुई जनाले अनुपस्थित् हुने जनाए । त्यसपछि एन आर एन ए अष्ट्रियाका महासचिव निर्मल पौडेलले दुई जना उमेदवारले पैसा तिर्न नसक्ने हुनाले उमेदवारले पैसा तिरिदिएमा मतदानमा उपस्थित हुन सक्ने भन्दै पैसा मागिदिएका थिए । तर उनले कुन उमेदवारसित रकम लिएका हुन् भन्ने चाहिँ बिज्ञप्तीमा उल्लेख छैन ।

प्रवक्ताको बिज्ञप्ती अनुसार उमेदवारले एक जनालाई तत्कालै काठमाडौंमै र अर्को एक जनालाई अष्ट्रिया आएपछि बैंकबाट पठाइदिएका थिए । अष्ट्रियाका नेपालीहरुका अनुसार यसरि रकम लिनेमा दुई जना मात्रै थिएनन् । उमेदवारहरुबाट रकम लिएर मतदानमै नजाने, रकम लिएर मत माग्ने र फकाउने लगायतका थिए । यसरि रकम लिनेले एकै उमेदवारबाट मात्रै नलिएर बिभिन्न पदका उमेदवारहरुसित लिएका थिए ।

तपाइँको प्रतिक्रिया