विश्व कप जित्नेले पाउने तिन करोड युरो र ट्रफीको रोचक पक्ष

विश्व कप फूटबल सन् २०१८ मा प्रथम हुनेले के पाउला ? धेरैलाइ जिज्ञासा लाग्न सक्छ । सुनको ट्रफी त छँदै छ । यो पटकको विश्व कपमा विश्व बिजेता वा प्रथम हुनेले तिन करोड १० लाख युरो रकम पाउने छ । यो रकम फिफाले ब्यवस्था गर्ने हो ।

प्रथम हुनेले ७५ प्रतिशत सुन भएको १८ क्यारेटको सुनको ट्रफी पाउँछ । अहिले दिईने ट्रफी खासमा पहिलो पटक (सन् १९३०) मा बनाईएको वास्तबिक ट्रफी होइन । त्यो ट्रफी चोरि भएपछि सन् १९७४ बाट अर्को ट्रपी बनाईएको हो । अहिलेको ट्रफीलाई फिफा वर्ल्ड कप ट्रफी भनिन्छ ।

 (भिक्टोरी ट्रफी)

सुनको प्लेटबाट बनेको पहिलो ट्रफीको नाम भिक्टोरी थियो । त्यो ग्रिक देवीको नाम हो । सन् १९८३ मा त्यो ट्रफी चोरी भएपछि अहिलेको ट्रफी बनाईएको हो । भिक्टोरी नामको पहिलो ट्रफीको नाम बदलेर पछि फिफाका अध्यक्ष जुल तिमेटको नामबाट राखियो । सन् १९७४ मा फिफा वर्ल्डकप ट्रफी भन्न थानियो । अहिलेसम्म यहि नामले पुकारिन्छ ।

सन् १९७४ मा बनेको फिफा वर्ल्ड कप ट्रफीको उचाई ३६ दशमलव आठ सेमी र यसको तौल ६ किलो एक सय ग्राम छ । यो ट्रफी स्टबिलिमेन्तो आर्टिस्टिको बेर्तोनि भन्ने ईटालियन कम्पनीले बनाएको हो । तर यसको डिजाईन भने फ्रान्सेली प्रस्तरकलाकर्मी आबेल लफलरले गरेका हुन् । दुई ब्यक्तिले प्रिथ्वीलाई उचालेको चित्र ट्रपीमा अंकित छ ।

सन् २०१४ मा जर्मनीको विश्व कप जितेकाले हाल यो ट्रफी जर्मनीसित छ । अब जुन देशले विश्व कप जित्छ त्यहि देशले यो ट्रफी उचाल्ने छ ।

सन् १९६६ मा विश्व कप जितेपछि बेलायती टिमका कप्तान बबी मुरलाई जुल तिमेट ट्रफी हस्तान्तरण गर्दै रानी एलिजावेथ द्वितिय ।

(फोटोहरु, इन्टरनेट स्रोत र विकी पेडिया)

तपाइँको प्रतिक्रिया