दरबारकी बेहुली जस्तै विश्व कपमा मस्को (फोटो कथा)

रसियाको राजधानी मस्कोले यतिखेर विश्वको ध्यान आकर्षण गरेको छ । त्यसो हुनुको कारण राष्ट्रपती भ्लादिमिर पुटिनको राजनितिक भूमिकाले मात्रै होइन । विश्वकप सफलतापूर्वक आयोजना गरेकाले हो । रसियाले विश्वकप आयोजना गर्ने प्रस्ताव गर्दा रसियामा हुनुहुन्न भनेर आलोचना गर्नेहरुलेनै अहिले ताली बजाई बजाई रसियाको प्रशंसा गरिरहेका छन् । रसियाले सोचेको भन्दा बढि सबल र सक्षम तरिकाले विश्व कप आयोजना गरेको भन्दै खुलेरै प्रशंसा गरिरहेका छन् । पहिलेपहिले मस्को पुगेकाहरुनै छक्क परिरहेका छन्, मैले देखेको मस्को यस्तै थियो र ? विवाहको दिन निस्चित भएपछी हप्तौंको सिँगारपटारले सिँगारिएकि बेहुली झैं सिँगारिएको छ मस्को अहिले ।

रसियाका धेरै ठाउँमा दिनदहाडै अपहरण, चोरी, डकैति र मारामार हुन्छ । खासगरि बैंकमा पसेर निस्किएको देखेपछि डकैति र अपहरण हुने गर्छ । तर अहिले विश्व कप आयोजनासँगै यस्तो घटन अहोला भनेर सोच्नपनि सकिन्न । रसियाले कहिँकतै छिसिक्क नराम्रो घटना नहोस् भनेर उच्च सतर्कता अपनाएको छ । रसियाली सेनाहरुसमेत सुरक्षामा खटिएका छन् । नगर यति सफा छ की सडकमा चुरोटको ठुटोपनि देखिन्न ।

रसियालीहरु चिसा नागरिक हुन् । खुलेर हाँस्ने, बिदेशीहरुसित झ्याम्मिने, सहयोग दिने खासै गर्दैनन् । तर यतिखेरको मस्को पुग्दा लाग्छ, मस्कोका नागरिक एकाएक बदलिएका छन् । मस्कोका नागरिकलाई कतै सारेर हँसिला, सुन्दर, मिठो मुस्कान दिने युवायुवती र नागरिकहरुले भरिएको छ । मस्कोका सडक र खासगरि विश्वकप आयोजना हुने रंगशालाको आसपास सयौं युवतीहरु स्वागतका लागि मुस्कान दिँदै तयार रहेको भेटिन्छन् । बिदेशीहरुलाई कुनै दुख, कष्ट नहोस् भनेर सकेसम्म सहयोग दिने र जानकारि गराउन तल्लिन देखिन्छन् । शहरमा बत्ती झलमल्ल पारिएको छ । अनेक थरीका बत्ती र सजावटले मस्को शहर धपक्कै बलेको छ ।

शहरलाई चौतर्फी सुविधा सम्पन्न पारिएको छ । सडकमा भोड्का पिएर सास्ति दिने, हल्लाबाजहरु कोहि देखिँदैन । सार्वजनिक यातायात, ट्याक्सीहरुको सुविधा स्तरिय पारिएको छ । विमानस्थलबाटै थाह लाग्छ, मस्को सभ्य छ । शान्त छ । सुसंस्क्रित र शालिन छ । विमानस्थल पुगेका पर्यटकहरुलाइ कसरि सुविधा दिन सकिन्छ भन्नेमा रसियाली ब्यवस्थापन सफल देखिएको छ । विश्व कपकै अवशरमा रसियाली करिब ६५ हजार पर्यटक संख्या बढेको छ । विश्वकप आयोजना गरिएको बेला मस्को शहर कस्तो देखिन्छ त ? केहि तस्विरहरु ।

(फोटो- द इकोनोमिक टाईम्स, द इन्डिपेन्डेन्ट, डेलीमेल, द गार्डियम, ल मोँद दैनिक)

तपाइँको प्रतिक्रिया