मान्छेको कारण दिनका जनावर रात्रिकालिन

प्रिथ्वीमा मानव हस्तक्षेप जारि छ । जिवजन्तुका वासस्थान, जंगली क्षेत्रमाथि मानव हस्तक्षेप बढ्दै जाँदा जिवजन्तुले झिटिगुण्टा कसेर अन्तै सर्नुपर्ने स्थिति बढेको छ । दिउँसो सक्रिय जिवहरु जबरजस्ती रातका बेला जागा बस्नुपर्ने स्थिति उत्पन्न भएको छ ।

बैज्ञानिकहरुको नयाँअनुसन्धान रिपोर्ट अनुसार फ्याउरो, म्रिग र बँदेल दिउँसो सक्रिय र राती सुत्ने जनावर हुन् । तर अहिले यि दिनमा सुत्ने र राति सक्रिय हुन लागेका छन् । यिनको वास्थानमा मानविय मिहाचा प्रव्रिति बढ्ने र दखल पुग्ने गरेपछि मानव समूदायबाट डर नमानी बस्नकालागि आफ्नो मुख्य बानी, शारिरिक चक्रको प्रमुख क्रियाकलापनै बदल्न बाध्य भएका हुन् । यसरि प्रमुख बानी बदल्दा ति जनावरमाथि जिवन जिउने अर्को जोखिम उत्पन्न हुनसक्छ ।

यो पत्ता लगाउन पहिले ७२ वटा रिपोर्टहरुको अध्ययन गरियो । त्यसपछि छ महादेशका ७२ वटा स्तनधारी जिवको आनीबानीबारे अनुसन्धान गरियो । त्यस्तो अनुसन्धन गर्दा हात्तीदेखि साना जिवहरुलेपनि मानविय क्रियाकलापका कारण बानिब्यहोरा बदलेको पाइएको छ ।

मानिसले शिकार गर्ने, खेति लगाउने र विकास निर्माणका अन्य क्रियाकलाप गर्नाले तिनबाट आफ्नो जिवन यापनमा असर परेपछि हात्ती, म्रिग, बँदेल, लोखर्के, खरायो, बँदेल लगायतका ६२ वटा जिवमा असर पुगेको हो । यो अनुसन्धानकालागि जिपिएस (भौगोलिक मापन), क्यामराद्वारा हेर्ने र फोटो खिच्ने, भिडियो रेकर्ड लगायतका अनुसन्धानका अन्य आधुनिक प्रविधीहरु प्रयोग गरिएको थियो ।

रात पर्दै गएपछि जिवजन्तुको अध्ययन र अवलोकनलाई तिब्र पारिएको थियो । साँझ पर्नुअघि दिन र साँझको बिचको समयमा आहारा लिने, चर्ने वा सक्रिय रहने जिवजन्तुहरुहरुले मानविय क्रियाकलापका कारण जिवन जिउन दखल पर्दै गएपछि भने त्यो समयमा ६८ प्रतिशत थप सक्रियता बढाएको पाइएको छ । ति मानविय सक्रियता घट्ने साँझको समयमा बढि सक्रिय हुनथाले । मानव अतिक्रमणले सिधा दखल पुर्‍याओस् वा नपुर्‍याएकोनै होस्, हरेक मानविय अतिक्रमणले असर पारेको जिवजन्तुले प्रतिक्रिया देखाए । त्यसैले मानिसले सिधा शिकार नगरेपनि, कुनै आवाजले सिधा दखल नदिएपनि मानिस हिँडेको देखेपछि म्रिगहरु रातको समयमा बढि सक्रिय रहन थाले ।

यस्तो नतिजा हामीलाई केकालागि काम लाग्छ ? मानिसले कसरि जिवजन्तुको अस्तित्वलाई स्विकार गरेर, दखल नपुर्‍याईकन जिउने भन्ने उपाय निकाल्न सक्छन् । जिवजन्तु संरक्षणका निति र योजना बनाउँदा होस् कि विकास निर्माणका कार्य गर्दानै, मानव र जिवजन्तु दुबैको हित र असरलाई ध्यान दिन मार्गनिर्देशक बन्न सक्छ । कुनै दूर्लभ जिव बढि सक्रिय समय र क्षेत्रमा मानव क्रियाकलापलाई नियन्त्रण, बन्देज वा कम गर्ने उपाय निकाल्न सकिन्छ ।

त्यसो त, दिउँसो सक्रिय हुन छोडेर राती सक्रिय हुनु त्यस्ता जिवकोलागिपनि नकारात्मक पक्ष हुन सक्छन् । राती सक्रिय रहने बानीले जनावरको शिकार गर्ने क्षमता, बानी र बिचरणको कला र जोडी भेटाउनपनि अवरोध पर्न सक्छ ।

मानविय क्रियाकलापबाट छुट्कारा पाउन वा बच्नकालागि रातको याममा सक्रिय रहने गरि आफ्नो बानी  बदल्दा जिवको प्राक्रितिक जिवनशैलीनै बदलिन सक्छ । यद्दपी झट्ट हेर्दा वा तत्कालकलागि त्यस्ता जिवको लागि कुनै असर परेको नदेखियोस् । यसले ति जिवको अस्तित्वलाईनै दिर्घकालिन असर पार्न सक्छ । मानविय क्रियाकलापबाट बच्न राती बढि सक्रिय भए भन्दैमा तिनले मानविय क्रियाकलाप र असरबाट छुटकारा पाएको बुझिँदैन ।

तपाइँको प्रतिक्रिया