ईन्टरनेट केबल भूकम्प पत्ता लगाउन उपयोगी

समुद्रमुनी धेरै देशले इन्टरनेटका केबलहरु जोडेका छन् । समुद्रको पिँधमा खनेर त्यहाँबाट बिभिन्न ठाउँ पुर्‍याईएका हुन्छन् ईन्टरनेट केबल फाईबरहरु । यि केबलहरु ईन्टरनेट बितरणमा मात्रै नभएर भूकम्पका धक्का पत्ता लगाउनपनि उपयोगी देखिएका छन् ।

प्रिथ्वीको ७० प्रतिशतभन्दा बढि जमिन पानीले ढाकेको छ । तर भूकम्प पत्ता लगाउने मेशिनहरु जमिनमाथि छन् । विश्वमा धेरै भूकम्प पानीमुनी गैरहेका हुन्छन् । त्यहाँ जाने विशाल भूकम्पले ठूला ठूला सुनामी ल्याएर धेरै धनजनको क्षती पुर्‍याउने गरेको छ । तर त्यसको पूर्वामान गर्न सकिएको छैन ।

पानीमुनी जाने भूकम्पका धकका पत्ता लगाउन वैज्ञानिकहरुले सचेतन (सेन्सर) भएका महँगा महाँ ब्याट्रीहरु समुद्रको पिँधमा राख्ने गरेका छन् । जाब भूकम्पको  धकक जान्छ तब ति सेन्सरले धककहरुको महसुस गर्छन् र बाहिर देख्नसकिन्छ । समुद्रको पिँधमा जाने यस्ता विशाल धककहरु बैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् । त्यसैले हालसम्म धेरै क्षती ब्यहोर्नुपरेको छ ।

अहिले १० लाख किलोमिटरको फाईबर केबल समुद्रको पिँधमा ओछ्याईएको छ ।  त्यसबाट फोन र इन्टरनेटको सन्जाल विश्वभरि फिँजिन्छ । अहिले वैज्ञानिकहरुले तिनै तार जसले ईन्टरनेट फोनको संकेतलाई फिँजाउँछन् हो तिनै तारको अप्टिकल संकेतमा अलिकति परिवर्तन गरिदिएर वा ति केवल सँगसिँगै ति अप्टिकललाई अलिकति परिमार्जन गरेर वा बदलेर भूकम्पको सूचना दिने बनाउन सकिने अक्किल निकालेको दाबी गरेका छन् । विज्ञानका नौला खोजबारे सार्वजनिक गर्ने विश्व प्रसिद्द पत्रिका द साईन्समा यो रिपोर्ट प्रकाशित भएको हो ।

यो सुविधा लिन खासै गाह्रोपनि छैन । हरेक केवलको दुबैतिर लेजर राखिनुपर्छ । केबलको डाटा पठाउने (ब्याण्डिट) मा पहुँच पुर्‍याउनुपर्छ । वा त्यो ब्याण्डविटलाई सकेसम्म धेरै डाटा लिएर पठाउन सक्ने बनाइदिनुपर्छ । यो खासै महँगो र गाह्रो छैन । ब्याण्डविट र केबलमा लेजर राख्दा फाईबर लाईनहरुको बितरण वा कार्यमा कुनै दखलपनि पुग्दैन । वा ईन्टरनेट र फोनको अहिलेको सुविधा यथावत राखेरै ति काम गर्न सकिन्छ ।

केवलको दुबैतिर राखिने ति लेजरले भूकम्पको धकक जानासाथ सूचना लिन्छन् । तिनले लिएको सूचनाहरु ब्याण्डविट मार्फत डाटा संकल्न हुन्छ । ति मानिसले हेर्छन् सक्छन् । यसरि जब समुद्रमुनी भूकम्पको धक्का महसुस तत्कालै त्यसको सूचना पाउन सकिन्छ ।

तपाइँको प्रतिक्रिया