जाने हो हुम्ला घुम्न ?

(कति, खाने राजधानीको धुलो ? कति हेर्ने नारा जुलुस मारमुंग्री ? कति गर्ने राजनितिका कुरा ? कतिलाग्ने नेताका पछि ? कहिलेकाहि तिबाट अलि टाढै जाँदापनि छुट्कारा पाएझैं हुन्छ । यो पटक नेपालप्लसकालागि  तपाईहरुलाई हुम्ला लैजाँदैछन् एउटा फोटो फिचर मार्फत एक जना पाठकले।)

 

-अनिल रुपाखेती, हुम्ला-

 

hilsa_ra_aakas1

                आकाशसँग चुम्बन गरिरहेको हिल्सा ।

 

hilsa_bazarhumla_nepal1

यो चाहिँ हिल्सा बजार । यसो हेर्दा त बजार जस्तो देखिन्छ र ? तर हुम्लेलीको बजार भने यहि हो ।

 

humla_ko_yari_gaun1

घरपनि त्यति देखिँदैनन् । तरपनि हुम्लाको यारी गाउँ यहि हो । हुम्लाका आफ्नै ढंगका घरलाई यहि द्रिष्यले कतै लुट्पुट्याएर राखेको छ ।

 

dandaphaya_humla1

                यो चाहिँ हुम्लाकै डाँडा फाया गाउँ ।

 

hilsa_ma__road1

 तपाई कस्तो सडकमा हिँड्नुहुन्छ ? कस्ता बाटोहरु तपाईका परिचित हुन् । तर यो चाहिँ हिल्साको सडक हो । राम्ररि हेर्नुस त धुलो देखिएपनि सडक जस्तो डोब देखिन्छ ।

hilsa_mathi_do_dando1

हिल्सामाथिको डाँडोमा परेको हिउँमा म आफैं (फोटोग्राफर) । हो, हुम्लेलीका दिन चर्या हुन् यसरि हिउँ छिचोल्दै हिँड्नु ।

aapar_ananda__lidai1

बाटै छेक्ने हिउँसित कति डराउनु ? कहिलेसम्म तर्सिनु ? बरु हातको छातासाता पन्छाएर आनन्द लिए कसो होला ? हो, हिल्सामा यस्तरि जम्छ हिउँ ।

karnali_nadi1

कर्णाली नदी देख्नुभाको छ ? नदेखेपनि पक्कै सुन्नु त भाको होला । हो यहि हो जुन हुम्ला भएर तलतिर झर्दै जान्छ ।

dharti_chirdai_karnali1

अलि तल पुग्दा बल्ल नदी जस्तो देखिने रहेछ । धर्ती फाटेर बग्दै गरेको कर्णाली नदी ।

hilsa_simkot_sadak1

 हिल्सा-सिमीकोट सडक बारे सुन्नु भएको छ ? यसको खुब चर्चा हुने गर्थ्यो अलि पहिले र अझपनि सेलाएको छैन । जति चर्चा होस यहि हो त्यो सडक ।

hilsa_ma_tea_banaudai1

  हिल्साको चिया पसल । हाम्रालागि चिया बनाउन लागेका यि साहुजीले ।

lasa_beer1

नेपाली बियर नबनेर के भो त ? पाइहालिन्छ छ नी छिमेकी देशको । हुम्लामा ल्हासा बियर छ्याप्छ्याप्ती पाइन्छ । hamro_team1

म एउटा क्षेत्रगत अध्ययनमा गएको थिएँ । मसहित यो त्यसैको टोली हो । हामी उभिएको ठाउँ नेपाल र चिनको सिमाना हो ।

 

(अनिलको स्थायी घर धादिङ जिल्लाको पीडा हो । उनको अघिल्लो ब्लग हेर्न यहाँ क्लिक गर्नुहोला)

 

 

 

 

 

तपाइँको प्रतिक्रिया