ताई न तुइकाले बहिष्कार गर्दैमा एन आर एन ए युरोप भेला प्रभावित होला र ?

आगामी जुलाईको २७ देखि तिनदिनसम्म गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) युरोप क्षेत्रिय भेला हुँदै छ । लक्जम्वर्गमा हुन लागेको यो भेलासित नेपाल पत्रकार महा संघको के नातो र अधिकार छ ? तर नेपाल पत्रकार महा संघ (एफ एन जे) युरोपले यो भेलालाई हैशियत पुगेमा भाँड्ने मनशाय राखेर बिज्ञप्तीनै जारि गरेको छ । बिज्ञप्ती जारी गर्न एफ एन जे युरोपमा बलजफ्ती गरेका अध्यक्ष केजिन राईसमेत यहि मेडिया समिति छन् । एफ एन जे युरोपको काम पत्रकारिताका विषयमा भन्दा यस्तै अनुपयोगी विषयमा खर्च गर्ने हुनाले यसको प्रभाव खासै देखिन्न ।

बिज्ञप्तीमा ‘सबै नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ युरोप शाखालाइ पुरै बेवास्ता गर्दै गठन गरिएको उक्त समितिप्रति हाम्रो घोर आपत्ती छ’ भनिएको छ । बिज्ञप्तीमा उल्लेख गरिएको यो बुँदा आफैंमा हाँस्यास्पद र झुठो छ । किनभने एफ एन जे युरोपका अध्यक्ष केजिन राई र महासचिव योगेन्द्रमिलन छन्त्याल मात्रै होइन एफ एन जे युरोपका  वरिष्ठ उपाध्यक्ष भनिएका डिली अंमाई लगायत चार जना एन आर एन ए युरोपेली भेलाको मिडिया टोलीमा छन् । चार जनाको सहभागिता हुँदापनि कसरि युरोप शाखालाई बेवास्ता गरेको भयो ?

सबै ऐह्र आवाशिय नेपालीहरुको साझा संस्था भनेर दाबी गरिरहँदा यो संस्था ब्यवहारत केहि व्यक्तिहरुको रवाफ र दबाबमा मात्रै चल्ने र उनीहरुका उनीहरुका आसेपासेहरुलाई मात्रै खल्तिमा हालेर आफ्नो गुनगान गाउन लगाउने प्रव्रित्ती जारी छ । अध्यक्ष केजिन रैऐ र महा सचिव योगेन्द्रमिलन छन्त्याललेले हस्ताक्षर गरेको बिज्ञप्तीमा उल्लेख छ । यो मेडिया समितिमा कसैका आसेपासे मात्रै छन् भने बिज्ञप्तीमा हस्ताक्षर गर्ने अध्यक्ष र महासचिवपनि आसेपासे भए कि भएनन् ? आसेपासेहरु मिलेर बसेको भन्दै आलोचनापनि गर्ने र त्यहि समितिमापनि बस्न कुन नैतिकताले दिन्छ ?

यो बिज्ञप्ती र मेडिया समितिका बारेमा नेपालप्लसले मेडिया संयोजक चिरन शर्मासित सम्पर्क गरेर एफ एन जे युरोपका नाममा आएको बिज्ञप्तीका बारेमा जिज्ञासा राखेको थियो । शर्माले एन आर एन ए युरोप भेला आयोजक समितिकै तर्फबाट मेडिया समितिको प्रारम्भिक सूची तयार पारिएको र आफूले सोहि जिम्मेवारी अनुसार संयोजकमा रहेर जिम्मेवारी पुरा गर्न खोजेको बताए । भेला आयोजक समितिबाट आएको सूचीमा अझै परिमार्जन गर्दै काम गर्न चाहेका मेडियाकर्मीहरुलाई संलग्न गराउन खोजेको प्रतिक्रिया दिँदै उनले भने ‘एफ एन जे युरोप समितिकै चार जना यो मेडिया समितिमा छन् । कसरि बेवास्ता गरेको हुन्छ ? केहि साथीहरु यो भेलामा उपस्थित हुन नसक्ने अवस्था स्रिजन भएपछि आलोचना गरौं न त भनेर होला । नत्र यति बिरोध गर्नुपर्ने कारण केहि छैन ।’

एन आर एन ए युरोपेली भेला आयोजक मेडिया समिति पूनर्गठन नगरे यो भेला बहिस्कार गरिने भन्दै एफ एन जे युरोपको बिज्ञप्तीमा उल्लेख छ । एफ एन जे युरोपले भेला बहिस्कार गर्दैमा खासै फरक पर्नेपनि होइन । एन आर एन ए आफैंमा एक स्वतन्त्र संस्था हो । एफ एन जे युरोपले ए आर एन ए का यस्ता भेला आयोजना गर्दा कुन महत्वपूर्ण खूमिका खेल्दै आएको  छ र उसले बहिस्कार गर्दा असफल हुने ? तैपनि यस्तो बिज्ञप्ती देखेपछि यसका विषयमा सामाजिक सन्जालमापनि प्रतिक्रियाहरु आएका छन् । बेलायतमा बसेर पत्रकारिता गरिरहेका नारायण गाउँलेले कार्यक्रम बहिस्कार गर्ने भन्नेहरुलाई गतिलो जवाफ दिएका छन् । उनको भनाई यस्तो छ –

पत्रकारको काम समाचार संकलन र प्रसार गर्ने हो । त्यसो गर्न बन्देज छैन होला । फुर्सत भए गएर फोटो खिच्न र फेसबुक लाइभ गर्न पाई हालिन्छ । जाबो एक दुई छाक भात फ्रीमा खान पाइने उद्देश्य जस्तो लाग्ने गरी किन यस्ता दुई दिने समितिप्रति मोह हो ?

ताई न तुईको यूरोप शाखालाई किन बोलाउने ? पत्रकार बोलाए भइहाल्यो नि । फेरि पत्रकार पनि बोलाएमात्रै जाने हो र ? खै मलाई बोलाएको छैन त । म जाँदै छु मिल्यो भने । पद, भात र खादाका निम्ति पत्रकार हुने केहीले बहिष्कार गरेर के होला र ?

परिमार्जित समिति यस्तो छ

संयोजक चिरन शर्मा समितिको सदस्यहरुमा स्पेनबाट वसन्त रानाभाट, बेल्जियमबाट डिल्लीराम अम्गाई, राजेन्द्र रसाइली, स्वीटजरल्यान्डबाट गुणराज शर्मा, लक्जेम्वर्गबाट विमलबाबु उपाध्याय, रोमानियाबाट नवराज पोखरेल, पोर्चुगलबाट योगेन्द्रमिलन छन्त्याल, राजकुमार थापा, गणेश पाण्डेय, भगवान  गिरी, महेन्द्र पौडेल  पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपांगी, लक्जेम्वर्गबाट बालहरि एई, फ्रान्सबाट प्रकाश सापकोटा छन् । समितिको सल्लाहकारमा दधी सापकोटा रहेका छन् ।

यस्तै समितिमा भोला लामिछाने ,पेम्बा गेलु शेर्पा , भारत प्रधानबिष्णु पौडेल , दिनेश पोख्रेल, पोर्तुगलबाटै  भरत प्रधान, दिनेश पोख्रेल, बिष्णु पौडेल, नारायण अर्याल, बासु सत्याल  लगायत थप भएका छन् ।

यस्तै बेलायतको लागि कान्तिपुर संवाददाता नविन पोखरेल, सेतोपाटी संवाददाता फडिन्द्र भट्टराई, नेपाल खबर डट कमबाट प्रजय शुक्ल, शिव भण्डारी समितिमा रहेका छन् ।

२७ देशका गैरआवासीय नेपालीहरुको उपस्थिति रहने सो सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेपाल सरकारका उच्चअधिकारी समेत सहभागी रहने छन् ।

तपाइँको प्रतिक्रिया