एन आर एन ए युरोपेली भेलामा लक्जमवर्गका प्रधानमन्त्रीलाई औपचारिक निम्तो

आगामी जुलाई २८ देखि ३० तारिख (तिन दिन) सम्म लक्जमवर्गमा हुने गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) एघारौं युरोपेली भेलामा लक्जमवर्कगा प्रधानमन्त्री जावियेर बार्तेललाई औपचारिक रुपमा निम्ता गरिएको छ । एन आर एन ए लक्जमवर्गका अध्यक्ष नारायण गुरुङको नेत्रित्वमा गएको एन आर एन ए लक्जमवर्गको टोलीले हिजो सोमबार बार्तेलकै कार्यालयमा भेटी विशेष अतिथिका रुपमा सहभागिता जनाउन औपचारिक निम्ता दिएको हो ।

प्रधानमन्त्रीले उक्त टोलीसमक्ष सकारात्मक जवाफ दिएपनि केहि दिनमै औपचारिक निर्णय दिने बताएका थिए । एन आर एन ए लक्जमवर्गको टोली र प्रधानमन्त्री बार्तेलबिच केहि बेर नेपाल, नेपाली संस्क्रिति, नेपाली समूदाय, एन आर एन ए र लक्जमवर्का नेपालीको अवस्थाका बारेमा छलफल भएको थियो । छलफमा बार्तेलले नेपाली समूदायबारे चासो राखेका थिए ।

एन आर एन का कुनैपनि औपचारिक कार्यक्रममा बिदेशका यति माथिल्लो तहका प्रतिनिधीको हालसम्म उपस्थिति छैन । लक्जमवर्गका प्रधानमन्त्रीको उपस्थिति रहेमा यो एक ऐतिहासिक अवशर हुने छ । यसले एन आर एन ए लाई हेर्ने बिदेशी सरकारको नजर कस्तो छ भन्ने देखाउने छ । भविष्यमा हुने एन आर एन ए का औपचारिक कार्यक्रममा बिदेशमा सरकारी तहबाट खेलिने भूमिका र चासोमा योगदान पुग्न सक्छ ।

तपाइँको प्रतिक्रिया