कोइला खाने हात्ती भेटिँदा वैज्ञानिक जगत चकित (भिडियोसहित)

वर्षौं वर्ष भयो वैज्ञानिकहरुले हात्तीहरुको आनीबानी, वासस्थान र क्रियाकलापबारे अध्ययन, अनुसन्धान गर्दै आएको । हात्तीका बारेमा थुप्रै पुस्तकहरु लेखिएका छन् । अनुसन्धानका ग्रन्थहरु तयार छन् । भिडियो र सिनेमासमेत अनगिन्ति छन् । तर ति पर्याप्त रहेनछन् । वा हात्तीको सम्पूर्ण क्रियाकलापबारे वैज्ञानिकहरुलाई पूर्ण जानकारि रहेनछ । अहिले एशियाली हात्तीको एक विशेष खाले बानीले विश्वभरिकै जिव विशेषज्ञहरुलाई अचम्मित पारिदिएको छ ।

हात्तीले आफ्नो विशाल भूँडी भर्न निकै खानुपर्छ । त्यसैले हात्तीहरु धेरै थरि वनस्पतीतिर लामो सूँड तेर्स्याइहाल्छन् । घाँस, पात, बोक्रा, जरा जे खाएर भएपनि भूडी भरिनुपर्छ । तर हालसालै भारतमा हात्तीले काठको कोइला खाएकोसमेत पत्ता लाग्यो ।

दक्षिणी भारतको कर्नाटाकास्थित नगरहोल राष्ट्रिय निकुञ्ज (राजिव गान्धी राष्ट्रिय निकुञ्जपनि भनिन्छ) मा एशियाली हात्तीले जंगलमा काठ जलेर बाँकी रहेको कोइला खाएको पाइयो । हात्तीले कोइला लगेर मुखमा हाल्ने र जोडले फुकेर खरानी बाहिर फाल्ने गरेको द्रिष्यले धेरै वैज्ञानिकहरुलाइ आश्चर्यमा पारिदिएको छ ।

हात्तीले विभिन्न खालका वनस्पती खाँदा त्यसमा हुने किटणुले असर गर्न सक्छ । तिनै किटाणु मार्न रोग निरोधक औषधीका रुपमा कोइला खाने गरेको भारतका वन्यजन्तु विशेषज्ञहरुले बताएका छन् । (फोटो -राजिवगान्धी नेशनल पार्क)

भिडियो हेर्नुस्

तपाइँको प्रतिक्रिया