क्यानडाका प्रधानमन्त्री भारतीय भन्दा अझबढि भारतीय

क्यानडाका प्रधानमन्त्री जस्टिन थ्रुदोले भारतको एक साता लामो आधिकारिक भ्रमण हिजो शनिवार सिध्याए । दुई देशबिच वाणिज्य र ब्यवशायिक क्षेत्रका केहि संझौता गर्नपनि भारत गएका हुन् । थ्रोदो क्यानेडियाली भएपनि उनी भारतमा भारतीय भन्दापनि अझ भारतीय देखिएको प्रतिक्रिया भारतीयहरुले दिएका छन् ।

विश्वप्रसिद्द ताज महल लगायत त्यहाँका धार्मिक तथा सांस्क्रितिक स्थालहरुको भ्रमण गर्न जाँदा उनी, उनकी पत्नी र वालवच्चालेसमेत भारतीय पहिरन अपनाएका थिए । भारतीय पहिरनमै घुमघाम गरेकाले क्यनडियाली प्रधानमन्त्री जस्टिन थ्रोदो भारतीय नागरिक भन्दापनि अझ बढि भारतीय देखिएको टिप्पणी भारतीय नागरिकहरुले गरेका हुन् ।

(फोटो- द हिन्दुस्तान टाईम्स)

तपाइँको प्रतिक्रिया