पन्चेबाजामा महिला आकर्षण

लोकप्रिय पन्चे बाजा कुनै बेला लोप हुने चिन्ता थियो । किनभने भारत र अन्य मुलुकबाट भित्रिएको ‘ब्याण्ड बाजा’ ले पन्चेबाजालाई बिस्थापि गर्न लागेको थियो । यो बाजा दलित जातिहरुले मात्रै बजाउँथे । तर बिस्तारै यो बाजा बाहुन, क्षेत्री, मगर, गुरुङ र अन्य जनजातिलेपनि बजाउन थाले । ब्याण्ड बाजालाई फेरि पन्चे बाजाले बिस्थापित गरिदियो । अहिले त यो बाजा धादिङ र पोखराका महिलाहरुलेपनि बजाउन थालेका छन् ।

पन्चेबाजा नेपालको मौलिक बाजा हो । यसको आफ्नै विशेषता र मिठास छ । खासगरि दलितहरुले मात्रै बजाउने भनिएको यो बाजा बजाउनेहरुको अभाव खट्किन थालेपछि गैह्र दलितहरुलेपनि बजाउन थालेका हुन् । अहिले धादिङ जिल्लामा महिलाहरुलेपनि पन्चेबाजा बजाएर उहाहरणिय काम थालेका छन् । धादिङका महिलाहरुलाई नेपालकै पहिलो महिला पन्चेबाजा समुह दाबी गरिएको छ । तर पोखराका मगर महिलाहरुलेपनि पन्चे बाजा बजाउन थालेको निकै भयो । त्यहाँ मगर महिला पन्चै बाजा समुह भन्ने सक्रिय छ ।

पन्चेबाजा गैह्र दलित समुदायबाट बजाउन थालेकोपनि धादिङ जिल्लाबाटै हो । अहिले धादिङ जिल्लाकै महिलाहरुले पन्चे बाजा बजाएर पन्चे बाजा बजाउने नेपालकै पहिलो महिला समुह भएको दाबी गरेका छन् ।

(फोटो- सिधा समाचार (पहिलो), दोस्रो, ईन्टरनेटबाट तानिएको हो)

तपाइँको प्रतिक्रिया