यस्तो छ विश्वको सबैभन्दा ठूलो सिमसार क्षेत्र (फोटो कथा)

गत फर्वरी २ मा विश्व सिमसार दिवश मनाईयो । विश्व वन्यजन्तु कोषले यसको महत्वका बारेमा विश्वभरि प्रचार गर्न खोजेको थियो । यो व्राजिलको पन्तानालमा छ जुन दक्षिण अमेरिकामा पर्छ महादेशिय हिसावले । यो विश्वकै ठूलो, प्रमुख सिमसार क्षेत्र हो । यसले अनगिन्ति जिवजन्तु, वनस्पती र विरुवाको संरक्षण गर्छ । धेरै थरी माछा अन्य सिमसारमा रमाउने जिवलाई आश्रय दिन्छ । यसले ८० लाख मानिसलाई पिउने पानी उपलब्ध गराउँछ । यसले मौसम नियन्त्रणमा ठूलो सहयोग त गर्छ नै, पर्यटकिय अकर्षणको एक प्रमुख सम्पत्तीपनि हो यो । 

पिन्टाल सिमसार क्षेत्रको आकाशबाट लिईएको तस्विर । देखिएका कुलेसा जस्ता पानीका भाग बहँदै परपरसम्म पुग्छन् । वार्षिक लामो समयसम्म बाढी आइरहन्छ यसमा । फोटो- आन्द्रे डिब  / विश्व वन्यजन्तु कोष

सिमसारमा रमाउने ब्ल्याक बेलिड हुइस्लिङ डक (हाँस) को जोडी ।

रोसेट स्पोनबिल (चम्चाबजा) चरा । यसको चम्चा जस्तो ठोंडले पानीमा जिव खोतलेर खान सहज बनाउँछ ।

पेन्टानालको पानीमा परेको रुखका छायाँ ।

पानीमा लिलीका फूलहरु

ह्यासिन्थ मकाव भनिने चरा । मकाव जातिमा सबैभन्दा ठूलो प्रजातिको चरा हो यो । आइयुसिएनको दूर्लभ जिवजन्तुको रातो सूचीमा परेको छ । चरा ब्यापारीले बेचबिखन गर्ने हुँदा ।

जागुर भनिने चितुवापनि पाइन्छ


दक्षिण अमेरिकामा पाइने बकुल्ला जाति मध्ये सबैभन्दा ठूलो प्रजातिको कोकोइ हेरोन (बकुल्ला) । यसले भ्यागुता, माछा र किरा खाने भएकाले नदी, तलाउ, जलाशय, ताल र खेतियोग्य जमिनमापनि देखिन्छ ।

आहारा समात्न तयार भएर बसेको साभाना हक (बाज चरा) ।

माछा निल्दै गरेको जलकौवा

बाढी आएको पानीमा तैरिँदै गरेका गाईहरु

गाईभैंसीका गोठाला स्थानिय क्रिषक

पन्तानालमा सूर्यास्तको द्रिष्य

(सबै तस्विर -आन्द्रे डिब / विश्व वन्यजन्तु कोष)

तपाइँको प्रतिक्रिया