नेपालले सिक्नुपर्ने एउटा पाठ : श्रीलंकामा हात्तीसितको मानविय द्वन्द ग्रिहयुद्द भन्दापनि चर्को (फोटो कथा)
श्रीलंका बाक्लो जनसंख्या भएको टापू राष्ट्र हो । यहाँ मानव र हात्तीबिचको द्वन्द चर्किँदो छ । किनभने यहाँ २५ सयदेखि चार हजार संख्यामा छन् जंगली हात्ती । विश्वमा सबैभन्दा बढि हात्ती भएको देशनै यहि हो । मानव जनघनत्व सबैभन्दा बढि भएकोपनि यो विश्वको पाँचौं देश हो । यहाँ हात्ती र मानवबिचको सह अस्तित्व झन झन हरेक वर्ष साँघुरिँदो छ । रेन्जर र गाउँलेहरुले यो द्वन्द र दुबै तर्फको क्षती कम गर्नकालागि बिभिन्न उपायहरु खोजिरहेका छन् । अहिलेसम्म दुबैतिर ठूलो क्षती भैरहेको छ । तर भरपर्दो उपाय फेला परिसकेको भने छैन ।
कतरगामा गाउँमा यि क्रिषकका दर्जन भन्दा बढि नरिवलका रुख जंगली हात्तीले एकैरातमा नासिदियो । फोटो- सिल्भिया बोकार्दी
श्रीलंकामा शुरु भएको ग्रिहयुद्दका बेलादेखिनै सबैभन्दा ठूलो द्वन्दनै हात्ती र मानव बिचको हो । फोटो- सिल्भिया बोकार्दी
अधिकांश हात्तीहरु आरक्षभित्र बस्दैनन् किनभने श्रीलंकामा सिन्हाले र तमिलहरुकाबिच भएको २५ वर्ष लामो ग्रिहयुद्दका क्रममा हात्तीहरुको धेरै समूह मानिसले छोडेर हिँडेका वस्तिहरुमा फैलियो । ग्रिहयुद्द सकिएपछि ति ठाउँमा पुन वसोवास फर्काईयो । यसले गर्दा जतापनि हात्तीसित मानिसको द्वन्द बढेको छ ।
श्रीलंकाको उष्णप्रदेशिय वन क्षेत्र । जनसंख्याको तिब्र व्रिद्दीले गर्दा वन मासेर वस्ति बसाउने क्रम बढ्दो छ जसले गर्दा हात्तीको वासस्थान मिचिँदै जाँदा मानिस र हात्तीबिचको द्वन्द बढ्दै गएको हो ।
केहि महिना अगाडि जंगली हात्ती आएर टाउको ड्याम्म ठोक्दै चनन्द्रको भान्छा फोर्यो । उसले भान्छामा राखेको चमल र धानको भण्डार सबै रित्यायो । हातीहरुले निकै परबाटै धनको गन्ध थाह पाउँछन् र तिनलाई धान कहाँ पाइन्छ भन्ने जानकारि हुन्छ ।
रुखमा यस्ता घर बनाएर स्थानिय क्रिषकले हात्तीको आगमन नियाल्छन् । हाती आएको परै देखिएपछि तिनलाई लघार्न तयारी गर्न सजिलो हुन्छ ।
सूर्यास्त हुन लाग्दा हात्तीहरु खानाको खोजिमा गाउँ छेउछाउ पुग्छन् ।
बिजुलीको झड्का दिने तरबारले हात्तीहरुलाई खेतिबाली र गाउँमा पस्नबाट रोक्न सक्छ । तर हात्तीले कि त रुख ढलाएर वा दाह्रा प्रयोग गरेरपनि त्यस्ता बार भाँच्ने वा त्यसमाथिबाट नाघेर पस्ने अक्किल निकाल्ने गरेका छन् ।
मिनेरिया राष्ट्रिय निकुञ्जमा हात्तीहरुको बथान । अगस्ट र सेप्टेम्बर महिनामा यहाँ दैनिक तिन सय जति हात्ती जम्मा हुन्छन् ।
गर्मीयाममा हात्तीहरु पानीको छेउछाउ, आहालतिर जान्छन् । अन्यत्र फेला पार्न गाह्रो हुन्छ ।
मानिसहरुले हात्ती आएपछि घरबाटै बेङ्गाल भनिने यस्तो पड्काउने पड्काएर हात्ती लखेट्ने यस्तो स्थानिय प्रविधीको विकास गरेका छन् । तर मान्छेका यस्ता अक्किलबारे हात्तीहरुले छिटो बुझ्छन् र वास्ता गर्न छोड्छन् ।
रेन्जरहरुले हात्ती पस्ने जंगल नजिकको मुख्य नाका छेउमा बेङ्गाल पड्काएर गाउँ र बालीमा छिर्न लागेको हात्तीलाई धपाउने कोस्सि गर्छन् ।
हात्ती श्रीलंकाको मुख्य आकर्षणको चिज हो, पर्यटककलागि । छोटो समयकालागि हात्ती केन्द्रमा राखेका हात्ती हेर्न आउँछन् पर्यटक । केहि समयपछि यस्ता हात्ती पुन छोडिन्छ जंगलमै । तर मानविय क्रियाकलापसित अभ्यस्त भैसकेका यस्ता हात्ती मानविय क्रियाकलपाकै वरिपरि नजिकिन्छन् । यो अर्को समस्या हो ।
बुद्द धर्म मान्नेहरुको संख्या श्रीलंकामा ठूलो छ । हात्तीलाइ बौद्द धर्ममा पवित्र भनेर उल्लेख गरिएको पाइन्न । तर हिन्दू धर्ममा भने छ । बौद्द धर्ममा उल्लेख नभएकाले हुनुपर्छ, बौद्द गुम्बाहरुमा हात्तीका अंगका ओखेटोपहारहरु प्रशस्तै देखिन्छ । हात्ती मारिनुको कारण तिनको अंगको ब्यापार र प्रयोगपनि हो ।
हात्तीको घाँटीमा बाँधिदिने जिपिएस प्रविधीको कलर (एक खाले पेटी) तयार गर्दै रेन्जरहरु । हात्तीको घाँटीमा यो बाँधिदिएपछि हात्तीको बथान कहाँ छ भनेर पहिलेनै जान्न सकिन्छ ।
हात्तीलाई सचेत गराएर तर्किने गराउन क्रितिम रुपले तयार पारिएको हात्तीका पाईलाहरु सडकमा । वस्ति छेउमा यस्तो देखेपछि अन्य हात्तीहरु बस्ने क्षेत्र ठानेर हात्तीको बथान भाग्ला, तर्केला भन्ने आसाले यस्तो बनाईएको हो ।
हात्तीको घाँटीमा बाँधिएको कोलार्ड पेटीमा अंकित नंबर अनुसार हात्ती कहाँ आइपुगे भनेर मापन गर्ने, पत्ता लगाउने साधान (जिपिएस) सोझ्याउँदै वन्यजन्तु बिभागका प्राविधिक ।
चन्द्रिका र अमिता नन्द भाउजु । अमिताका पती हात्तीलाई लखेट्न खोज्दा सात वर्ष अघि मारिएका थिए । त्यहि तस्विर देखाउँदै छन् उनी । अहिले चन्द्रिकाका छोराले पर्यटकलाई बोकेर हिँड्ने टेम्पो चलाएर ल्याएको कमाईमा दैनिक गुजारा गर्छन् ।