हात्तीको गोबरबाट निकालेको कफी विश्वमा सबैभन्दा महँगो, नेपालीले किन नसोच्ने ?

विश्वमा सबैभन्दा स्तरिय कफी उत्पादन गर्नेमा नेपाल तेस्रो स्थानमा पर्छ । यो स्विसहरुको दाबी हो । पहिलो ब्राजिल र दोस्रो कोलम्बिया । तर अब उत्पादन जुनसुकै देशले गरुन्, पछिल्लो समयमा हात्तीको गोबरबाट निकालिएको कफी विश्वकै सबैभन्दा स्तरिय महँगो सावित भएको छ । जान्ने हो भने यसैबाट नेपालमापनि करोडौं कमाउन सकिने संभावना छ ।

हात्तीको गोबरबाट निस्किएको कफीमा चकलेट र दुधको स्वाद, बदाम, रातो ऐंसेलु जस्तो स्वाद भेटिने दाबी गरिएको छ । चिया र कफीका अम्मली, व्यवशायीहरुले यस्तो कफीमा काफाईन (कफीमा पाइने तितो स्वाद) को विशेष स्वाद फेला परेको दाबी गरेका छन् । यहि कारणले  यस्तो कफीले विश्वमा चर्चा पाइरहेको छ ।

पहिले अरबिका र रोबुस्टा भनिने कफीका दानाहरु विश्वप्रसिद्द, मिठो र महँगा मानिन्थे । अहिले त्यसको ठाउँ हात्तीको गोबरबाट निस्किएको कफी दानाले लिएको छ ।

शुरुमा कफीका दानालाई थाईल्याण्डमा हात्तीलाई खान दिईन्छ । हात्तीले निलेका कफीका दाना नपचिकनै गोबरमा सग्लै निस्किन्छन् । ति दानाहरु टिपेर सफा गरिन्छ । त्यसपछि कफीको दानालाई सुकाइन्छ । सुकेको दाना पिनेपछि गज्जबको स्वाद निस्किन्छ । हात्तीले पचाउन नसकेर गोबरसँगै खसालेको कफीको दानामा चकलेट, दुध, बदाम, रातो ऐंसेलु, काफलको स्वाद भेटिन्छ । यो मिश्रित स्वादलेनै यस्तो कफी विश्व प्रसिद्द बनेको हो ।

थाईल्याण्डबाट बनाउन शुरु गरिएको यस्तो कफीको नाम ब्ल्याक आईभोरी (हात्तीको दाह्रालाई आइभोरी भनिन्छ) भनिन्छ । यसको मूल्य प्रति किलो एक हजार एक सय (नेरु करिब एक लाख १२ हजार) पर्छ । यो कफी विश्वकै सबैभन्दा महँगो हो ।

थाईल्याण्डमा हाल यस्तो कफी अनन्तरा रिसोर्ट (होटेल) ले उत्पादन गरिरहेको छ । उनीहरुले यसलाई हात्तीहरुद्वारा ‘प्राक्रितिक रुपमै प्रशोधन गरिएको’ भन्दै बेच्ने गरेका छन् । एबिसी न्युजका अनुसार यो प्रशोधन गोल्डन ट्रियाङगल एशियन ईलाफेन्ट्स भन्ने हात्ती संरक्षण केन्द्रबाट गरिरहेका छन् । कफी बिक्रिको आठ प्रतिशत रकम जिवजन्तु संरक्षणकालागि खर्च गरिन्छ । हाल यहि हात्ती संरक्षण केन्द्र र होटेलबाट बिक्रि भैरहेको छ । तर माग अनुसारको पूर्ती गर्न भने सकिएको छैन ।

नेपालमापनि हात्ती पाइन्छ । तराईका केहि जिल्लामा हात्ती पाल्ने कामपनि भैरहेको छ । हात्तीको संख्या बढाउन हात्ती प्रजनन् केन्द्रनै छ । नेपालका पहाडी जिल्लामा कफी उत्पादनपनि हुन्छ । यस्ता हात्तीबाट थाईल्याण्डमा झैं ‘ब्ल्याक आइभोरी’ कफी उत्पादन गरेर मुनाफा किन नलिने ?

(फोटो- गेटी इमेजेज, द गार्डियन दैनिक र गोल्डन ट्रियाङगल एशियन ईलाफेन्ट्स)

तपाइँको प्रतिक्रिया